अर्थतन्त्र

कोटिहोममा राष्ट्रिय भजन प्रतियोगिताका विजयीलाई पुरस्कार, महायज्ञको समापन आज

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ आज औपचारिक रूपमा समापन हुँदैछ। महायज्ञका प्रचारप्रसार संयोजक लेखराज ढकालका अनुसार कोटिहोमको विधिवत् समापन कार्यक्रम भोलि सम्पन्न हुनेछ। आज कोटिहोममा महाआरती सम्पन्न भयो, जहाँ भक्तजनको उल्लेखनीय उपस्थिति रहेको थियो। त्यसैगरी आजदेखि नै विभूति (भष्म), तिलक र प्रसाद वितरण थालिएको छ, जसका लागि भक्तजनको भीड लागेको थियो। साथै, हवन कुण्डमा राखिएका इट्टा रु १०० तिरेर घर लैजान मिल्ने व्यवस्था गरिएको छ। जलसहितका कलशहरू पनि वितरण भइरहेका छन्। यसै अवसरमा… पुरा पढौ

जन्मदिनको अवसरमा क्यान्सर पीडित नेपालीलाई सहयोग

तनहुँ — सामाजिक अभियन्ता रिता परियारले आफ्नो जन्मदिनको अवसर पारेर क्यान्सर पीडित एक नेपालीलाई आर्थिक सहयोग गरेकी छन्। गोरखा जिल्लाको शहीद लखन गाउँपालिका–२ की स्थायी बासिन्दा परियारले तनहुँको म्याग्दे गाउँपालिका–५, थाङ्दीका यमबहादुर नेपालीलाई सहयोग गरेकी हुन्। जिब्रोको क्यान्सरबाट पीडित यमबहादुर विगत एक वर्षदेखि उपचारको अभावमा संघर्षरत छन्। आर्थिक अवस्था कमजोर भएकाले उपचार गर्न नसकिरहेका यमबहादुरका लागि विभिन्न माध्यमबाट सहयोग संकलनको अभियान चलाइएको छ।विगत केही वर्षदेखि नर्वेमा बसोबास गर्दै आएकी परियारले क्यान्सर, मृगौला लगायत गम्भीर रोगबाट पीडित तथा विपन्न परिवारहरूलाई निरन्तर… पुरा पढौ

कोटिहोममा भोलिदेखि विभूति, तिलक र प्रसाद वितरण

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा भोलिदेखि श्रद्धालुहरूलाई विभूति (भष्म), तिलक र प्रसाद वितरण गरिने भएको छ। महायज्ञको पूर्णाहुतिपछि नै वितरण गर्ने तयारी भए पनि हवनको तापका कारण भोलि र पर्सिदेखि मात्र वितरण थालिने प्रचार संयोजक लेखराज ढकालले जानकारी दिए। साथै हवन कुण्डमा प्रयोग गरिएका इट्टा १ सय रुपैयाँमा र जलसहितका कलश निःशुल्क वितरण भइरहेको छ। भोलि राष्ट्रिय भजन प्रतियोगितामा विजयी समूहहरूलाई पुरस्कार वितरण गरिनेछ। देविस्थान भजन समूह पोखरा–२५ हेमजा प्रथम, माछापुच्छे सेवा समाज… पुरा पढौ

फल फ्रुट्सको पहिलो आउटलेट सोल्टीमोडमा, पाँच वर्षमा ५० शाखा विस्तार गर्ने योजना

देशमा केही गर्न सकिँदैन भन्ने सोच बोकेर ठूलो संख्यामा युवा विदेशिनु सामान्य जस्तै बनेको छ। तर यही समयमै केही युवाहरू नेपालमै सम्भावना देखेर अग्रसर भइरहेका छन्। २४ वर्षदेखि काठमाडौँको नयाँबजारमा फलफूल व्यवसायमा संलग्न अग्नि कँडेलसहित ४ जनाको समूहले यो पेशालाई नयाँ ढंगले अगाडि बढाउने उद्देश्यले ‘फल फ्रुट्स’ ब्रान्ड अन्तर्गत पहिलो आउटलेट सुरु गरेका छन्। हिजोआज आम उपभोक्ता मानसिक र शारीरिक रूपले स्वस्थ रहन ताजा फलफूलका जुस फलफूल खान रूचाउन थालेपछि यतिबेला राजधानीका प्रमुख चाेकहरूमा फलफूल र जुसका पसल धमाधम बढ्दै… पुरा पढौ

किन बन्यो ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’?

काठमाडौं, हिड्नखबर – पछिल्लो समय नेपाली दर्शकको प्राथमिकता भावनात्मक (इमोशनल) सिनेमातर्फ मोडिएको देखिन्छ। यदि कसैले सोध्यो, “आजभोलि दर्शकलाई कस्तो सिनेमा मन पर्छ?” भने धेरैको जवाफ हुन्छ— भावना मिसिएको, जीवनसँग गाँसिएको सिनेमा। उदाहरणका रूपमा ‘पूर्ण बहादुरको सारङ्गी’, ‘बोक्सीको घर’, ‘एन्जिला’, ‘ऊनको स्वीटर’जस्ता चलचित्र उल्लेख गर्न सकिन्छ। कमेडीबाट भावनात्मक कथावस्तुतर्फ सरेका दर्शकको यही मोहलाई ध्यानमा राख्दै, निर्देशक हिमाल न्यौपानेले ल्याउँदै छन्— ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’। निर्देशक न्यौपाने भन्छन्, “हाम्रो सिनेमाको घोषणा भिडियोदेखि हालसालै सार्वजनिक भएको गीतसम्म हेर्दा स्पष्ट बुझिन्छ— यो… पुरा पढौ

