कास्की ,बुद्ध विशाल बजार व्यापारिक एसोसिएसनको आयोजनामा त्रिलोकेश्वर शिव मन्दिर परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ। धार्मिक तथा पर्यटकीय गन्तव्य त्रिलोकेश्वर शिव मन्दिर परिसरमा बर, पिपल, सिमी, आँप, बेलपत्र, निम, अशोक, डुम्री, गुराँस, अमला, नारेश्वर लगायत विभिन्न फलफूल तथा फूलका बिरुवा रोपिएका थिए। कार्यक्रम एसोसिएसनको आयोजना तथा त्रिलोकेश्वर शिव मन्दिर सेवा समितिको समन्वयमा सम्पन्न भएको हो।कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका–२८ का वडा अध्यक्ष श्रीकृष्ण लामिछानेले बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन सामाजिक कार्यमा सक्रिय रहेको उल्लेख गर्दै, वृक्षारोपणले मन्दिर परिसरको सौन्दर्य…
पुरा पढौ