गीत–संगीतको मोहले फेरि तानिए सज्जन बोहोरा, ‘न त कोहीको टेन्सन’ सार्वजनिक हुँदै

-


     हिडन खबर    
     श्रावण २९ गते २०८३ मा प्रकाशित


म्याग्दीका स्थायी बासिन्दा तथा हाल अमेरिकामा रहेका गायक एवं सर्जक सज्जन बोहोरा नयाँ सांगीतिक कोसेली लिएर दर्शक–श्रोतामाझ आउने भएका छन्।

बोहोराको नयाँ गीत ‘न त पोईको टेन्सन, न त कोहीको टेन्सन’ को पोस्टर सार्वजनिक गरिएको छ। रमाइलो, रोमान्टिक तथा पारिवारिक स्वादमा तयार पारिएको उक्त गीत भदौ १ गते अडियो–भिडियोसहित सार्वजनिक गरिने जनाइएको छ।

गीतमा सज्जन बोहोरा र चर्चित गायिका एलिना चौहान को स्वर रहेको छ। गीतका शब्द तथा संगीत रमेश परियार को रहेको छ भने संगीत संयोजन सुनिल परियार ले गरेका छन्।

लामो समयदेखि गीत–संगीत क्षेत्रमा सक्रिय बोहोराले विदेशमा रहेर पनि आफ्नो सांगीतिक यात्रालाई निरन्तरता दिँदै आएका छन्। यही क्रममा उनले नयाँ सिर्जनामार्फत दर्शक–श्रोतामाझ उपस्थित हुन लागेका हुन्।

गीत सार्वजनिक हुनुअघि नै पोस्टरले सामाजिक सञ्जालमा चर्चा बटुल्न थालेको छ। बोहोराले गीतलाई माया, साथ र सकारात्मक प्रतिक्रिया दिन सम्पूर्ण दर्शक–श्रोतासमक्ष आग्रह गरेका छन्।