अर्थतन्त्र

चलचित्र ‘कर्मा’को पहिलो चरणको छायांकन सम्पन्न

काठमाडौं । निर्देशक सौरभ चौधरीको निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘कर्मा’को पहिलो चरणको छायांकन सम्पन्न भएको छ । गत मंसिरको अन्तिम साताबाट सुरु भएको चलचित्रको छायांकन दाङ र आसपासका विभिन्न स्थानमा करिब ४६ दिन लगाएर पूरा गरिएको छ । अब, सिनेमाको टिम काठमाडौंमा केन्द्रित भएको छ । निर्देशक चौधरीका अनुसार आगामी १० दिनभित्र सम्पूर्ण सुटिङ सम्पन्न गरिनेछ । ‘कर्मा’को छायांकन चरणमै सम्पादन र भिएफएक्सको काम समेत भइरहेको छ । निर्देशक चौधरीले भने, “हामीले दिनरात नभनी अत्यन्तै मेहनतका साथ काम गरिरहेका छौँ ।… पुरा पढौ

चलचित्र ‘लाज शरणम्’को टिजर सार्वजनिक

काठमाडौं । वर्षकै प्रतिक्षित चलचित्रमध्ये एक मानिएको चलचित्र ‘लाज शरणम्’को टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले आज युट्युबमार्फत सार्वजनिक गरेको टिजरमा चलचित्रका अधिकांश मुख्य कलाकारलाई देख्न सकिन्छ । वैदेशिक रोजगारका लागि घर छोड्न लागेको छोरालाई कुनै समस्या नपरोस भनेर बुवाले गरेको कामनासँगै टिजर सुर हुन्छ । विदेश गएको छोरो कफिनमा फर्किएपछिको तनावसँगै टिजर अगाडि बढ्छ । तर, त्यसमै केही ट्वीस्ट रहेको कलाकारको हाउबाउबाट देखिन्छ । तर, के प्रष्ट छैन । तर, विदेश गएको छोरो फर्किसकेको छ । त्यसपछि नदीमा डुबेको… पुरा पढौ

७ सयको उपस्थितिमा ‘एक्टर: टेक वन’को ग्रान्ड प्रिमियर

काठमाडौं - प्रतीक्षित नेपाली चलचित्र ‘एक्टर: टेक वन’को ग्रान्ड प्रिमियर सोमवार साँझ भक्तपुरस्थित क्युएफएक्स सिनेमाजमा सम्पन्न भएको छ ।  झकिझकाउ सेटमा आयोजित प्रिमियर शोमा करिब सात सय जनाको उपस्थिति रहेको थियो । यस चलचित्रका अभिनेता द्वय प्रदिप खड्का र राजबल्लभ कोइराला साथै अभिनेत्री द्वय अन्ना शर्मा र दिव्या रायमाझीको प्रिमियर प्रवेशले सबैको ध्यान खिचेको थियो । आकर्षक तरिकाले हल रहेको भवनको पाँचौँ तल्लामा पुग्दा पत्रकारहरू र अन्य पाहुनाहरूको भिड थामिनसक्नु देखिएको थियो । हाल विभिन्न मिडिया तथा सामाजिक सञ्जालहरूमा उक्त भिडियोहरू… पुरा पढौ

‘एक्टर: टेक वन’ कथा वाचनमा मात्र होइन, प्राविधिक रूपमा पनि बलियो छ: निर्देशक राजन भुसाल

काठमाडौं - माघ १६ गते रिलिज हुन लागेको चलचित्र ‘एक्टर: टेक वन’ ले नेपाली चलचित्र क्षेत्रमा एक फरक दृष्टिकोण प्रस्तुत गर्ने दाबी यसका निर्देशक राजन भुसालले गरेका छन् । भुसालले चलचित्रको प्राविधिक सशक्तता र कथात्मक गहनतालाई प्राथमिकतामा राख्दै यसलाई नेपाली चलचित्र उद्योगका लागि विशेष बनाउन प्रयास गरेको बताए । ‘एक्टर: टेक वन’लाई अन्तर्राष्ट्रिय स्तरको प्राविधिक मापदण्डमा निर्माण गरिएको छ । निर्देशक भुसालका अनुसार, चलचित्रलाई केवल कथा भन्ने माध्यमको रूपमा मात्र नहेरी प्राविधिक रूपमा पनि सशक्त बनाउने प्रयास गरिएको छ । भुसाल… पुरा पढौ

नेपाल पश्मिना उद्योग संघको रजत जयन्ती सम्पन्न संस्थापक सदस्य सम्मानित

काठमाडौं ,माघ १३ नेपाल पश्मिना उद्योग संघ नेपालकाे २५ आ‌ैं साधारणसभा रजत जयन्ती राजधानीकाे हिमालय हाेटलमा एक भब्य कार्यक्रम बिच सम्पन्न भएको छ । कार्यक्रममा उद्योग तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपालले भब्य रूपले अन्तर्राष्ट्रियस्तरको पश्मिनाकाे मेलागर्न सफल भएको पश्मिना नेपालकाे आफैमा एउटा ब्राण्ड भएको बताए ।बिश्व बजारमा फेरि एकपटक नेपालकाे पश्मिनालाइ ब्राण्डिङ प्याकेजिङ गरेर नयाँ संकल्पका साथ अगाडि बढेको मन्त्री भण्डारीले बताए । २५ आ‌ैं रजत जयन्तीको अवसरमा पश्मिना उद्योग संघ स्थापना गर्न महत्त्वपूर्ण भुमिका खेल्ने संघका संस्थापकरामबहादुर गुरूङ… पुरा पढौ

‘एक्टर: टेक वन’ ट्रेलरको कीर्तिमान: ओभरसिजमा बढ्यो माग, नेपालसँगै यी देशमा रिलिज हुने

