अर्थतन्त्र

तीजमा ‘दुःखी छोरी’को कथा : कृष्ण परियारको स्वरमा मार्मिक तीज गीत सार्वजनिक

काठमाडौं । नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजलाई लक्षित गर्दै मार्मिक तीज गीत ‘दुःखी छोरी’ सार्वजनिक गरिएको छ। कृष्ण परियारको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त गीतले छोरीको मनोभाव, परिवारप्रतिको माया तथा जीवनका दुःख–पीडालाई भावनात्मक ढंगले प्रस्तुत गरेको छ। गीतमा कृष्ण परियारको स्वर रहेको छ भने शब्द तथा लय देवबहादुर सुनारले सिर्जना गरेका छन्। गीतको भिडियोमा रञ्जिता गुरुङको सशक्त र भावनात्मक अभिनय देख्न सकिन्छ। ‘दुःखी छोरी’ले छोरीहरूको जीवनमा आउने संघर्ष, माइतीप्रतिको माया र मनभित्र लुकेका पीडाहरूलाई तीजको सांगीतिक परिवेशमार्फत उजागर… पुरा पढौ

लायन्स क्लब अफ काठमाडौं कोर सिटीको चौथो चार्टर डे भव्य रूपमा सम्पन्न

काठमाडौं, साउन ३० । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं कोर सिटीले आफ्नो चौथो चार्टर डे (स्थापना दिवस) भव्य रूपमा मनाएको छ। काठमाडौंको लिंक रोडस्थित नेपा बैंक्वेटमा शनिबार आयोजित कार्यक्रममा क्लबका पदाधिकारी, सदस्य, विभिन्न लायन्स क्लबका प्रतिनिधि तथा सामाजिक व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममार्फत क्लबले स्थापना भएदेखि हालसम्म समुदायमा पुर्‍याएको सेवामूलक योगदानको समीक्षा गर्नुका साथै आगामी दिनमा सञ्चालन गरिने सामाजिक तथा मानवीय सेवाका योजनाबारे पनि छलफल गरेको थियो। कार्यक्रममा उर्जा मन्त्री विराज भक्त श्रेष्ठ… पुरा पढौ

लोकदोहोरीमा निसा सुनारको नयाँ धमाका, ‘झ्याप छौ कि साइँलो दाइ’ सार्वजनिक

काठमाडौं । गायिका तथा सर्जक निसा सुनारको नयाँ लोकदोहोरी गीत ‘झ्याप छौ कि साइँलो दाइ’ सार्वजनिक भएको छ। निसा सुनारको प्रस्तुतिमा सार्वजनिक गरिएको उक्त गीतमा लोकप्रिय गायक खेम सेन्चुरी र निसा सुनारको स्वर रहेको छ। लोकसंगीतको मौलिक स्वाद, मनोरञ्जनात्मक प्रस्तुति र रमाइलो भावलाई केन्द्रमा राखेर तयार गरिएको गीतले दर्शक–स्रोतामाझ फरक स्वाद पस्कने प्रयास गरेको छ। गीत सार्वजनिक भएसँगै सामाजिक सञ्जाल तथा सांगीतिक वृत्तमा यसको चर्चा सुरु भएको छ। गीतको लय तथा थेगो खेम सेन्चुरीको रहेको छ भने शब्द रमेश बीजीले… पुरा पढौ

