अर्थतन्त्र

क्याप्टेन रामेश्वर थापाको जीवनमा आधारित चलचित्र ‘क्याप्टेन साब’ घोषणा, खगेन्द्र–सुरक्षा मुख्य भूमिकामा

काठमाडौं, असार २३पाइलट, व्यवसायी तथा सञ्चार उद्यमी क्याप्टेन रामेश्वर थापाको जीवनमा आधारित चलचित्र ‘क्याप्टेन साब’ निर्माण हुने भएको छ। बिहीबार काठमाडौंको गौरीघाटमा एक विशेष समारोहबीच चलचित्रको शुभमुहूर्त गरिएको हो। चलचित्रका निर्देशक दीपेन्द्र के. खनाल हुन्, जसले यसअघि ‘धनपति’, ‘चपली हाइट २’, ‘पशुपति प्रसाद’ जस्ता सफल चलचित्र निर्देशन गरिसकेका छन्।‘क्याप्टेन साब’ थापाको जीवनका संघर्ष, प्रेरणा र सफलताका कथा समेटिएको बायोग्राफिकल ड्रामा हो। शुभमुहूर्त कार्यक्रममा समाजसेवी तथा व्यवसायी डा. उपेन्द्र महतो, कल्याप समूह र क्याप्टेन रामेश्वर थापाले संयुक्त रूपमा मुहूर्त क्ल्याप दिएर… पुरा पढौ

अविरल वर्षाले कालुङखोला हाईड्रोपावर बगायो, दर्जनौं घर जोखिममा

बागलुङ, असार २५बागलुङ जिल्लाको जैमिनी नगरपालिका–९, पैयुथन्थाप बिजुवा क्षेत्रमा अबिरल वर्षाका कारण ठूलो क्षति भएको छ। मिति २०८२ असार २५ गते परेको लगातारको वर्षाले १२ किलोवाट क्षमताको कालुङखोला हाईड्रोपावरको पावरहाउस बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरी टोलीले गरेको स्थलगत अनुगमनमा सोही स्थानमा रहेका तीनवटा झोलुङ्गे पुल पूर्णरूपमा क्षतिग्रस्त भएको, स्थानीय टेकबहादुर थापाको एक गोरु बगेको तथा करिब ५०० मुरी धान फल्ने खेत पुरिएको पाइएको छ। साथै, ८ देखि १० वटा घरहरू उच्च जोखिममा परेका छन्। जोखिममा रहेका बासिन्दाहरूलाई सुरक्षित… पुरा पढौ

ढोरपाटन र निसिखोलामा दिगो पर्यटन प्रवर्द्धन परियोजनाको समिक्षा सम्पन्न

बागलुङ — जर्मन सरकारको सहयोग र विवाईसी बागलुङको साझेदारीमा सञ्चालित "दिगो पर्यटन प्रवर्द्धन परियोजना" अन्तर्गत ढोरपाटन नगरपालिका र निसिखोला गाउँपालिकामा भएका गतिविधिहरुको समिक्षा कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम विवाईसी बागलुङका अध्यक्ष तोयानाथ गौतमको अध्यक्षता र जिल्ला समन्वय समिति, बागलुङका प्रमुख अमर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रमको सञ्चालन सचिव विक्रम शर्माले गर्नु भएको थियो भने परियोजनाको समग्र प्रस्तुतिकरण संयोजक उत्तम अर्यालले गर्नुभएको थियो। कार्यक्रममा विभिन्न सरोकारवालाहरू—गैरसरकारी संस्था महासंघका अध्यक्ष मुक्तीराम सापकोटा, ढोरपाटन शिकार आरक्षका रेन्जर पदमबहादुर रोकाय, सोलो ट्रेकर… पुरा पढौ

