अर्थतन्त्र

बागलुङमा जुवा खेलिरहेका नौ जना पक्राउ, १ लाख ६४ हजार नगद बरामद

बागलुङ । बागलुङमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले नौ जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूको साथबाट १ लाख ६४ हजार ९२५ रुपैयाँ नगद र ४३८ पत्ती तास बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार मंगलबार (२०८३ कात्तिक १७ गते) दिउँसो करिब ४ बजे बागलुङ नगरपालिका–२ हल्लनचोकस्थित अमर खड्काको तीनतले पक्की घरको तेस्रो तलामा जुवा खेलिरहेको गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो। प्रहरी निरीक्षक चिरञ्जीवी अधिकारीको कमाण्डमा खटिएको १० जनाको प्रहरी टोलीले जुवा खेलिरहेको अवस्थामा नौ जनालाई फेला पारी नियन्त्रणमा… पुरा पढौ

गायिका तथा मोडल अस्मिता रनपालको ‘साली ज्यू’ सार्वजनिक

बागलुङ । गायन, मोडलिङ र फुटबल खेलमा समेत सक्रिय स्याङ्जाकी अस्मिता रनपालको नयाँ गीत ‘साली ज्यू’ सार्वजनिक भएको छ। अस्मिता रनपाल र रमेश सुनारको स्वर रहेको गीतमा शब्द तथा संगीत रमेश सुनारकै रहेको छ। गीतको भिडियोमा अस्मिता रनपाल र विजय पुनले अभिनय गरेका छन्। मुकेश नेपालीको निर्देशनमा तयार भएको गीतको भिडियो मनोरञ्जनात्मक शैलीमा निर्माण गरिएको छ।गायन, अभिनय र खेलकुदलाई सँगसँगै अघि बढाइरहेकी रनपालले नयाँ गीत ‘साली ज्यू’ मार्फत दर्शक तथा स्रोतामाझ आफ्नो प्रतिभा प्रस्तुत गरेकी छन्। गीतले दर्शक तथा स्रोताको… पुरा पढौ

अस्पताल जाने सडकको बीच भाग अधुरै, किन भएन कालोपत्रे?

बागलुङ । जैमिनी नगरपालिकामा अस्पताल जाने सडकका छेउछाउका केही भाग कालोपत्रे गरिए पनि बीचको खण्ड भने अझै अधुरै छ। सडकको केही भाग मात्रै कालोपत्रे गरेर बीचको हिस्सा छाडिएपछि स्थानीयले प्रश्न उठाएका छन्। अस्पताल जाने सडक बिरामी, ज्येष्ठ नागरिक, एम्बुलेन्स र सर्वसाधारणको आवागमनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण सडक हो। यस्तो सडकमा बीचको भाग नै अधुरो रहनुको कारण के हो भन्ने प्रश्न उठेको छ। बजेट अभाव हो कि योजना कार्यान्वयनमा कमजोरी? बजेट विनियोजन भएको भए काम किन पूरा भएन? जैमिनी नगरपालिका र सम्बन्धित… पुरा पढौ

प्रदेश अस्पताल कुश्मामा वार्षिक समीक्षा तथा सार्वजनिक सुनुवाइ

कुश्मा, पर्वत । प्रदेश अस्पताल कुश्माले आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन गरेका कार्यक्रम तथा सेवा प्रवाहको वार्षिक समीक्षा गर्दै सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ। अस्पतालको सेवा प्रवाह, उपलब्धि, समस्या तथा आगामी कार्ययोजनाबारे सरोकारवालासँग छलफल गरी सार्वजनिक जवाफदेहिता र पारदर्शिता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा अस्पतालले वर्षभरि गरेका काम, स्वास्थ्य सेवाको अवस्था, उपलब्ध स्रोतसाधन, सेवा प्रवाहका चुनौती तथा सुधार गर्नुपर्ने विषयमा समीक्षा गरिएको थियो। स्वास्थ्य सेवा नागरिकको आधारभूत आवश्यकतासँग जोडिएको विषय भएकाले अस्पतालबाट प्रदान हुने उपचारको गुणस्तर,… पुरा पढौ

एन–प्याब्सनको गतिविधिमा गृह मन्त्रालयको प्रतिबन्ध, अर्को निर्णय नभएसम्म निलम्बन

काठमाडौं । नेपाल सरकार, गृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन) को गतिविधि अर्को निर्णय नभएसम्मका लागि निलम्बन गर्ने निर्णय गरेको छ। गृह मन्त्रालयले २०८३ कात्तिक १३ गते सार्वजनिक सूचना जारी गर्दै राष्ट्रिय निर्देशन ऐन, २०१८ बमोजिम दर्ता तथा स्वीकृति लिएर सञ्चालनमा रहेको एन–प्याब्सनले मन्त्रालयबाट जारी निर्देशन पटक–पटक पालना नगरेको जनाएको छ। मन्त्रालयका अनुसार संस्थाले स्वीकृत विधान तथा संगठनको मूल उद्देश्यविपरीतका गतिविधिसमेत सञ्चालन गरेको पाइएको छ। यस विषयमा मन्त्रालयले २०८३ असार २३ गते सम्बन्धित पक्षसँग छलफल गरी… पुरा पढौ

