खेलकुद

बागलुङमा पुरुष भलिबल प्रतियोगिता: खेलकुदको उत्सव सुरु हुँदै

बागलुङ, भदौ ५ "जनमभूमि बागलुङको समृद्धिको लागि हातेमालो" भन्ने नाराका साथ बागलुङ जिल्ला पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता २०८२ को भव्य तयारी पूरा भएको छ। असोज २९ गतेदेखि कार्तिक १ गतेसम्म बागलुङ बजारमा आयोजना हुने यो प्रतियोगिता खेलप्रेमीहरूका लागि विशेष आकर्षण बन्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोली तथा खेलाडीहरूलाई निम्न पुरस्कारहरू प्रदान गरिनेछ:प्रथम स्थान: रु. २ लाख र (ट्रफी, मेडल र प्रमाण-पत्र)द्वितीय स्थान: रु. १ लाख र (ट्रफी, मेडल र प्रमाण-पत्र)तृतीय स्थान: रु. ५० हजार र (ट्रफी, मेडल… पुरा पढौ

अध्यक्ष प्रचण्डद्वारा दक्षिण एशीयाली शारीरिक सुगठन प्रतियोगिता विजेता खेलाडीलाई बधाई

काठमाडौं, असार १६ – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले भुटानको थिम्पूमा सम्पन्न १५औं दक्षिण एशीयाली शारीरिक सुगठन प्रतियोगितामा पदक जित्न सफल नेपाली खेलाडीहरूलाई बधाई दिएका छन्। गत जुन ११ देखि १५ सम्म आयोजना भएको उक्त प्रतियोगितामा नेपाली टिमको उत्कृष्ट प्रदर्शनप्रति प्रसन्नता व्यक्त गर्दै अध्यक्ष प्रचण्डले विशेष रूपमा महिला एथलेटिक फिजिक समूहमा स्वर्ण पदक विजेता उर्मिला श्रेष्ठको प्रशंसा गरे। “खेल, विशेषतः शारीरिक सुगठनजस्ता विधा राज्यको प्राथमिकतामा नपरेका क्षेत्र हुन्। अब राज्यले यसलाई प्राथमिकतामा राखेर आवश्यक… पुरा पढौ

चलचित्र विधेयक पुनरवलोकनका लागि सरोकारवालासँग छलफल : अध्यक्ष प्रचण्ड

काठमाडौं १३ असारनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले चलचित्र विधेयक २०८१ को पुनरवलोकनका लागि सरोकारवालासँग छलफल गर्नुभएको छ। पार्टी कार्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिका सदस्यहरू, चलचित्रकर्मी संघका प्रतिनिधिहरू तथा अन्य सरोकारवाला सहभागी थिए। अध्यक्ष प्रचण्डले चलचित्र विधेयकलाई अत्यन्त संवेदनशील र महत्वपूर्ण विषयको रूपमा लिएर राज्यले गम्भीरताका साथ अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले खेल र चलचित्र क्षेत्रजस्ता विषयमा राजनीतिक नेतृत्वले कम ध्यान दिएको उल्लेख गर्दै आफू भने सधैं यस… पुरा पढौ

दोस्रो आदर्श कपको उपाधि चिल्ड्रेन लाइफ र आदर्श विद्यामन्दिरलाई

हिड्न खबर डट् कम बागलुङ, जेठ २० — आदर्श स्पोर्ट्स क्लब बागलुङको आयोजनामा सम्पन्न दोस्रो संस्करणको आदर्श कप एसइइ स्तरीय विद्यालय फुटबल प्रतियोगितामा छात्रतर्फ चिल्ड्रेन लाइफ इङ्गलिस बोर्डिङ स्कुल र छात्रातर्फ आदर्श विद्यामन्दिर माध्यमिक विद्यालयले उपाधि जितेका छन्। बाङ्गेचौर खेलमैदानमा मंगलबार सम्पन्न फाइनल खेलमा, छात्रतर्फ चिल्ड्रेन लाइफले गत वर्षको विजेता आदर्श विद्यामन्दिरलाई १–० गोलअन्तरले पराजित गर्दै उपाधि उचालेको हो। खेलको निर्णायक गोल दोस्रो हाफको चौथो मिनेटमा रिदिस क्षेत्रीले फ्रिकिकमार्फत गरेका थिए। विजेता चिल्ड्रेन लाइफले रु. ७५,००० नगद, ट्रफी, मेडल र… पुरा पढौ

उपप्रधानमन्त्री सिंहद्वारा कीर्तिपुर क्रिकेट स्टेडियमको अनुगमन

काठमाडौं । उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा निर्माणाधीन प्यारापिट र फ्लडलाइट जडान कार्यको छड्के अनुगमन गर्नुभएको छ। बिहीबार मैदानको स्थलगत निरीक्षण गर्दै मन्त्री सिंहले तोकिएको समयभित्रै प्यारापिट निर्माण कार्य सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो। निरीक्षणका क्रममा ठेकेदार कम्पनीका प्रतिनिधिहरुले निर्माण कार्यको प्रगतिबारे जानकारी गराएका थिए। उपप्रधानमन्त्री सिंहले वैशाख २४ गतेभित्र काम सक्ने लक्ष्यसहित निर्माण कार्य तीव्र रूपमा अघि बढिरहेको जानकारी दिनुभयो। उनले तीन सिफ्टमा काम भइरहेको र आवश्यक परे जनशक्ति थप गरेर तोकिएको समयमै… पुरा पढौ

