चलचित्र ‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न

-


     हिड्न खबरदाता     
     श्रावण १४ गते २०८२ मा प्रकाशित


काठमाडौं ।साउन १३
चलचित्र ‘शिवांश : च्याप्टर–१’ को छायांकन सम्पन्न भएको छ। जेठको पहिलो साता पोखराको लामाचौरस्थित अकला मन्दिरमा पूजा गरेर सुरु गरिएको छायांकन ३६ औं दिनमा सम्पन्न भएको हो।

निर्माता अञ्जान केसीका अनुसार, पोखरा र आसपासका क्षेत्रमा चलचित्रका दृश्य तथा गीतको छायांकन सम्पन्न गरिएको छ।

पोखराको पामेमा छायांकन गरिएको ‘उकुस मुकुस’ गीतसँगै हामीले कुनै बाधा-अड्चन विना दिनरात खटिँदै सम्पूर्ण छायांकन सम्पन्न गर्न सफल भयौँ,” उनले बताए, “अब पोस्ट-प्रोडक्सनको कामलाई तीव्रता दिनेछौँ।”

अञ्जान सिनेमा प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भइरहेको चलचित्रको निर्देशन सन्तोष कुमार आत्रेयले गरेका छन्। यो उनको डेब्यु निर्देशन हो।

चलचित्रमा प्रवीण खतिवडा, तेज गिरी र रुषा न्यौपाने मुख्य भूमिकामा छन् भने विकास जोशी, विमला लिम्बू, प्रदीप कुमार चौधरी, सबिर चुरौटे, उदय कुमार सुब्बा, टिका निरौलालगायत कलाकारको पनि अभिनय रहनेछ।

चलचित्रको कथा निर्माता अञ्जान केसी स्वयंले लेखेका हुन् भने स्क्रिनप्ले बारत लिम्बूले तयार पारेका हुन्। स्क्रिप्ट डक्टरको रूपमा सुलक्षण भारतीको संलग्नता रहेको छ।

शोभा भण्डारी र अनिस केसी बोगटी सह–निर्माताका रूपमा, सम्भू थापा कार्यकारी निर्माता रहेका छन्। सरद महतो डीओपी रहेको चलचित्रमा विप्लव प्रतीक र राजनराज शिवाकोटीका गीत समावेश छन्। संगीत न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटीको छ भने स्वर राजनराज शिवाकोटी, मिलन नेवार र समीक्षा अधिकारीको रहेको छ।

द्वन्द्व निर्देशन मिलन श्रेष्ठ, कोरियोग्राफी विक्रम चोहानले गरेका छन्। भीएफएक्स डाइरेक्टर तथा सुपरभाइजर विराज खड्का, भीएफएक्स प्रोड्युसर आदेश सुब्बा (गुडरेज पिक्चर्स) रहेका छन्।

प्रमुख सहायक निर्देशक बारत लिम्बू हुन्। आर्ट डाइरेक्टर तथा प्रोडक्सन डिजाइनर प्रतीक चौधरी, प्रोडक्सन म्यानेजर मिलन मानन्धर, कस्ट्युम कमल मिश्र, मेकअप कलाकार तुलसा लिम्बू, पोस्टर फोटोग्राफर युवाहाङ राई रहेका छन्।

पोस्ट–प्रोडक्सनको काम चलचित्र चौतारीले गर्नेछ भने वितरणको जिम्मा डिजिटल सिनेमा नेपाल (डीसीएन)ले लिएको छ।