कोटिहोममा आजसम्म ८ हजार जलसहितका कलश वितरण

पोखरा, हिड्नखबर – पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आजसम्म ८ हजारभन्दा बढी जलसहितका कलश भक्तजनलाई वितरण गरिएको छ। महायज्ञ प्रचार-प्रसार संयोजक लेखराज ढकालका अनुसार, गत सोमबार यज्ञको पूर्णाहुति सम्पन्न भएपछि कलश वितरण गरिएको हो। केही जलसहितका कलश अझै बाँकी रहेकाले इच्छुक भक्तजनले सचिवालयमा सम्पर्क गरी लैजान सक्नेछन्। उनका अनुसार अधिकांश भक्तजनले पहिले नै कलश बुकिङ गरेका थिए भने केहीले हवन समापनपछि शुल्क तिरेर कलश लगेका हुन्। एक थान कलशको मूल्य १,३०० रुपैयाँ रहेको छ भने… पुरा पढौ

पोखरामा कोटिहोमको महायज्ञः भक्तजनले जलसहितको कलश लैजान थाले

पोखरा, हिड्न खबर — पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा सहभागी भक्तजनहरूले आजदेखि जलसहितको कलश लैजान थालेका छन्। सोमबार यज्ञको पूर्णाहुतिपछि महायज्ञस्थलमा राखिएको जलसहितको कलश भक्तजनहरूले घर लैजान थालेका हुन्। मानव सेवा फाउन्डेसनका व्यवस्थापक विष्णु थापाका अनुसार हालसम्म ५ हजारभन्दा बढी कलश बुकिङ भइसकेका छन्। धेरै भक्तजनले पूर्वमै कलश बुकिङ गरेका थिए भने केहीले आजै रकम तिरेर कलश प्राप्त गरेका छन्। गत वैशाख १६ गते गंगाजलसहितको विशाल शोभायात्रा निकालेर महायज्ञस्थलमा कलश स्थापना गरिएको थियो। कलश यात्रा… पुरा पढौ

‘मिरमिरे’मा अभिनेता प्रकाश सपूतको प्रवेश, दयाहाङ राईसँग पहिलो सहकार्य

काठमाडौं —जेठ २७चलचित्र ‘मिरमिरे’ मा गायक तथा अभिनेता प्रकाश सपूत अनुबन्धित भएका छन्। भेट्रान अभिनेता दयाहाङ राईपछि टिमले प्रकाशलाई फिल्ममा अनुबन्ध गरेको हो। यस चलचित्रमा दयाहाङ र प्रकाश पहिलो पटक एकसाथ देखिने भएका छन्। चलचित्रका निर्देशक यम शेर्पाका अनुसार अन्य कलाकारहरूको टुंगो लाग्न बाँकी छ। “हामी हाल कलाकारहरूसँग अन्तिम छलफलमा छौं,” उनले भने, “बजारले रुचाएका र अभिनयमा निपुण कलाकारहरूलाई नै प्राथमिकतामा राखेर अगाडि बढ्दैछौं।” अहिलेसम्म प्रकाश सपूतले अभिनयको मात्र भूमिका निर्वाह गर्ने पक्का भएको छ भने, संगीतको पक्षमा उनको संलग्नताबारे… पुरा पढौ

कोटिहोममा यज्ञको पूर्णाहुति सम्पन्न, मानव सेवा फाउन्डेसनलाई २ रोपनी जग्गा दान

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा सोमबार यज्ञको पूर्णाहुति सम्पन्न भएको छ। धार्मिक गुरु कालिदास वावा (काली बाबा)ले विशेष पूजासहित यज्ञको पूर्णाहुति गरेका हुन्। अमेरिकाबाट भारतको दिल्ली हुँदै काठमाडौं हुँदै पोखरा आइपुगेका काली बाबाले यज्ञमा उपस्थित भई पूर्णाहुति दिएका हुन्। महायज्ञका संकल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजका अनुसार लामो दूरीको यात्रा तय गरेर यज्ञ सम्पन्न गर्न काली बाबाले देखाएको श्रद्धा प्रशंसनीय छ। “पूर्णाहुति कसबाट गराउने भन्ने प्रश्नमा समय अभाव थियो,” महाराजले भने, “यति लामो… पुरा पढौ

‘महाराजधिराज’मा अभिनेत्री उषा रजकको प्रवेश, मुख्य कलाकार टोली पूरा

काठमाडौं । निर्देशक परिच्छेद सेनको नयाँ फिल्म ‘महाराजधिराज’ मा अभिनेत्री उषा रजक अनुबन्धित भएकी छन्। उनको अनुबन्धसँगै फिल्मको प्रमुख कलाकारहरूको टिम अन्तिम चरणमा पुगेको निर्माण टिमले जनाएको छ। यसअघि नै आर्यन सिक्देल, रमेश उप्रेती, पल शाह र पुष्प खड्का जस्ता चर्चित कलाकारहरू फिल्ममा अनुबन्ध भइसकेका थिए। महिला कलाकारको तर्फबाट वर्षा राउत र वर्षा शिवाकोटी मुख्य भूमिकामा अनुबन्ध भइसकेका छन्। निर्माण पक्षका अनुसार ‘महाराजधिराज’ले नयाँ र पुराना पुस्ताका कलाकारहरूको संयोजनमार्फत फरक स्वादको कथा दर्शकमाझ ल्याउने उद्देश्य लिएको छ। यसअघि नै जय… पुरा पढौ