‘कोशेढुंगा’को छायांकन सकियो, भदौ १२ गते विश्वव्यापी प्रदर्शन हुने

काठमाडौं — निर्देशक सरोज पौडेल निर्देशित नयाँ नेपाली चलचित्र ‘कोशेढुंगा’को छायांकन कार्य सम्पन्न भएको छ। सर्वकालीन ब्लकबस्टर चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’बाट चर्चामा आएका निर्देशक पौडेलले ५१ दिनको सुटिङ सेड्युलमा सोमबार चलचित्रको छायांकन टुंग्याएका हुन्। चलचित्रको छायांकन मकवानपुरको चितलाङ, मार्कु तथा ललितपुरको च्यासलस्थित सेटमा गरिएको थियो। यसबाहेक गण्डकी प्रदेशको स्याङ्जा जिल्लाका आधिखोला, त्रिवेणी र सिरुवारी क्षेत्र पनि छायांकन स्थल रहेका छन्। चलचित्रको रिलिज मिति पनि तय भइसकेको छ। निर्माणपक्षका अनुसार ‘कोशेढुंगा’ आगामी भदौ १२ गते नेपालसहित विश्वका ४० भन्दा बढी देशमा… पुरा पढौ

बेष्ट मोडलको अवार्ड सञ्चिता शाहीलाई प्रदान

काठमाडौं, असार २४दोश्रो क्रियटिभ इन्टरनेशनल म्युजिक अवार्ड–२०२५ को अवसरमा मोडल तथा नृत्याङ्गना सञ्चिता शाही ‘बेष्ट मोडल’ घोषित भएकी छिन्। सोमबार काठमाडौंमा सम्पन्न कार्यक्रममार्फत शाहीलाई ‘धेरै माया बोलको’ गीतबाट उत्कृष्ट मोडलको अवार्ड प्रदान गरिएको हो। नेपाली लोकदोहोरी गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी सञ्चिता शाही र बिकम बुढाथोकीले अभिनय गरेको उक्त म्युजिक भिडियोमा सर्जक तथा गायक कस्तुप पन्तको शब्द–संगीत रहेको छ।गीतमा स्वर भने लोकप्रिय गायक प्रमोद खरेलले दिएका हुन्। ‘धेरै माया’ बोलको भिडियो कस्तुप पन्त अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको थियो।यस म्युजिक… पुरा पढौ

खानेपानीमा लगाइएको अव्यवहारिक करबारे फेडवासनद्वारा राष्ट्रपतिको ध्यानाकर्षण

काठमाडौं, असार — सरकारले उपभोक्ता समितिको रकममा २५ प्रतिशत कर लगाउने निर्णय गरेपछि खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ (फेडवासन) उक्त निर्णयको कडा विरोधमा उत्रिएको छ। महासंघका राष्ट्रिय अध्यक्ष राजेन्द्र अर्याल नेतृत्वको टोलीले आजै राष्ट्रपति रामचन्द्र पौडेललाई भेट गरी, समुदायले ठूलो कठिनाइ सहँदै खानेपानीको दिगोपनाका लागि संकलन गरेको रकममा समेत कर लगाउने निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै औपचारिक ध्यानाकर्षण गराएको हो। महासंघले राष्ट्रपति समक्ष उक्त कर नीतिलाई हटाउन सहजीकरणको भूमिका निर्वाह गरिदिन अनुरोध समेत गरेको छ। "उपभोक्ताले मासिक रूपमा शुल्क बुझाउँछन्, जसबाट… पुरा पढौ

समाजको यथार्थ बोल्ने मनोज ओलीको नयाँ र्‍याप सार्वजनिक

काठमाडौं ।असार २३र्‍याप गायक मनोज ओलीले नयाँ र्‍याप गीत सार्वजनिक गरेका छन् । गीतमा समसामयिक नेपाली समाजको यथार्थपरक चित्रण गरिएको छ । जुनसुकै ‘तन्त्र’ वा ‘वाद’ आए पनि धनी अझ धनी बन्दै गएका र गरिब झनझन पीडित हुँदै गएका यथार्थलाई गीतमार्फत उजागर गरिएको छ । गणतन्त्रपछि गरिबका दिन फेरिन्छन् भन्ने नाराका साथ सत्तामा पुगेका नेताहरूले पनि देशमा खासै परिवर्तन गर्न नसकेको अवस्थालाई गीतले प्रभावशाली ढंगले प्रस्तुत गरेको छ । राजनीतिक परिवर्तनसँगै पटक–पटक दोहोरिएको आश्वासन र व्यवस्थाको नाम फेरिए पनि जनताको… पुरा पढौ

‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ — आठ सहरमा एकसाथ पोस्टर सार्वजनिक, कथा जस्तो पोस्टरमा पात्रको द्वन्द्व

काठमाडौं ।असार २२ नेपाली चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को पोस्टर सार्वजनिक गरिएको छ। विशेष शैलीमा प्रचारप्रसार गर्दै निर्माण टिमले देशभरका आठ प्रमुख सहरमा एकसाथ पोस्टर सार्वजनिक गरेर दर्शकको ध्यान खिच्ने प्रयास गरेको छ। काठमाडौं, झापा, धरान, इटहरी, विराटनगर, वीरगञ्ज, बुटवल र नेपालगञ्जमा शनिबार दिउँसो साढे ३ बजे बेलुन उडाउँदै फिल्मको पोस्टर सार्वजनिक गरिएको हो। “देशैभर एकसाथ पोस्टर सार्वजनिक गरेर चलचित्रप्रति उत्सुकता जगाउने उद्देश्य राखेका हौं,” निर्माता बिमल न्यौपानेले बताए। फिल्मको प्रचारप्रसारलाई फरक ढंगले प्रस्तुत गर्दै मोफसलका दर्शकमाझ… पुरा पढौ

कक्षा ११ मा कानून विषय अध्ययन गर्न इच्छुक विद्यार्थीका लागि बागलुङ नगरपालिकाको छात्रवृत्ति आवेदन खुला

बागलुङ, असार २० – बागलुङ नगरपालिकाले कक्षा ११ मा कानून विषय अध्ययन गर्न इच्छुक विद्यार्थीहरूलाई लक्षित गरी छात्रवृत्ति प्रदान गर्ने भएको छ। नगरपालिकाको न्यायिक समितिकाे पहलमा उक्त छात्रवृत्ति कार्यक्रम ल्याइएको हो। न्यायिक सचेतना अभिवृद्धि तथा कानून विषयको प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन गरिने छात्रवृत्ति कार्यक्रम अन्तर्गत छनौट भएका विद्यार्थीहरूले निशुल्क अध्ययन गर्ने अवसर पाउनेछन्। नगरपालिकाले प्रकाशित गरेको सूचनामा उल्लेख भएअनुसार, आवश्यक कागजातसहित ७ दिनभित्र आवेदन फारम बुझाउनु पर्ने सुचना जारी गरेको छ । आवेदनका लागि आवश्यक कागजातहरू नागरिकताको प्रमाणपत्र वा जन्मदर्ताको… पुरा पढौ

मिरमिरे’को छायांकन सुरु, प्रमुख भूमिकामा दयाहाङ र प्रकाश

काठमाडौं, असार — चलचित्र ‘मिरमिरे’ को छायांकन काभ्रेपलाञ्चोकबाट सुरु भएको छ। एक साता लामो वर्कसप सम्पन्न गरेपछि निर्माण टिम शुक्रबार काठमाडौंबाट छायांकनका लागि प्रस्थान गरेको थियो। शनिबार पनौती नगरपालिका–११, बल्थलीस्थित श्री लड्केश्वर आधारभूत विद्यालय परिसरमा क्यामेरा पूजा गर्दै छायांकन थालिएको निर्माण पक्षले जानकारी दिएको छ। निर्देशक यम शेर्पाका अनुसार, “चलचित्र ‘मिरमिरे’को छायांकन आजबाट सुरु गरेका छौं। झन्डै ३५ दिन काभ्रेका विभिन्न स्थानमा खिच्ने योजना छ।” यार्सा फिल्म्सको प्रस्तुति रहने चलचित्रमा दयाहाङ राई, प्रकाश सपूत र सिर्जना निङलेखु मुख्य भूमिकामा छन्।… पुरा पढौ