बागलुङमा महिलालाई साबुन बनाउने तालिम, सीपलाई उद्यमसँग जोड्ने प्रयास

बागलुङ — महिलाहरूलाई सीपमूलक तालिममार्फत आत्मनिर्भर र उद्यमशील बनाउने उद्देश्यले बागलुङमा सञ्चालन गरिएको चारदिने साबुन बनाउने तालिम सम्पन्न भएको छ। बागलुङ उद्योग वाणिज्य संघअन्तर्गतको महिला उद्यम विकास समितिको आयोजनामा तालिम सञ्चालन गरिएको हो। तालिममा सहभागी महिलाहरूलाई साबुन उत्पादनका सात प्रकारसम्बन्धी व्यावहारिक ज्ञान तथा सीप प्रदान गरिएको थियो। साबुन बनाउने प्रक्रिया, आवश्यक कच्चा पदार्थ, उत्पादन विधि, गुणस्तर व्यवस्थापन, प्याकेजिङ तथा उत्पादनलाई व्यावसायिक रूपमा अगाडि बढाउन आवश्यक आधारभूत जानकारीसमेत दिइएको आयोजकले जनाएको छ। घरायसी तथा व्यक्तिगत सरसफाइमा नियमित प्रयोग हुने साबुनको बजार… पुरा पढौ

अमेरिकाबाट नेपाल आएकी गायिका निसा सुनार भेटघाट र गीतसंगीतमा व्यस्त

बागलुङकी चर्चित गायिका निसा सुनार यतिबेला अमेरिकाबाट नेपाल आएकी छन्। अमेरिकालाई कर्मथलो बनाउँदै आएकी सुनार करिब एक महिनाको समय लिएर छोरीसहित नेपाल आएकी हुन्। नेपाल आएयता उनी आफन्त, इष्टमित्र तथा आफ्ना सांगीतिक सहयात्रीहरूसँगको भेटघाटमा व्यस्त रहेकी छन्। बागलुङको काठेखोला गाउँपालिका–बिहुमा जन्मिएकी निसाले लाइभ दोहोरीबाट आफ्नो सांगीतिक यात्रा सुरु गरेकी हुन्। लोकदोहोरी गीतसंगीतप्रतिको रुचि, लगनशीलता र निरन्तर मेहनतका कारण उनले छोटो समयमै सांगीतिक क्षेत्रमा छुट्टै पहिचान स्थापित गर्न सफल भएकी छन्। हाल अमेरिकामा बसोबास गर्दै आए पनि उनले नेपाली गीतसंगीतसँगको सम्बन्धलाई… पुरा पढौ

बागलुङकी देवी घर्तीको सांगीतिक उडान : २२ वर्षपछि पनि रोकिएको छैन स्वरको यात्रा

बागलुङ – ‘गीतै गाउने भनेर काठमाडौं आएको नि २२ वर्ष भएछ बाइ...’ लोक तथा दोहोरी गायिका देवी घर्तीको यो भनाइले उनको लामो सांगीतिक यात्रा मात्र होइन, संघर्ष, मेहनत र संगीतप्रतिको गहिरो समर्पणलाई पनि उजागर गर्छ। दुई दशकभन्दा बढी समयदेखि नेपाली लोकसंगीत क्षेत्रमा सक्रिय घर्ती आज पनि उत्तिकै व्यस्त र लोकप्रिय गायिकाका रूपमा आफ्नो सांगीतिक यात्रालाई निरन्तरता दिइरहेकी छन्। बागलुङको गल्कोट नगरपालिका–पाण्डवखानीमा जन्मिएकी घर्तीले सानैदेखि गीतसंगीतप्रति विशेष रुचि राख्थिन्। सांगीतिक सपना बोकेर काठमाडौं पुगेकी उनले सुरुआती दिनमा अनेक चुनौतीको सामना गर्नुपरेको… पुरा पढौ

गीत–संगीतको मोहले फेरि तानिए सज्जन बोहोरा, ‘न त कोहीको टेन्सन’ सार्वजनिक हुँदै

म्याग्दीका स्थायी बासिन्दा तथा हाल अमेरिकामा रहेका गायक एवं सर्जक सज्जन बोहोरा नयाँ सांगीतिक कोसेली लिएर दर्शक–श्रोतामाझ आउने भएका छन्। बोहोराको नयाँ गीत ‘न त पोईको टेन्सन, न त कोहीको टेन्सन’ को पोस्टर सार्वजनिक गरिएको छ। रमाइलो, रोमान्टिक तथा पारिवारिक स्वादमा तयार पारिएको उक्त गीत भदौ १ गते अडियो–भिडियोसहित सार्वजनिक गरिने जनाइएको छ। गीतमा सज्जन बोहोरा र चर्चित गायिका एलिना चौहान को स्वर रहेको छ। गीतका शब्द तथा संगीत रमेश परियार को रहेको छ भने संगीत संयोजन सुनिल परियार ले… पुरा पढौ

