पुजन काफ्लेले तीजको नयाँ गीत ‘छड्के तिलहरी’ सार्वजनिक

-


     हिडन खबर    
     श्रावण १३ गते २०८२ मा प्रकाशित


काठमाडौं । गायिका पुजन काफ्लेले तीजको अवसरमा नयाँ गीत ‘छड्के तिलहरी’ सार्वजनिक गरेकी छन्। तीजको पूर्वसन्ध्यामा सार्वजनिक गरिएको उक्त गीतमा शब्द, संगीत र स्वर स्वयम् पुजन काफ्लेकै रहेको छ भने संगीत संयोजन आदेश गुर्मछानले गरेका हुन्।

गहना पाउँदाको खुसी र महिलाको सौन्दर्यसँग गहनाको सम्बन्धलाई गीतले उजागर गरेको छ। तीजमा महिलाहरू सँगै भेला भएर रमाइलो गर्ने, नाच्ने–गाउने परम्परालाई गीतले समेटेको छ।

गीतको भिडियोमा कोरियोग्राफी र निर्देशन केशवराज भट्टले गरेका छन्। शिला गजुरेल, संस्कृति भुजेल र एलिजा काफ्लेको आकर्षक नृत्य भिडियोमा प्रस्तुत गरिएको छ।

Video Link: https://www.youtube.com/watch?v=ZbQvl_WxjoQ