काठमाडौं । चलचित्र ‘द ब्ल्यू लाइट’ को आधिकारिक पोस्टर सार्वजनिक गरिएको छ। आज सार्वजनिक गरिएको पोस्टरमा फिल्मका मुख्य पाँच कलाकारलाई देखाइएको छ। खैरो रंगको कुनै घर वा होटलजस्तो देखिने पृष्ठभूमिमा महेश त्रिपाठी, अर्पण थापा, बेनिशा हमाल, सृष्टि श्रेष्ठ र आयुशमान देशराज जोशी लाई प्रस्तुत गरिएको छ। सबै कलाकारहरूमा समान मनोभाव—निराशा र तनाव—देखिन्छ। फरक यति मात्र छ—महेश त्रिपाठीको हातमा बञ्चरो छ, भने अन्यका हात रित्तै छन्। पात्रहरू तनावग्रस्त देखिए पनि त्यसको कारणबारे पोस्टर मौन छ। त्यसैले फिल्ममा मानसिक दबाब र मौनताभित्र…
पुरा पढौ