अर्थतन्त्र

चर्चित गायक दुर्गेश थापाले चलचित्र ‘कर्मा’का लागि गीत गाए

काठमाडौं । चर्चित गायक दुर्गेश थापाले चलचित्र ‘कर्मा’का लागि गीत गाएका छन् । सौरभ चौधरीको लेखन तथा निर्देशन रहेको चलचित्र ‘कर्मा’का लागि दुर्गेशले गीत गाएका हुन् । दुर्गेश स्वयंले आफूले कर्माको गीत गाएको जानकारी दिएका छन् । केही दिनअगाडि दुर्गेशले रेकर्ड गरेको गीतको आइतबार भिडियो छायांकन भएको छ । दुर्गेशको गीत चलचित्रभित्रै समावेश हुने बताइएको छ । दुर्गेशकले गाएको गीतमा चलचित्रका मुख्य कलाकार विपीन कार्की, उपासनासिंह ठकुरी, मुकुन भुसाललगायतको अभिनय देखिनेछ । निर्माणपक्षका अनुसार केही दिनमा उक्त गीत सार्वजनिक हुनेछ… पुरा पढौ

बागलुङ उद्योग वाणिज्य संघको अध्यक्षमा राजन शाक्य बिजयी

बागलुङ चैत्र १७ बागलुङ उद्योग वाणिज्य संघको अध्यक्षमा राजन शाक्य बिजयी भएका छन् ।  संघको १९ औं अधिवेशन अन्तर्गत भएको मतदानमा प्रतिद्धन्दी उमाकान्त शर्मालाइ १२५ मतान्तरले पराजित गर्दै शाक्य अध्यक्षमा निर्वाचित भएका हुन । शाक्यले ६४४ मत पाएभने शर्माले मत ५१९ पाए ।उनीहरु दुवैजना नेपाली कांग्रेस निकट उमेद्वार थिए । शाक्यलाई राष्ट्रिय जनमोर्चा, माओबादी केन्द्र, समाजबादी लागयतका दलनिकट व्यवसायीले सघाएका थिएभने शर्मालाई एमाले निकट व्यवसायीको साथ थियो । आईतबार बिहान सार्वजनिक भएको मत परिणाम अनुसार खुल्ला सदस्यमा सबैभन्दा धेरै मत… पुरा पढौ

‘जनै हराएको बाहुन’बाट सुशान्कको कमब्याक

काठमाडौं । चलचित्र ‘जनै हराएको बाहुन’ निर्माण घोषणा देखि नै चर्चामा छ । चैतको अन्त्यबाट छायांकनमा जाने चलचित्रको ४० दिनको छायांकन सेड्युल रहेको निर्माणपक्षले जनाएको छ । चलचित्रको केही समयअघि थिम मोसन पोस्टरमार्फत सार्वजनिक भइसकेको छ । ‘जनै हराएको बाहुन’ले आमा र छोराबीचको इमोस्नल कथा भन्नेछ । यसले आमाको सुखका लागि छोराले गर्ने संघर्षको कथा सिनेमाले भन्नेछ । चलचित्रले गाउँबाट सहर आएको एक सामान्य व्यक्तिले भोग्नुपरेका अनपेक्षित घटना र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनको कथालाई भन्नेछ । ‘जनै हराएको बाहुन’लाई हिमाल… पुरा पढौ

कर्मा’मार्फत आफूले कर्मको खेलको कथा

काठमाडौं । चलचित्र निर्देशक सौरभ चौधरीले चलचित्र ‘कर्मा’मार्फत आफूले कर्मको खेलको कथा भनेको बताएका छन् । जस्तो कर्म गर्यो त्यस्तै फल पाइन्छ भन्ने पूर्वीय दर्शनमा आधारित रहेर ‘कर्मा’ बनाएको उनले संकेत गरेका छन् । टिजरमा उनले जोड दिएको संवाद ‘जे जान्छ, त्यो घुमेर आउँछ’ले पनि यसलाई प्रष्ट पार्छ । मान्छेले पाउने भनेको उसले गरेको कर्मको फल हो, अथवा मान्छेले जे भोग्छ र जति भोग्छ त्यो उसको कर्मकै फल हो भन्ने टिजरले देखाएको छ । सौरभले पनि यही नै बताएका छन्… पुरा पढौ

क्षेत्र पर्यटन र जलविद्युतमा लगानी धौलागिरि क्षेत्र उपयुक्त छ ः अध्यक्ष ढकाल

बागलुङ नेपाल उद्योग बाणिज्य संघका अध्यक्ष चन्द्र ढकालले व्यवसायीको माग अनुसार बैंकहरुले व्याज घटाएर लगानीको वातावरण बन्न थालेको बताएका छन् । लगानी बढाउन सरकारले पनि चासो देखाएको उनको भनाइ छ । बागलुङ उद्योग बाणिज्य संघको ६१ औं वार्षिक साधारणसभा, १९ औं अधिवेसन तथा हिरक जयन्ती सम्मान कार्यक्रमको उद्घाटन गर्दै कोरोना पछि पहिलो पटक लगानीको वातावरण बनेको बताए । विश्वव्यापी आर्थिक संकटको असर नेपालमा कम हुदै जान लागेको पनि उनले बताए । महासंघकै पहलमा प्रधानमन्त्री सहित मन्त्री र सांसद भेटेरै लगानीका… पुरा पढौ

