पर्यटन

चलचित्र ‘जनै हराएको बाहुन’को लाइनअप बलियो हुँदै

काठमाडौं । चलचित्र ‘जनै हराएको बाहुन’को लाइनअप बलियो हुँदै गएको छ । रिलिज डेट लिइसकेको सिनेमाले लाइनअप पनि सार्वजनिक गर्दै आएको छ । निर्माणपक्षले यो चलचित्रको मुख्य अभिनेत्रीमा केकी अधिकारी र मिरुना मगरलाई अनुबन्ध गराएको छ । अभिनेता विजय बराल, गौरव पहाडी र रियर राई यसअघि नै अनुबन्ध भइसकेका छन् । ‘जनै हराएको बाहुन’मा विजय पछि मुख्य भूमिकामा केकी र मिरुना अनुबन्ध भएका हुन् । सिनेमामा विजयसँग जोडीका रूपमा यी दुई अभिनेत्रीमध्ये को हुने भन्नेबारे निर्माणपक्षले खुलासा गरिसकेको छैन ।… पुरा पढौ

भरतपुरमा दाेहाेरीकाे राैनकता आठाै रनिङ  शिल्डकाे  उपाधी प्रतिष्ठान बागलुङलाई

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले आयोजना गरेको ‘आठौं संस्करणको राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिताकाे उपाधि राष्ट्रिय लाेक तथा दाेहाेरी गित प्रतिष्ठान बागलुङले हात पारेकाे छ  । प्रतियाेगितामा देशै भरी बाट कुल ४२  दाेहाेरी प्रतियाेगि समुहहरूकाे सहभागिता रहेकाे थियाे । निकै कडा प्रतिस्पर्धाका साथ राति अबेर सम्म चलिरहेकाे प्रतियाेगितामा प्रतिष्ठान बागलुङ संग लाेक दाेहाेरी गीत प्रतिष्ठान म्याग्दी पराजित बनेकाे थियाे। राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल द्वारा फागुन१७ गते देखी २० गते सम्म ८ औं राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत… पुरा पढौ

बेगनास कपमा क्वार्टरफाईनलका खेलहरु सम्पन्न

लेखनाथ २० फागुन बेगनास युवा क्लवको आयोजनामा शुक्रबारदेखी शुरु भएको तेश्रो बेगनास कप सेभेन ए साईड फुटवल प्रतियोगितामा क्वार्टरफाईनल चरणका खेलहरु सम्पन्न भएका छन । मंगलबार सम्पन्न ४ खेलबाट जित हासिल गर्दै मिक्की एफ सी, एन के क्लव, मत्स्य व्यवसायी समिति र विनोद मेमोरियलले सेमिफाईनलको यात्रा तय गरेका हुन । मिक्की एफ सी र आयोजक बेगनास युवा क्लव ‘पँहेलो’ विच भएको पहिलो खेलमा मिक्की एफ सी ले बेगनास युवा क्लव ‘पँहेलो’लाई ४–० गोलको फराकिलो अन्तरले पराजीत गरेको छ । यस्तै… पुरा पढौ

चलचित्र ‘लाज शरणम्’मा धुर्मुस अर्थात् सिताराम कट्टेल

काठमाडौं । हास्य टेलिसिरियल ‘मेरी बास्सै’लगायत विभिन्न टेलिचलचित्र, छोटा चलचित्र, विज्ञापन र चलचित्रहरूमा फरक-फरक भूमिकामा अभिनय गर्ने बहुप्रतिभाशाली कलाकार हुन्, धुर्मुस अर्थात् सिताराम कट्टेल । हाल    प्रदर्शनरत चलचित्र ‘लाज शरणम्’मा उनले गरेको फरक ढंगको क्यारेक्टरको कारण यतिखेर चर्चामा छन् । उनले यो क्यारेक्टर गर्नका लागि ठूलो सङ्घर्ष, मेहनत र दुःख गरेको प्रष्टै देखिएको छ । जब ‘लाज शरणम्’का लेखक तथा निर्देशक कुमार कट्टेल जिग्री र उनको समूहले स्क्रिप्ट तयार पार्‍यो र सक्किगोनी टिमको तर्फबाट यो चरित्र निर्वाह गर्नका लागि धुर्मुसलाई प्रस्ताव गर्‍यो ।… पुरा पढौ

चलचित्र ‘लाज शरणम्’मा बिदा सकिएपछिको पहिलो ‘अफ डे’मा पनि दर्शकको राम्रो साथ

काठमाडौं । चलचित्र ‘लाज शरणम्’मा बिदा सकिएपछिको पहिलो ‘अफ डे’मा पनि दर्शकको राम्रो साथ पाएको छ । आइतबार दिउँसो २ बजे पछिका शो मा दर्शकको राम्रो अकुपेन्सीसहित यो चलचित्र चल्यो । काठमाडौंको सेन्टरमा रहेका हल र मोफसलमा पनि यो चलचित्रले राम्रो व्यापार गरेको वितरक तथा निर्माणपक्षले जनाएको छ । बिदाका दिनमा पनि राम्रो अकुपेन्सी पाउने सहजै विकेन्डसम्म पुग्न र आउँदो बिदामा पनि शो र दर्शक पाउने संकेत हो । दर्शकको राम्रो साथ पाउँदा निर्माणपक्ष उत्साहित छ । दर्शकको साथ रहेकाले… पुरा पढौ

