
जैमिनी (बागलुङ), मंसिर १४
जैमिनी नगरपालिका–१ कुश्मीसेरामा शनिबार सम्पन्न छैठौँ पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा जनशिक्षित माध्यमिक विद्यालय, अर्जेवाले उपाधि हात पारेको छ।
जनशिक्षित माविले ८ स्वर्ण, ३ रजत र २ कास्य सहित जम्मा १३ पदक जित्दै रनिङ शिल्डको ट्रफी आफ्नो नाममा पारेको हो। प्रतियोगिताको विजेताबारे जानकारी उपप्रमुख हरिहर शर्माले दिएका हुन्।
यसपटक शान्ति माध्यमिक विद्यालय, कुश्मीसेरा दोस्रो स्थानमा रह्यो। शान्ति माविले ७ स्वर्ण, २ रजत र ३ कास्य गरी १२ पदक प्राप्त गर्न सफल भयो।
तेस्रो स्थानमा राङखानी माध्यमिक विद्यालय रह्यो। विद्यालयले १ रजत र ५ कास्य पदक जितेको छ।
गत वर्ष सम्पन्न पाँचौँ राष्ट्रपति रनिङ शिल्ड भने राङखानी माध्यमिक विद्यालयले जितेको थियो।