काठमाडौं - माघ १६ गते रिलिज हुने प्रतीक्षित नेपाली चलचित्र ‘एक्टर: टेक वन’ अब नेपालसँगै विश्वका अन्य विभिन्न मुलुकमा रहेका नेपाली दर्शकमाझ रिलिज हुने भएको छ । नेपालीहरूको बसोबास रहेका विभिन्न देशहरूमा यो चलचित्र केही देशमा नेपालसँगै एकसाथ र केही देशमा दोस्रो हप्तादेखि प्रदर्शन गरिनेछ । गत साता सार्वजनिक भएको ट्रेलरले व्यापक चर्चा पाएको छ । ट्रेलरले पाएको यो लोकप्रियतासँगै चलचित्रको ओभरसिज अधिकार धमाधम बिक्री भइरहेको छ । अमेरिकाको रिलिज अधिकार लिभेन्ट्स स्टुडियो र प्रोजेक्ट ऊर्जा, क्यानडाको अधिकार अस्त्र इभेन्ट्सले लिएको छ… पुरा पढौ

नेपाली चलचित्र ‘लाज शरणम्’को नयाँ पोस्टर सार्वजनिक

काठमाडौं ।  बहुप्रतीक्षित नेपाली चलचित्र ‘लाज शरणम्’को नयाँ पोस्टर सार्वजनिक भएको छ। यस पोस्टरले चलचित्रका नयाँ क्यारेक्टरलाई रिविल गर्दै दर्शकको ध्यान आकर्षित गरेको छ। पोस्टरमा चलचित्रका मुख्य कलाकारहरू मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, विजय बराल, अर्पण थापा र कमलमणि नेपाललाई प्रस्तुत गरिएको छ। विशेष रूपमा पोस्टरमा अभिनेता सीताराम कट्टेल (धुर्मुस)को गेटअप चर्चामा छ। नेताको भूमिकामा रहेका कट्टेललाई दोरा-सुरुवाल र ज्वारीकोटमा देखाइएको छ। उनी हात उठाएर अभिवादन गरिरहेका छन्, जसले उनको राजनीतिक चरित्रको संकेत गर्छ। उनको लुक्सले पूर्वमन्त्री तथा कांग्रेस नेता मोहम्मद… पुरा पढौ

‘एक्टर: टेक वन’को ‘एक्टिङ कन्टेस्ट’ घोषणा, विजेताले चलचित्रमा अवसर पाउने

काठमाडौं - यही माघ १६ गते रिलिज हुने नेपाली चलचित्र ‘एक्टर: टेक वन’ले विजेतालाई महत्त्वाकाङ्क्षी अवसर दिने गरी ‘एक्टिङ कन्टेस्ट’ घोषणा गरेको छ । यो कन्टेस्टका एक जना विजेताले ‘एक्टर: टेक वन’को निर्माण कम्पनी अधृत फिल्म्स् प्रा.लि.ले निर्माण गर्ने आगामी चलचित्रमा अभिनयको लागि अवसर प्राप्त गर्नेछन् । यो कन्टेस्टमा विश्वभरका नेपालीहरूले सहभागिता जनाउन सक्नेछन्, जसको लागि चलचित्र ‘एक्टर: टेक वन’को टिजर, ट्रेलर वा गीतहरूको कुनै पनि भागमा कम्तीमा १ मिनेट लामो भिडियो बनाई आफ्नो सोसल मिडिया ह्यान्डलमा पोस्ट गर्नुपर्ने हुन्छ ।… पुरा पढौ

चाैथाे रत्नेचाैर जागरण कप माघ १५ गते देखी

म्याग्दी रत्नेचाैर जागरण समूहको आयोजनामा खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि भन्ने मुल नाराका साथ आउदाे माघ १५ गते देखि १९ गते सम्म चाैथाे रत्नेचाैर जागरण कप २०८१ हुने भएकाे छ । रत्नेचाैर जागरण समूहकाे आयाेजनामा म्याग्दी जिल्लाकाे बेनी नगरपालीका १ रत्नेचाैर स्थित खेल मैदानमा संचालन हुने बिबिध खेलकुद तथा सास्कृतिक कार्यक्रमकाे तयारी भईरहेकाे क्लबले जनाएकाे छ । मेलामा मुख्य आकर्षककाे रूपमा खुल्ला पालिका वडा स्तरीय भलीबल प्रतियाेगिता,खुल्ला एकल नृत्य प्रतियाेगिता र खुल्ला छेलाे प्रतियाेगिता संचालन हुने छ । भलिबलमा… पुरा पढौ

एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक कालोपत्रे हुन शुरू

बागलुङ ,माघ ७ ठेकेदारले काम गरेपनि भुक्तानी नपाएपछि अलपत्र परेको  सडक सरकारले बजेट विनियोजन गरेपछि पुन कामको धमाधम हुन थालेको छ। बागलुङको एक निर्वाचन क्षेत्र  एक रणनैतिक सडक आयोजना कालोपत्रे हुन थालेपछि स्थानीयमा खुशी छाएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा आ‌ेलीले एकसाथ उद्घाटन गरेको एक निर्वाचन क्षेत्र एक सडक आयोजना बजेट अभावका कारण अलपत्र परेको सडक पुन बजेट सुनिश्चित भएपछि काम शुरू भएको छ । बागलुङ सदरमुकामकाे पुरानो अदालत चौपारीदेखि बागलुङ नगरपालिका वडा नम्बर ८ सिगाना जाेड्ने १०किमि सडक खण्ड धमाधम कालोपत्रे गर्न शुरू भएको छ । झण्डै २९ करोडको ठेक्का… पुरा पढौ