खेलकुद

जैमिनी महोत्सवको तेस्रो दिन बुधबार भलिबल प्रतियोगिता

बागलुङ माघ १ बागलुङको जैमिनी नगरपालिका–१, कुस्मि सेरामा जारी जैमिनी महोत्सवको तेस्रो दिन बुधबार भलिबल प्रतियोगिता तथा गीत–संगीत कार्यक्रम सम्पन्न भयो। बुधबारको कार्यक्रममा कलाकार राजन कार्की र सुनिता सुनारले प्रस्तुति दिएका थिए। साथै लाइभ दोहोरी पनि आयोजना गरिएको थियो। बिहीबार मूल समारोहको दिनमा चन्द्र ढकालद्वारा माघे संक्रान्ति मेलाको उद्घाटन हुने कार्यक्रम तय भएको छ। त्यस अवसरमा कलाकार रचना रिमाल, तेजेश रेग्मीको मिठो प्रस्तुति, कृष्ण अखेलीको विशेष कार्यक्रम, सोहो डान्स तथा लाइभ दोहोरी समेत हुने साहारा क्लबले जनाएको छ। पुरा पढौ

पोखरा सडक महोत्सवः दौड प्रतियोगिता सम्पन्न

पोखरा।पुस १५ पर्यटकीय राजधानी पोखराको लेकसाइडमा अङ्ग्रेजी नयाँ वर्षको अवसरमा जारी २६ औँ संस्करणको पोखरा सडक महोत्सव अन्तर्गत दौड प्रतियोगिता सोमबार सम्पन्न भएको छ। प्रतियोगितामा पुरुषतर्फ बेञ्जन रेष्टुरेन्टका प्रशान्त रोका प्रथम, चिल्ली बारका अमर परिवार द्वितीय तथा बेञ्जनकै इमन थापाले तृतीय स्थान हासिल गरे। महिलातर्फ डुङ्गा रेष्टुरेन्टकी मोनिका नेपाली प्रथम, मोमोज रेष्टुरेन्टकी रितिका पौडेल द्वितीय तथा बेलिफ रेष्टुरेन्टकी आश्मी क्षेत्री मगर तृतीय भइन्। उनीहरूले नगद क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँसहित प्रमाणपत्र पुरस्कार प्राप्त गरे। हलनचोकदेखि खहरेचोकसम्म… पुरा पढौ

माछापुच्छ्रे कप पोखरा ओपन तथा भेट्रान्स टेनिसमा विभिन्न प्रतिस्पर्धा जारी

पुष १३, पोखरा — कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी २२औँ माछापुच्छ्रे कप पोखरा ओपन तथा भेट्रान्स अन्तर्राष्ट्रिय टेनिस प्रतियोगिता अन्तर्गत आइतबार विभिन्न समूहमा प्रतिस्पर्धा सम्पन्न भएका छन्। आइतबार सम्पन्न मेन्स ओपनतर्फ नेहाल जंगबहादुर थापाले जेयुन किमलाई ६–०, ६–० ले पराजित गरे। त्यसैगरी, राजबीर प्रधानले सोमज श्रेष्ठलाई ६–०, ६–० ले, उगेन शेर्पाले प्रकाश गुरुङलाई ६–०, ६–३ ले, प्रितम परियारले सुरेन्द्र विकलाई ६–३, ६–४ ले, आयुषमान हजुर घलेले सन्दीप विकलाई ६–३, ६–१ ले, दर्शिल श्रेष्ठले आसव सम्राट हाडालाई ७–५,… पुरा पढौ

पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड जनशिक्षित माविलाई, शान्ती मावि दोस्रो

जैमिनी (बागलुङ), मंसिर १४जैमिनी नगरपालिका–१ कुश्मीसेरामा शनिबार सम्पन्न छैठौँ पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा जनशिक्षित माध्यमिक विद्यालय, अर्जेवाले उपाधि हात पारेको छ। जनशिक्षित माविले ८ स्वर्ण, ३ रजत र २ कास्य सहित जम्मा १३ पदक जित्दै रनिङ शिल्डको ट्रफी आफ्नो नाममा पारेको हो। प्रतियोगिताको विजेताबारे जानकारी उपप्रमुख हरिहर शर्माले दिएका हुन्। यसपटक शान्ति माध्यमिक विद्यालय, कुश्मीसेरा दोस्रो स्थानमा रह्यो। शान्ति माविले ७ स्वर्ण, २ रजत र ३ कास्य गरी १२ पदक प्राप्त गर्न सफल भयो। तेस्रो स्थानमा राङखानी माध्यमिक… पुरा पढौ

जैमिनीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

बागलुङ,जैमिनी नगरपालिकामा आयोजित छैठौं नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा सभापति नरबहादुर पुनले सहभागी सबै विद्यालयहरूलाई बधाई ज्ञापन गर्दै भविष्यमा अझ उत्कृष्ट प्रदर्शन गर्न शुभकामना व्यक्त गरे। कार्यक्रमका प्रमुख अतिथि जैमिनी नगरपालिकाका उप–प्रमुख हरिहर शर्मा रहेका थिए। सो अवसरमा जैमिनी–१ का वडाध्यक्ष विष्णु आचार्य, सहारा क्लबका अध्यक्ष सुरेश सुनार, नगर खेलकुद विकास समितिका अध्यक्ष ओंकार थापा, तथा खेलकुद सह–सम्पर्क शिक्षक मिलन थापालगायतको उपस्थितिमा प्रतियोगिता सम्पन्न गरिएको थियो। पदक विजेता विद्यालयहरू छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा:… पुरा पढौ