लायन्स क्लव अफ बागलुङ कालिगण्डकीद्धारा वृद्ध सहायता सामाग्री हस्तान्त्रण

बागलुङ चैत्र १४ लायन्स क्लव अफ बागलुङ कालिगण्डकीले बागलुङ नगरपालिका ४ निर्यघाटमा रहेको रामानुज आश्रमलाई वृद्ध सहायता सामाग्री हस्तान्तरण गरेको छ । क्लवले आश्रमका वृद्ध वृद्धाहरुको लागि लठ्ठी, छाता, लाईट, टोपी, आटा लगाएतका खाद्यान्न सहयोग गरेको हो । आश्रममा आयोजित कार्यक्रममा लायन्स इन्टरनेशनल रिलेशन चिफ काजिमान गुरुङले, क्लवका चार्टर प्रेसिडेन्ट तथा डिस्ट्रिक्ट को चिफ अनुप रिजाल, रिजन चियरपर्सन नारायण आचार्य लगाएतले आश्रमका प्रमुख पुरुषोत्तम आचार्यलाई हस्तान्त्रण गर्नु भएको थियो । लायन्स इन्टरनेशनल रिलेशन चिफ काजिमान गुरुङले सामाजिक सेवाको क्षेत्रमा लायन्स… पुरा पढौ

चलचित्र ‘बिगुल’को निर्माण घोषणा

काठमाडौं । सामाजिक कथावस्तुमा आधारित नयाँ नेपाली चलचित्र ‘बिगुल’को निर्माण घोषणा गरिएको छ । यस चलचित्रमा अभिनेता नरेन खड्का मुख्य भूमिकामा अनुबन्ध भएका छन् । निर्माण टिमले हालै उनीसँग लिखित सम्झौता गर्दै मुख्य भूमिकामा अनुबन्ध गराएको हो ।   बिगुलको सांकेतिक अर्थ अन्यायविरुद्धको आवाज उठाउने बाजासँग जोडिन्छ, जसले चलचित्रको कथावस्तु झल्काउने संकेत गर्छ । अहिलेसम्म एक दर्जनभन्दा बढी चलचित्रमा काम गरिसकेका खड्का पछिल्लो 'बाह्र गाउँ'मा देखिएका थिए । चलचित्र ‘हमेशा’ बाट मुख्य अभिनेताका रूपमा डेब्यु गरेका नरेनले ‘बुलाकी’बाट सर्वाधिक चर्चामा… पुरा पढौ

दर्शकको उच्च साथ सहित पाँचौँ हप्तामा ‘लाज शरणम्’

काठमाडौं । चलचित्र ‘लाज शरणम्’ प्रदर्शनको पाँचौँ हप्तामा प्रवेश गरेको छ । शिवरात्रिको अवसर पारेर फागुन १४ गतेबाट रिलिज आएको चलचित्र पाँचौँ हप्तामा प्रवेश गरेको हो । उच्च शो सहित प्रदर्शन सुरु गरेको चलचित्रमा अहिले पनि दर्शक रहेका छन् । दर्शकबाट राम्रो प्रतिक्रिया आइरहेको निर्माणपक्षले बताएको छ । “चलचित्र लाज शरणम् सफलतासहित पाँचौँ हप्तामा प्रवेश गरेको छ,” निर्माता नवीन श्रेष्ठले भने, “दर्शकको राम्रो प्रतिक्रिया र राम्रो व्यापार गर्दै लाज शरणम् तेस्रो हप्तामा प्रवेश गरेको हो । अहिले पनि चलचित्रलाई उपलब्ध… पुरा पढौ

बागलुङ उद्योग बाणिज्य संघकाे अध्यक्षमा उमाकान्त शर्मा (बाबु )र राजन कुमार शाक्यकाे उमेदवारी दर्ता

बागलुङ उद्योग बाणिज्य संघका यही चैत १६ गते हुन गइरहेको १९ आ‌‌‌ैं अधिवेशनकाे लागि दुई जनाले आआफ्नो प्यानल सहित उमेदवारी दर्ता गराएका छन् । बागलुङ उद्योग बाणिज्य संघको नयाँ नेतृत्व हात पार्न वर्तमान कार्यसमितिका बरिस्ठ उपाध्यक्ष राजन कुमार शाक्य र संघका निर्वतमान बरिस्ठ उपाध्यक्ष उमाकान्त शर्माले आज छुट्टाछुट्टै प्यानल सहित निर्वाचन अधिकृतकार्यालयमा उमेदवारी दर्ता गराएका हुन् । बागलुङ उद्योग बाणिज्य संघको यसपटकको निर्वाचन सर्वसम्मत बनाउने भनेर चरण चरणमा छलफल गरेपनिसहमति हुन नसकेपछि आज दुइटा प्यानल बनाएर उमेदवारी दर्ता गराउन परेको… पुरा पढौ

कबाड व्यवसायीका समस्या समझदारीमा हल गर्न अध्यक्ष प्रचण्डको जोड

काठमाडौं । नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष प्रचण्डले कबाड व्यवसायीहरूले भोग्नुपरेका समस्या आपसी छलफल र समझदारी निर्माण गरेर हल गरिनुपर्नेमा जोड दिनुभएको छ। कबाड संकलन तथा व्यवसायसँग सम्बन्धित माग राखेर आन्दोलनरत कबाड व्यवसायी संघर्ष समितिका प्रतिनिधिहरूसँगको भेटमा अध्यक्ष प्रचण्डले समस्या समाधानका लागि सहमतिमा जानुपर्नेमा जोड दिनुभएको हो। ूकबाड व्यवसायीहरूका मागमा आपसी छलफल गरेर एउटा समझदारीमा पुगेर व्यवसाय गर्ने सहज वातावरण बनाउनु जरूरि छ।ू अध्यक्ष प्रचण्डले भन्नुभयो, ूसंकलन गर्ने मजदूर तथा व्यवसायीलाई दुख दिएर समस्या हल हुँदैन।ू भेटका क्रममा अध्यक्ष प्रचण्डले… पुरा पढौ