बागलुङको मालिकामा तिजीमेला तथा धार्मिक महाेत्सव हुने

-


     हिडन खबर    
     श्रावण १३ गते २०८२ मा प्रकाशित



बागलुङ श्रावण १२

१५ आ‌ैं सताब्दी देखि चल्दै आएको ऐतिहासिक तीजी मेला
लाई यो बर्ष पनि निरन्तरता दिने कार्यक्रम अनुसार बागलुङ नगरपालिका वडा नम्बर ५ मालिकामा अवस्थित प्रसिद्ध धार्मिक गन्तव्य मालिका भगवती मन्दिर परिसरमा
नेपाली हिन्दु नारीहरूकाे महान पर्व हरितालीका तीजको
अवसरमा तीजी मेला हुने भएको छ ।

मालिका भगवती मन्दिर ब्यवस्थापन समितिकाे संयाेजनमा
बागलुङ नगरपालिका वडा नम्बर ५,६,र ७ काे संगम स्थल मालिकामा यहीँ भदौ  ८ देखी  १२ गते सम्म विभिन्न कार्यक्रम गरि तीजी मेला आयोजना गरिएको मालिका भगवती मन्दिर ब्यवस्थापन समितिका महासचिव खिम राज सापकोटाले बताए ।

मेलालाइ भब्य र सभ्य रूपमा मनाउन भदौ ८ गतेदेखि १२गतेसम्म कथा बाचक शिव आचार्यबाट हरितालिका एबम ऋषि पन्चमी महिमा प्रवचन कार्यक्रम आयोजना गरिएको महासचिव सापकोटाले बताए ।

भदौ १० गते बिशिस्ट ब्याक्तित्वको साथमा रु ५ हजार र सो भन्दा माथी सहयोग प्रदान गर्नु हुने निर्माणकर्ताहरुको सामुहिक सहभागीतामा दिब्य मन्दिरको उद्घाटन गर्ने कार्यक्रम रहेको सचिव सापकोटाले बताए ।तीजको अबसरमा  पन्चदिवसीय  विभिन्न धार्मिक अनुष्ठानहरु  रहने तीजी मेलातर्फ खुल्ला भलिबल प्रतियोगिता भलिबल खेलमा प्रथम हुने लाई एकलाख एघार हजार एक सय  एघार को साथमा ट्रफी र प्रमाण पत्र दोस्रो हुने टिमलाई पचपन्न हजार पाँचसय पच्पन्न रहेकोछ भने तेस्रो हुने टिमलाई पन्द्र हजार पुरस्कारको ब्यवस्था गरिएको महासचिव सापकोटाले बताए ।

पुरुष छेलो तर्फ  प्रथम  हुनेलाइ रु १५ हजार महिला छेलोतर्फ रु ५ हजार ५ सय ५५ रुपैया पुरस्कार रहेको आयोजनकले जनाएको छ ।एकल नृत्य प्रतियोगिता  तर्फ  पहिलो दोस्रो तेस्रो हुने लाई  लाई  क्रमश ५ हजार ३ हजार र २ हजार पुरस्कारकाे ब्यवस्था गरिएको आयोजकले जनाएको छ ।

तीजको अवसरमा महिला दिदीबहिनीहरू बागलुङ मालिका मन्दिरमा पुगेर पुजा अर्चना गर्ने ब्रत बस्ने सुखदुःखका तीजको गीत नेपाली माैलीक संस्कृति अनुसार गाउने चलन अहिलेसम्म पनि कायमै रहेको छ ।

तिजी मेला र धार्मिक महाेत्सवलाइ भब्य र सभ्य रूपमा मनाउन ५०१ सदस्य समिति गठन गरिएको छ ।ऐतिहासिक धार्मिक सांस्कृतिक रूपले महत्त्वपूर्ण रहेको मालिका भगवती मन्दिरको पुनर्निर्माण पछि यश क्षेत्रमा धार्मिक पर्यटक बढ्ने अपेक्षा गरिएको छ ।