तीज नृत्य प्रतियोगितामा एन्जल्स हार्टको उत्कृष्ट प्रदर्शन, प्रथम उपाधि

-


     केपी कुमार जलन     
     भाद्र २९ गते २०८३ मा प्रकाशित


काठमाडौं, भदौ २९
फ्युजन डान्स स्टुडियोद्वारा आयोजित ‘तीज विशेष नृत्य प्रतियोगिता–२०८३’ मा एन्जल्स हार्ट एजुकेसन फाउन्डेसनका कक्षा ६ देखि ९ सम्मका छात्राहरूले उत्कृष्ट प्रस्तुति दिँदै प्रथम स्थान हासिल गरेका छन्।

हरितालिका तीजको मौलिकता, नेपाली कला तथा संस्कृतिलाई नृत्यमार्फत आकर्षक ढंगले प्रस्तुत गर्दै छात्राहरूले प्रतियोगितामा प्रभावशाली प्रदर्शन गरेका थिए। उनीहरूको प्रस्तुति निर्णायक तथा दर्शकबाट समेत प्रशंसा बटुल्न सफल भएको बताइएको छ।

प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै विद्यालयको गौरव बढाएको भन्दै विद्यालय परिवारले विजेता छात्राहरूलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ। विद्यालयले नृत्य प्रशिक्षक, अभिभावक तथा प्रतियोगिताको तयारीमा सहयोग पुर्‍याउने सम्पूर्णप्रति आभारसमेत व्यक्त गरेको छ।

विद्यालयका अनुसार छात्राहरूको यस उपलब्धिले विद्यालयमा उत्साह थप्नुका साथै कला, संस्कृति र सिर्जनात्मक गतिविधिप्रतिको रुचि तथा प्रतिभा विकासमा थप प्रेरणा मिल्ने विश्वास गरिएको छ।