किर्तिपुरमा क्रिकेट रंगशाला समयमै सम्पन्न गर्न उपप्रधानमन्त्री सिंहको चासो

-फ्लड लाइट र १० हजार क्षमताको प्यारापिट बनाउने काम वैशाख २४ भित्रै निर्माण गरी सफलतापूर्वक सम्पन्न गरेका आयोजना पनि नेपालमा छन् भन्ने सन्देश दिनेछौं काठमाडौं : उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले आज किर्तिपुरस्थित क्रिकेट मैदानमा पुगेर निर्माण कार्य निरिक्षण गर्नुभएको छ ।वैशाखको २४ गतेभित्रै कीर्तिपुर मैदानमा १० हजार क्षमताको प्यारापिट निर्माण सम्पन्न गर्ने लक्ष्यअनुसार काम सक्ने विश्वास पनि सो क्रममा उहाँले व्यक्त गर्नुभयो । शहरी विकास मन्त्रालयअन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयबाट कीर्तिपुर क्रिकेट मैदानमा अन्तराष्ट्रिय मापदण्ड… पुरा पढौ

बेगनास कपको उपाधि मिक्कि एफ सि लाई

लेखनाथ २२ फागुन विकास, अनुशासन र गतिशीलता भन्ने नाराका साथ बेगनास युवा क्लवद्धारा आयोजित तेश्रो बेगनास कप सेभेन ए साईट फुटवल प्रतियोगिताको उपाधि मिक्की एफ सि ले हात पारेको छ । बिहिवार सम्पन्न फाईनल खेलमा विनोद मेमोरियललाई १–० को गोल अन्तरले हराउँदै मिक्कि एफ सि ले उपाधी हात पारेको हो । उपाधिसँगै मिक्कीले नगद रु १ लाख ५५ हजार ५ सय ५५ साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रिएको मिक्की एफ सि… पुरा पढौ

बेगनास कपको उपाधिका लागी विनोद मेमोरियल र मिक्कि एफ सि भिड्ने

लेखनाथ २१ फागुन विकास, अनुशासन र गतिशीलता भन्ने नाराका साथ बेगनास युवा क्लवद्धारा आयोजित तेश्रो बेगनास कपको उपाधिको लागि विनोद मेमोरियल र मिक्की एफ सी भिड्ने भएका छन । बुधबार सम्पन्न सेमिफाईनलको पहिलो खेलमा विनोद मेमोरियलले मत्स्य व्यवसायी समिति पिप्लेलाई १–० को अन्तरलाई पराजित गर्दै फाईनलको यात्रा तय गरेको हो । खेलको औं मिनेटमा विनोद मेमोरियलका रोशन छन्त्यालले डिबक्स भित्रबाट गरेको प्रहार नै गोलमा परिणत भएको थियो । यहि १ मात्र गोल नै मेमोरियललाई फाईनलमा पुग्न निर्णायक बनेको थियो ।… पुरा पढौ

बेगनास कपमा क्वार्टरफाईनलका खेलहरु सम्पन्न

लेखनाथ २० फागुन बेगनास युवा क्लवको आयोजनामा शुक्रबारदेखी शुरु भएको तेश्रो बेगनास कप सेभेन ए साईड फुटवल प्रतियोगितामा क्वार्टरफाईनल चरणका खेलहरु सम्पन्न भएका छन । मंगलबार सम्पन्न ४ खेलबाट जित हासिल गर्दै मिक्की एफ सी, एन के क्लव, मत्स्य व्यवसायी समिति र विनोद मेमोरियलले सेमिफाईनलको यात्रा तय गरेका हुन । मिक्की एफ सी र आयोजक बेगनास युवा क्लव ‘पँहेलो’ विच भएको पहिलो खेलमा मिक्की एफ सी ले बेगनास युवा क्लव ‘पँहेलो’लाई ४–० गोलको फराकिलो अन्तरले पराजीत गरेको छ । यस्तै… पुरा पढौ

तेश्रो बेगनास कपमा शनिबार ६ खेल सम्पन्न

लेखनाथ १७ फागुन । विकास, अनुशासन र गतिशीलता भन्ने नाराका साथ बेगनास युवा क्लवको आयोजनामा शुक्रबारबाट शुरु भएको तेश्रो बेगनास कपमा शनिबार ६ खेल सम्पन्न भएका छन । पहिलो खेलमा न्यू स्टार एफसीले शान्तिदिप युथ क्लवलाई ८ गोलको फराकिलो अन्तरले पराजित गरेको छ । जसमा शान्तिदिपका अन्जन मगरले मात्रै व्यक्तिगत ६ गोल गरेका थिए भने निश्चल जिसी र दिपेन गुरुङले एक एक गोल गरेका थिए । यस्तै दोश्रो खेलमा ब्ल्याक डाईमण्डले सम्सेर एण्ड सनम एफसीलाई २–० को गोल अन्तरले पराजित… पुरा पढौ