अवैध ढुङ्गा उत्खनन र ओसारपसारमा प्रयोग भएको टिपर नियन्त्रणमा

बागलुङ । बागलुङमा अवैध रूपमा ढुङ्गा उत्खनन तथा ओसारपसारमा संलग्न टिपर प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार असोज २३ गते बागलुङ नगरपालिका–१, मालढुङ्गास्थित प्रहरी चौकीले नियमित सवारीसाधन जाँच गर्ने क्रममा ताराखोलाबाट पोखरातर्फ जाँदै गरेको ग१ख ३१९ नम्बरको टिपर नियन्त्रणमा लिएको हो। टिपरमा ठूलो परिमाणमा स्लेट ढुङ्गा लोड गरी लैजाँदै गरेको अवस्थामा प्रहरीले जाँच गर्दा अवैध रूपमा ढुङ्गा उत्खनन तथा ओसारपसार गरिएको पाइएपछि आवश्यक कानुनी कारबाहीका लागि टिपरलाई नियन्त्रणमा लिई बागलुङ नगरपालिकाको कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ। अवैध… पुरा पढौ

सुरुङमार्गमा गति, बलम्बु–गुर्जुधारामा जामको सास्ती : समाधान खोइ?

काठमाडौं । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आएपछि काठमाडौं प्रवेशका लागि यातायातको नयाँ विकल्प थपिएको छ। तर, यसको सञ्चालनसँगै त्रिभुवन राजपथअन्तर्गत बलम्बु–गुर्जुधारा सडकखण्डमा बढ्दो सवारी चाप र ट्राफिक जामले नयाँ चुनौतीसमेत सिर्जना गरेको छ। सुरुङमार्गबाट बलम्बुमा निस्कने सवारीसाधन, विभिन्न जिल्ला तथा गन्तव्यतर्फ जाने सार्वजनिक यातायात र स्थानीय सवारीसाधनको चापका कारण यस सडकखण्डमा आवागमन असहज बन्दै गएको छ। दैनिक कार्यालय जाने कर्मचारी, विद्यार्थी, बिरामी बोकेका एम्बुलेन्स तथा अन्य अत्यावश्यक सेवाका सवारीसाधनसमेत समयमै गन्तव्यमा पुग्न नसक्ने अवस्था सामान्य समस्या होइन। यसको अर्को गम्भीर पक्ष… पुरा पढौ

जन्मदिनको अवसरमा रिजन चेयरपर्सन वस्तीको मानवसेवा आश्रममा भोजन सेवा

काठमाडौं । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपालकी रिजन चेयरपर्सन लायन रोजिता वस्तीले आफ्नो जन्मदिनको अवसरमा मानवसेवा आश्रम रानीवन, काठमाडौंमा भोजन सेवा गराएकी छन्। जन्मदिनमा हुने अनावश्यक खर्च कटौती गरी सामाजिक तथा मानवीय सेवामा समर्पित हुने उद्देश्यले सोमबार आश्रममा भोजन सेवा कार्यक्रम आयोजना गरिएको हो। लायन्स क्लब अफ काठमाडौं न्यू श्री मच्छापोखरीको आयोजनामा सम्पन्न कार्यक्रममा आश्रममा आश्रित व्यक्तिहरूलाई भोजन गराइएको थियो। लायन्सको ‘वी सर्भ’ अर्थात् ‘हामी सेवा गर्छौं’ भन्ने मूल भावनाअनुरूप जन्मदिनलाई सामाजिक सेवासँग जोड्ने प्रयासले मानवीय संवेदना, सेवाभाव र… पुरा पढौ

मध्यपहाडी लोकमार्गलाई ‘रिभर्स माइग्रेसन’को आधार

बागलुङ, कात्तिक ९ । बागलुङ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य सुशील खड्काले पहाडी क्षेत्रबाट भइरहेको बसाइँसराइ न्यूनीकरण गरी नागरिकलाई गाउँमै फर्कने वातावरण बनाउन मध्यपहाडी लोकमार्गलाई ‘रिभर्स माइग्रेसन’को आधार बनाउने बताएका छन्। सोमबार जैमिनी नगरपालिका–५, बिनामारेस्थित वडा कार्यालयमा जनप्रतिनिधि तथा स्थानीयवासीसँगको अन्तरक्रियामा बोल्दै सांसद खड्काले स्थानीय विकासका मागलाई संघीय सरकारको प्राथमिकतामा पार्न पहल गर्ने प्रतिबद्धता जनाए। उनले मध्यपहाडी लोकमार्ग र सहायक सडक आसपास आर्थिक गतिविधि विस्तार, रोजगारी सिर्जना, कृषि आधुनिकीकरण तथा शिक्षा, स्वास्थ्य र पर्यटन पूर्वाधार विकासमार्फत गाउँमै बस्ने वातावरण… पुरा पढौ

सुन्तलाचौरमा वडा अध्यक्ष कप तथा कोजाग्रत पूर्णिमा मेला जारी

बागलुङ । जैमिनी नगरपालिका–२, दमेकस्थित सुन्तलाचौरमा दोस्रो वडा अध्यक्ष कप तथा कोजाग्रत पूर्णिमा मेला–२०८३ जारी छ। कार्तिक ६ गतेदेखि सुरु भएको मेला ९ गतेसम्म सञ्चालन हुनेछ। सुन्तलाचौर खेलकुद मञ्चको आयोजनामा भइरहेको मेलाको मुख्य आकर्षण वडास्तरीय भलिबल प्रतियोगिता र दमेक डान्स आइडल रहेका छन्। भलिबल प्रतियोगितामा प्रथम हुने टोलीले ५० हजार, द्वितीयले ३० हजार, तृतीयले १५ हजार र चौथो हुने टोलीले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै, दमेक डान्स आइडलमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः पाँच हजार, तीन हजार… पुरा पढौ