अर्थतन्त्र

समृद्धिका लागि नीतिगत सुधार आवश्यक : अध्यक्ष प्रचण्ड

काठमाडौं, साउन ५ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न नीतिगत सुधार र राज्यको सोचमा परिवर्तन आवश्यक रहेको बताएका छन्। शुक्रवार खुमलटारस्थित निजी निवासमा नेपाल उद्योग परिसंघ (सीएनआई) का नवनिर्वाचित पदाधिकारीहरूसँगको भेटका क्रममा अध्यक्ष प्रचण्डले राज्यको सोचाइ र संरचनालाई निजी क्षेत्रमैत्री बनाउनुपर्ने धारणा राखे। “निजी क्षेत्रलाई सहजीकरण गर्ने नीति र संरचना बिना समृद्धि हासिल गर्न सकिँदैन,” अध्यक्ष प्रचण्डले भने, “राज्यले अवरोध होइन, सहजीकरण गर्ने मनोवृत्ति विकास गर्न जरुरी छ।” उनले… पुरा पढौ

‘जनै हराएको मान्छे’को टिजर युट्युब ट्रेन्डिङको चौथो स्थानमा

काठमाडौं ।श्रावण ४आगामी भदौ ६ गते रिलिज हुन लागेको चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को आधिकारिक टिजर युट्युब ट्रेन्डिङको चौथो स्थानमा उक्लिन सफल भएको छ। गत मंगलबार सार्वजनिक गरिएको टिजरले छोटो समयमै दर्शकको ध्यान तान्दै लोकप्रियता हासिल गरेको छ। यो समाचार तयार पार्दासम्म टिजरले १३ लाख ६ हजारभन्दा बढी भ्युज र ६ हजार ५ सयभन्दा बढी लाइक्स बटुलेको छ।सार्वजनिक भएको पहिलो दिनमै १० लाख भ्युज पार गरेको टिजरले दर्शकमाझ फिल्मप्रतिको उत्सुकता र सकारात्मक प्रतिक्रिया झल्काएको छ। दर्शकहरूले युट्युबमा… पुरा पढौ

बिद्यामन्दिर माध्यमिक बिद्यालयमा व्यापक अनियमितता भएको भन्दै अख्तियारमा पर्या उजुरी

बागलुङ श्रावण ४ तत्कालीन धाैलागिरि अन्चलकाे सबैभन्दा पुरानो सामुदायिक बिद्यालय बिद्यामन्दि माध्यमिक बिद्यालय बागलुङमा खण्ड खण्डमा अखण्ड अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयाेगमा लिखित उजुरी परेको छ । बागलुङ नगरपालिका वडा नम्बर ३ राधाकृष्ण टाेलमा १९९७ सालमा शिक्षा सेवी आ‌ेमप्रसाद गाैचन र मेघकुमार बैधले स्थापना गरेको बिद्यालयमा आर्थिक अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ३५ बुँदे लिखित उजुरी परेको छ । बिद्यालयले बनाएको सटर भाडामा अनियमितता भएको  देखि छविरमण रेग्मीले प्रधानाध्यापक भएपछि बिद्यालयमा कर्मचारी शिक्षक नियुक्ति गर्दासमेत व्यापक… पुरा पढौ

जनै हराएको मान्छे’को टिजरलाई दर्शकको सकारात्मक प्रतिक्रिया

काठमाडौं — आगामी भदौ ६ गते प्रदर्शन हुने चलचित्र *‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’*को टिजरले छोटो समयमा उल्लेखनीय लोकप्रियता कमाएको छ। युट्युबमा सार्वजनिक गरिएको टिजर १२ लाखभन्दा बढीले हेरेका छन् भने प्रतिक्रिया सकारात्मक छन्। दर्शकहरूले सामाजिक कथावस्तु र सशक्त अभिनयको प्रशंसा गर्दै चलचित्रप्रति उत्साह व्यक्त गरेका छन्। कबिन्द्र श्रेष्ठ नामक दर्शकले युट्युबमा लेखेका छन्, “फिल्म असाध्यै राम्रो कथामा आधारित छ भन्ने पूर्ण विश्वास लागेको छ। शुभकामना।” अर्का दर्शक मोहित सिरपाइलीले सामाजिक कथालाई सफलताको सूत्र बताए। विजय बरालको अभिनय र… पुरा पढौ

प्रचण्डबाट ‘श्रम र उत्पादनमा वाइसिएल अभियान’ सुरु, भ्रष्टाचारविरुद्ध सडक संघर्षको चेतावनी

काठमाडौं, साउन १ — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ललितपुरको बालकुमारी चौरमा ‘श्रम र उत्पादनमा वाइसिएल अभियान’को उद्घाटन गरेका छन्। कार्यक्रममा उनले स्वयंसेवकहरूसँग इँटा बोक्ने, घाँस काट्ने, वृक्षारोपण र सरसफाइमा सहभागी भएर श्रमको सम्मान गर्नुपर्छ भन्ने सन्देश दिएका थिए। सम्बोधनमा अध्यक्ष प्रचण्डले यो अभियान माओवादीको "उत्पादन ब्रिगेड"को निरन्तरता भएको बताउँदै युवालाई श्रम र स्वाभिमानी अर्थतन्त्र निर्माणमा अग्रसर हुन आह्वान गरे। उनले सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाउँदै चेतावनी दिए, “यदि सरकार सुध्रिएन भने सडकबाटै आन्दोलन गरेर हटाउन बाध्य हुनेछौँ।”… पुरा पढौ

‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को टिजर सार्वजनिक

काठमाडौं । चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को टिजर सार्वजनिक गरिएको छ । टिजरमा सपना, संघर्ष, प्रेम र धोका झल्किएको छ। विवाहको दृश्यबाट सुरु हुने टिजरमा विजय बरालले निभाएको पात्रको कोरिया जाने सपना, त्यस क्रममा बुवासँगको विवाद र काठमाडौंमा आफ्नै गाउँलेबाट ठगिनुको कथा समेटिएको छ। सपनाको पछाडि लाग्दा कसरी अलमलमा परिन्छ भन्ने यथार्थ टिजरमा देखाइएको छ। चलचित्रमा विजयसँगै केकी अधिकारी, मिरुना मगर, सुशांक मैनाली, भोलाराज सापकोटा, रियर राई, भावना खपांगी मगर, रुपेश लामा र सुमन थापाको अभिनय छ।… पुरा पढौ

गुन्यु चालो : द ड्रेस’को गीत सार्वजनिक, नाजिरको महिलाको रूपमा दमदार प्रस्तुति

काठमाडौं । चलचित्र ‘गुन्यु चालो : द ड्रेस’ को पहिलो गीत सार्वजनिक गरिएको छ। ‘म फूल हुँ कि काँडा’ बोलको गीत निर्माण पक्षले सोमबार एक विशेष कार्यक्रममार्फत सार्वजनिक गरेको हो। गीतमा लेखु सहयात्रीको शब्द र संगीत रहेको छ भने स्वर मनिषा पोखरेलको रहेको छ। गीतमा प्रेमिल भावना बोकेको व्यक्तिले आफूलाई पनि सच्चा माया गरिनुपर्ने माग गरिएको छ। मनबाट प्रेम गर्ने हो भने दुःख–सुखमा साथ दिइ प्रमाणित गर्नुपर्ने सन्देश गीतमार्फत दिइएको छ। गीतको भिडियोमा नाजिर हुसेनको विशेष प्रस्तुति देख्न सकिन्छ। महिलाको… पुरा पढौ

‘अभिमन्यु : च्याप्टर–१’ को पोस्टर सार्वजनिक

काठमाडौं । चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ को पोस्टर सार्वजनिक गरिएको छ। निर्माण टिमले सार्वजनिक गरेको पोस्टरमा अभिनेता कामेश्वर चौरासियालाई प्रमुख रूपमा प्रस्तुत गरिएको छ। पोस्टरमा चौरासियालाई कारागारको तारबारमाथि उभिएर चिच्याइरहेको जस्तो देखाइएको छ। उनको तल विराटनगर कारागार देखिन्छ भने अगाडि खैरो रंगको मनि ब्याग राखिएको छ। यी दृश्यहरू मिलेर उनी या त फिरौती तिर्दैछन् वा फिरौती उठाउँदैछन् भन्ने संकेत गर्छन्। तर पोस्टरमा प्रयोग गरिएको शान्त र निलो रंगको संयोजनले कथामा रहस्य र विरोधाभास थपेको छ। यसले दर्शकमा कौतुहलता बढाएको छ।… पुरा पढौ

सर्वोत्कृष्ट उद्घोषणको अवार्ड शीतल शर्मालाई

काठमाडौँ, असार २८  –चौथो मौलिक गण्डकी स्टार राष्ट्रिय अवार्ड–२०८२ अन्तर्गत फाइनल विजेता घोषणा, पुरस्कार वितरण तथा स्रष्टा सम्मान कार्यक्रम शुक्रबार काठमाडौँको चाबहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा सम्पन्न भयो। उपमा सञ्चार प्रालि र तेज नेपाल मल्टिमिडिया प्रालिको संयुक्त आयोजनामा सम्पन्न यस कार्यक्रममा उद्घोषक शीतल शर्मालाई सर्वोत्कृष्ट उद्घोषण विधामा अवार्ड प्रदान गरिएको हो। करीब दुई दशकदेखि उद्घोषण क्षेत्रमा सक्रिय रहेकी शर्माको देशभर विभिन्न मेला–महोत्सव तथा स्टेज कार्यक्रमहरूमा अत्यधिक माग रहँदै आएको छ। सम्मानित भएपछि उनले खुशी व्यक्त गर्दै भनिन्, "यो अवार्डले मेरो… पुरा पढौ

क्याप्टेन रामेश्वर थापाको जीवनमा आधारित चलचित्र ‘क्याप्टेन साब’ घोषणा, खगेन्द्र–सुरक्षा मुख्य भूमिकामा

काठमाडौं, असार २३पाइलट, व्यवसायी तथा सञ्चार उद्यमी क्याप्टेन रामेश्वर थापाको जीवनमा आधारित चलचित्र ‘क्याप्टेन साब’ निर्माण हुने भएको छ। बिहीबार काठमाडौंको गौरीघाटमा एक विशेष समारोहबीच चलचित्रको शुभमुहूर्त गरिएको हो। चलचित्रका निर्देशक दीपेन्द्र के. खनाल हुन्, जसले यसअघि ‘धनपति’, ‘चपली हाइट २’, ‘पशुपति प्रसाद’ जस्ता सफल चलचित्र निर्देशन गरिसकेका छन्।‘क्याप्टेन साब’ थापाको जीवनका संघर्ष, प्रेरणा र सफलताका कथा समेटिएको बायोग्राफिकल ड्रामा हो। शुभमुहूर्त कार्यक्रममा समाजसेवी तथा व्यवसायी डा. उपेन्द्र महतो, कल्याप समूह र क्याप्टेन रामेश्वर थापाले संयुक्त रूपमा मुहूर्त क्ल्याप दिएर… पुरा पढौ