चलचित्र ‘जनै हराएको बाहुन’ले रिलिज डेट हरितालिका तीजमा

काठमाडौं । चलचित्र ‘जनै हराएको बाहुन’ले रिलिज डेट लिएको छ । आगामी वर्षको हरितालिका तीज अर्थात् भदौ १० गते रिलिज हुने यो चलचित्र नेपाल र नेपाल बाहिर एकै दिन रिलिज हुनेछ । यो चलचित्रमा विजय बराल र मनिष राउत मुख्य भूमिकामा छन् । आमा र छोराबीचको इमोस्नल कथा यो चलचित्रमा छ । चलचित्रको मेन थिम सार्वजनिक गर्दै अघिल्लो महिना ल्याएको मोसन पोस्टरले धेरैको ध्यान खिचेको थियो । यसले आमालाई सुखका दिन छोराले गर्ने संघर्षको कथा भन्ने संकेत गरेको थियो ।… पुरा पढौ

‘वरिष्ठ बलराम’को शुभ मुहूर्त, छायाँकन सुरु

काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को शुभ मुहूर्त गरिएको छ । बुधवार टाइटल टिजर सार्वजनिक गर्दै रिलिज डेट घोषणा गरेको चलचित्रको आज शुभ मुहूर्त गरिएको हो ।निर्माणपक्षले आज काठमाडौंको बुढानीलकण्ठ मन्दिरमा पूजा गर्दै छायाँकन सुरु भएको छ । लक्ष्मी पूजाका दिन कात्तिक ३ गते रिलिज हुने चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गर्नेछन् । दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, गौमाया गुरुङ, पशुपति राईको मुख्य भूमिका रहने चलचित्रमा माओत्से गुरुङ,  प्रदीप चौधरी, रामबाबु रेग्मीलगायतका कलाकारको पनि अभिनय रहनेछ । ‘वरिष्ठ बलराम’ नेपाली फिल्म उद्योगका… पुरा पढौ

चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’का निर्माताले नयाँ चलचित्र ‘अभिमन्यु’ निर्माणको घोषणा

काठमाडौं । सर्वकालीन ब्लकबस्टर चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’का निर्माताले नयाँ चलचित्र ‘अभिमन्यु’ निर्माणको घोषणा गरेका छन् । आइतबार एक थिम पोस्टर सार्वजनिक गर्दै निर्माणपक्षले चलचित्रको प्रदर्शन मिति पनि घोषणा गरेका छन् । यो चलचित्र आगामी साउन २४ गते रिलिज हुनेछ । विश्वभर हिन्दी र नेपाली भाषामा रिलिज हुने यो चलचित्रको थिम पोस्टरले चक्रव्यूह र पैसाबीचको संघर्षलाई प्रस्तुत गर्ने संकेत गरेको छ । पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने पात्रले गरेको संघर्षको कथा सिनेमाले भन्ने अनुमान लगाउन सकिन्छ ।… पुरा पढौ

तेश्रो बेगनास कपमा शनिबार ६ खेल सम्पन्न

लेखनाथ १७ फागुन । विकास, अनुशासन र गतिशीलता भन्ने नाराका साथ बेगनास युवा क्लवको आयोजनामा शुक्रबारबाट शुरु भएको तेश्रो बेगनास कपमा शनिबार ६ खेल सम्पन्न भएका छन । पहिलो खेलमा न्यू स्टार एफसीले शान्तिदिप युथ क्लवलाई ८ गोलको फराकिलो अन्तरले पराजित गरेको छ । जसमा शान्तिदिपका अन्जन मगरले मात्रै व्यक्तिगत ६ गोल गरेका थिए भने निश्चल जिसी र दिपेन गुरुङले एक एक गोल गरेका थिए । यस्तै दोश्रो खेलमा ब्ल्याक डाईमण्डले सम्सेर एण्ड सनम एफसीलाई २–० को गोल अन्तरले पराजित… पुरा पढौ

श्रो बेगनास कप शुरु आयोजक र मत्स्य व्यवसायीको विजयी शुरुवात

लेखनाथ १७ फागुन विकास, अनुशासन र गतिशीलता भन्ने नाराका साथ बेगनास युवा क्लवको आयोजनामा शुक्रबारबाट तेश्रो संस्करणको बेगनास कप सेभेन ए साईड फुटवल प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको शुक्रबार सम्पन्न उद्घाटन खेलमा आयोजक बेगनास युवा क्लव पहेंलो ले विनोद मेमोरियल एकेडेमी लाई ३–२ को गोल अन्तरले हराउँदै विजयी शुरुवात गरेको छ । खेलको ५ मिनेटमै पहिलो गोल गर्दै बेगनासका सुवासमगरले खेललाई अग्रता दिलाएका थिए भने १८ औं मिनेटमा बिनोद मेमोरियलका कुशल नेपालीले गोल फर्काउँदै खेललाई बराबरीमा ल्याएका थिए ।… पुरा पढौ