जैमिनीमा पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

बागलुङ , मंसिर १२ जैमिनी नगरपालिका स्तरीय छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ। जैमिनी नगर कार्यपालिकाको आयोजना, नगर खेलकुद विकास समितिको संयोजन तथा सहारा क्लब कुश्मीसेराको व्यवस्थापनमा प्रतियोगिता सञ्चालन गरिएको हो। उद्घाटन समारोहमा नगर प्रमुख नरबहादुर पुनले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले खेल प्रतिभा प्रस्फुटनमा महत्वपूर्ण योगदान पुर्‍याउने बताए। उपप्रमुख हरिहर शर्माले खेलकुदले जैमिनीको पर्यटन प्रवर्द्धनमा पनि सहयोग गर्ने उल्लेख गरे। ‘यो विद्यार्थीको प्रतिभा पहिचान, प्रस्फुटन र प्रोत्साहन गर्ने महत्वपूर्ण अवसर हो,’ उपप्रमुख शर्माले भने, ‘यसले खेलकुदसँगै पर्यटनको… पुरा पढौ

माओवादीको हस्तक्षेप बिना खेल क्षेत्रको विकास सम्भव नभएको प्रचण्डको दाबी

काठमाडौं, भदौ २० — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलकुद क्षेत्रको समग्र विकासका लागि माओवादी केन्द्र र अखिल नेपाल खेलकुद महासंघको आक्रामक हस्तक्षेप अपरिहार्य रहेको बताएका छन्। अखिल नेपाल खेलकुद महासंघको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष प्रचण्डले पार्टीको सक्रियता बिना खेल क्षेत्रमा क्रान्तिकारी रूपान्तरण सम्भव नहुने स्पष्ट पारे। उनले विगतमा माओवादी नेतृत्वमा खेलकुद मन्त्रालय हुँदा गुणात्मक सुधार भएको उदाहरण प्रस्तुत गर्दै वर्तमान सरकारलाई खेलकुदप्रति उदासीन भएको आरोप लगाए। “राज्यले ध्यान दिने हो… पुरा पढौ

चौथो जैमिनी ब्याडमिन्टन कप हुने

बागलुङ भदौ १९ बागलुङको जैमिनी नगरपालिका–१, कुस्मि सेरामा चौथो जैमिनी ब्याडमिन्टन कप प्रतियोगिता मंसिर १० गते आयोजना हुने भएको छ। प्रतियोगिता जैमिनी ब्याडमिन्टन संघको कभर हलमा हुनेछ। प्रतियोगितामा दुई प्रकारका खेल समावेश गरिएकाे छ । 🏸 प्रतियोगिता विवरण १. धौलागिरी अञ्चलस्तरीय B–लेभल ब्याडमिन्टन दर्ता शुल्क: रु ३,००० पुरस्कारहरू: प्रथम: रु ३०,००० + ट्रफी, मेडल, प्रमाणपत्र दोस्रो: रु २०,००० + ट्रफी, मेडल, प्रमाणपत्र तेस्रो: रु १०,००० + ट्रफी, मेडल, प्रमाणपत्र २. बागलुङ जिल्लास्तरीय Double C–लेभल ब्याडमिन्टन दर्ता शुल्क: रु २,५०० पुरस्कारहरू:… पुरा पढौ

बागलुङमा पुरुष भलिबल प्रतियोगिता: खेलकुदको उत्सव सुरु हुँदै

बागलुङ, भदौ ५ "जनमभूमि बागलुङको समृद्धिको लागि हातेमालो" भन्ने नाराका साथ बागलुङ जिल्ला पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता २०८२ को भव्य तयारी पूरा भएको छ। असोज २९ गतेदेखि कार्तिक १ गतेसम्म बागलुङ बजारमा आयोजना हुने यो प्रतियोगिता खेलप्रेमीहरूका लागि विशेष आकर्षण बन्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोली तथा खेलाडीहरूलाई निम्न पुरस्कारहरू प्रदान गरिनेछ:प्रथम स्थान: रु. २ लाख र (ट्रफी, मेडल र प्रमाण-पत्र)द्वितीय स्थान: रु. १ लाख र (ट्रफी, मेडल र प्रमाण-पत्र)तृतीय स्थान: रु. ५० हजार र (ट्रफी, मेडल… पुरा पढौ

अध्यक्ष प्रचण्डद्वारा दक्षिण एशीयाली शारीरिक सुगठन प्रतियोगिता विजेता खेलाडीलाई बधाई

काठमाडौं, असार १६ – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले भुटानको थिम्पूमा सम्पन्न १५औं दक्षिण एशीयाली शारीरिक सुगठन प्रतियोगितामा पदक जित्न सफल नेपाली खेलाडीहरूलाई बधाई दिएका छन्। गत जुन ११ देखि १५ सम्म आयोजना भएको उक्त प्रतियोगितामा नेपाली टिमको उत्कृष्ट प्रदर्शनप्रति प्रसन्नता व्यक्त गर्दै अध्यक्ष प्रचण्डले विशेष रूपमा महिला एथलेटिक फिजिक समूहमा स्वर्ण पदक विजेता उर्मिला श्रेष्ठको प्रशंसा गरे। “खेल, विशेषतः शारीरिक सुगठनजस्ता विधा राज्यको प्राथमिकतामा नपरेका क्षेत्र हुन्। अब राज्यले यसलाई प्राथमिकतामा राखेर आवश्यक… पुरा पढौ