तीजको रमाइलोमा बिनिता खनालको नयाँ गीत ‘दर बनाइराछिन् आमा’ सार्वजनिकनयाँ  तीज गीत ‘दर बनाइराछिन् आमा’ सार्वजनिक

-


     हिडन खबर    
     श्रावण १३ गते २०८२ मा प्रकाशित


काठमाडौं । हिन्दू नारीहरूको महान चाड हरितालिका तीजलाई लक्षित गरेर नयाँ तीज गीत सार्वजनिक गरिएको छ  ।

नेपमेलोको आधिकारिक युट्युब च्यानलबाट ‘दर बनाइराछिन् आमा’ बोलको नयाँ तीज गीत सार्वजनिक गरिएको हो ।

सांगीतिक तथा सांस्कृतिक स्वाद बोकेको यस गीतमा बिनिता खनालको शब्द रहेको छ भने संगीत संयोजन चर्चित संगीतकार तारा प्रकाश लिम्बुले गरेका छन् । गीतमा अहिलेका चर्चित तथा लोकप्रिय गायिकाहरू मेलिना राई र अनु चौधरीको स्वर रहेको छ ।

गीतको भिडियो पक्षमा पनि सशक्त टीम देखिएको छ । भिडियोमा लोकप्रिय मोडेल आश्मा विश्वकर्मा र अलिशा शर्मा फिचर्ड छन् । जहाँ उनीहरू छमछमी नाच्दै आमाले दर बनाएर तीज मनाइरहेको क्षण सम्झिरहेका छन् ।

शान थापाको कन्सेप्ट तथा निर्देशन रहेको भिडियोमा राजिव सम्मरको कोरियोग्राफी, अर्जुन तिवारीको सिनेमाटोग्राफी रहेको छ ।

रचनाकार बिनिता खनालको यसअघि पनि थुप्रै लोक–आधारित गीतहरू सार्वजनिक भइसकेका छन् । विशेषगरी उहाँको ‘पदमबिनी’ नामक एल्बमले दर्शक–स्रोतामाझ राम्रो लोकप्रियता बटुलिसकेको छ ।

यस वर्षको तीजमा हर्ष, उमंग र संस्कृतिमा रम्न सांस्कृतिक चाड तीजलाई अझ उल्लासमय बनाउन ‘दर बनाइराछिन् आमा’ तयार गरिएको निर्माणपक्षको भनाइ छ ।

तीजको रौनकमा बिनिता खनालको नयाँ गीत ‘दर बनाइराछिन् आमा’ सार्वजनिक

काठमाडौं । हिन्दू नारीहरूको महान चाड हरितालिका तीजको अवसरमा गायिका बिनिता खनालको नयाँ तीज गीत ‘दर बनाइराछिन् आमा’ सार्वजनिक गरिएको छ।

नेपमेलोको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त गीतमा शब्द बिनिता खनालको रहेको छ भने संगीत संयोजन चर्चित संगीतकार तारा प्रकाश लिम्बुले गरेका छन्। गीतमा चर्चित गायिकाहरू मेलिना राई र अनु चौधरीको स्वर रहेको छ।

गीतमा सांगीतिक मात्र होइन, दृश्यात्मक पक्ष पनि बलियो देखिएको छ। भिडियोमा मोडेल आश्मा विश्वकर्मा र अलिशा शर्मा फिचर्ड छन्, जसमा उनीहरू तीजको रमाइलोमा छमछमी नाच्दै आमाले दर बनाइरहेको सम्झना गरिरहेका देखिन्छन्।

भिडियोको निर्देशन शान थापाले गरेका छन् भने कोरियोग्राफी राजिव सम्मरको रहेको छ। अर्जुन तिवारीले सिनेमाटोग्राफी सम्हालेका छन्।

रचनाकार बिनिता खनाल यसअघि पनि थुप्रै लोकआधारित गीत सार्वजनिक गरिसकेकी छिन्। विशेषगरी उहाँको ‘पदमबिनी’ एल्बमले दर्शक तथा स्रोतामाझ लोकप्रियता पाएको थियो।

निर्माण पक्षका अनुसार यस वर्षको तीजलाई अझ उल्लासमय बनाउने उद्देश्यले ‘दर बनाइराछिन् आमा’ तयार पारिएको हो।

Video Link: https://youtu.be/dMGmJN2qm64?si=1A39kBH1sa3BpvjJ