देवेन्द्र घिमिरेदेखि एकराज चापागाईंसम्मको स्वरमा ‘नजरैको तिर सानु’ सार्वजनिक

काठमाडौं, साउन २८ – म्याग्देली कलाकारहरूलाई एउटै सिर्जनामा जोड्दै तयार पारिएको तीज गीत ‘नजरैको तिर सानु’ सार्वजनिक गरिएको छ। अञ्जली जीसीको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतले म्याग्देली कलाकारहरूको सामूहिक सहकार्य, एकता र सांगीतिक भावनालाई उजागर गरेको छ। गीतमा देवेन्द्र घिमिरे, शान्ता बरदवा, करण कँडेल, खिमा पुन मगर, विजय छिनाल, निशा भण्डारी, धुर्बा जीसी, दुर्गा रोक्का, शंकर पोखरेल र एकराज चापागाईंलगायत कलाकारहरूको स्वर रहेको छ। गीतमा दीपक अधिकारीको शब्द, शिव हमालको संगीत तथा महेन्द्र भण्डारीको संगीत संयोजन रहेको छ। भिडियोको निर्देशन… पुरा पढौ

खानेपानीमा १३ प्रतिशत भ्याट खारेज गर्नुपर्ने माग, संसद्को पूर्वाधार विकास समितिमा चर्कियो बहस

काठमाडौं, साउन २८ । खानेपानी सेवामा लगाइएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गर्नुपर्ने मागसहित संघीय संसद् प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिमा खानेपानी व्यवस्थापनका समसामयिक विषयमा व्यापक छलफल भएको छ। समितिका सभापति आशिष गजुरेलको अध्यक्षतामा सम्पन्न छलफलमा समितिका सदस्यहरू, पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक कमलराज श्रेष्ठ, मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक लक्ष्मीप्रसाद उपाध्याय खानेपानी तथा सरसफाइ उपभोक्ता राष्ट्रिय महासंघका अध्यक्ष राजेन्द्र अर्याल लगायत विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरू सहभागी थिए। छलफलका क्रममा खानेपानीलाई… पुरा पढौ

लायन्स क्लबको सक्रियता बढ्दो, काभ्रेका करिब १०० विद्यार्थीलाई शैक्षिक सामग्री र छात्रवृत्ति

काभ्रे, साउन २६ ।‘Leading With Purpose’ अर्थात् उद्देश्यसहित नेतृत्व र ‘जहाँ आवश्यकता, त्यहाँ लायन’ भन्ने अभियानलाई आत्मसात् गर्दै लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपालअन्तर्गतका लायन्स क्लबहरूले सामाजिक तथा शैक्षिक सेवाका गतिविधिलाई तीव्रता दिएका छन्। यसै क्रममा काभ्रेको पनौती नगरपालिका–५, सुब्बागाउँस्थित ग्रामोदय आधारभूत विद्यालयमा शैक्षिक तथा खेलकुद सामग्री वितरणसँगै छात्रवृत्ति प्रदान गरिएको छ। कार्यक्रममा विद्यालयका करिब १०० जना बालबालिकालाई स्टेसनरी सामग्री, जुस, खेलकुदका सामग्री तथा खेलौनाहरू वितरण गरिएको हो। त्यसैगरी विद्यालयका १५ जना विद्यार्थीलाई श्रावणदेखि आगामी वैशाखसम्म ६ महिनाका लागि छात्रवृत्ति… पुरा पढौ