जैमिनीमा पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

-


     सुजन आचार्य     
     मंसिर १३ गते २०८२ मा प्रकाशित


बागलुङ , मंसिर १२

जैमिनी नगरपालिका स्तरीय छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ।

जैमिनी नगर कार्यपालिकाको आयोजना, नगर खेलकुद विकास समितिको संयोजन तथा सहारा क्लब कुश्मीसेराको व्यवस्थापनमा प्रतियोगिता सञ्चालन गरिएको हो।

उद्घाटन समारोहमा नगर प्रमुख नरबहादुर पुनले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले खेल प्रतिभा प्रस्फुटनमा महत्वपूर्ण योगदान पुर्‍याउने बताए। उपप्रमुख हरिहर शर्माले खेलकुदले जैमिनीको पर्यटन प्रवर्द्धनमा पनि सहयोग गर्ने उल्लेख गरे।

‘यो विद्यार्थीको प्रतिभा पहिचान, प्रस्फुटन र प्रोत्साहन गर्ने महत्वपूर्ण अवसर हो,’ उपप्रमुख शर्माले भने, ‘यसले खेलकुदसँगै पर्यटनको विकासमा पनि योगदान पुर्‍याउँछ।’

पहिलो दिनका खेल परिणाम

  • ८०० मिटर छात्र दौड
  • स्वर्ण: सन्तोष नेपाली (जनशिक्षित मा.वि)
  • रजत: प्रेम नेपाली (जनता मा.वि, पैयुँ)
  • काश्य: प्रज्वल थापा (जनता मा.वि, सर्कुवा)
  • ८०० मिटर छात्रा दौड
  • स्वर्ण: अस्मीता घर्ति मगर (राङखानी मा.वि)
  • रजत: मुस्कान नेपाली (जनता मा.वि, पैयुँ)
  • काश्य: कविता शर्मा (सर्वोदय जनक मा.वि)
  • १०० मिटर छात्र दौड
  • स्वर्ण: मनिस सुनार (जनप्रिय मा.वि, दमेक)
  • रजत: दिपसन क्षेत्री (शान्ति मा.वि, कुश्मीसेरा)
  • काश्य: सन्देश थापा (हिमालयन आवासीय मा.वि, कुश्मीसेरा)
  • १०० मिटर छात्रा दौड
  • स्वर्ण: नेहा क्षेत्री (सर्वोदय जनक मा.वि, बिनामारे)
  • रजत: शर्मिला खत्री (बिजुवा मा.वि, पैयुँ)
  • काश्य: सलिना शाही (हिमालयन आवासीय मा.वि)

यस दिन छात्रा भलिबल र कबड्डी प्रतियोगिता पनि सुरु गरिएको छ।

सहभागिता
प्रतियोगितामा पालिकाभित्रका १९ वटा माध्यमिक विद्यालयका २०० भन्दा बढी विद्यार्थीले सहभागिता जनाएका छन्।

प्रतियोगिता मंसिर १३ गतेसम्म सञ्चालन हुने खेलकुद प्रशिक्षक मिलन थापाले जानकारी दिए। प्रतियोगिता सुरु हुनु अघि निकालिएको र्‍यालीले कुश्मीसेरा बजार परिक्रमा गरेको थियो। कार्यक्रमको सञ्चालन मिरा ढकालले गरेकी थिइन्।