
काठमाडौं, साउन १९
नेपाली परम्परागत खानाको प्रवर्द्धन र सांस्कृतिक महत्वलाई उजागर गर्ने उद्देश्यले ‘भोजनलिपि स्वाद’ कार्यक्रमको पाँचौ संस्करण साउन १९ गते काठमाडौं देशको संघीय राजधानीकाे प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार भित्र हुने भएको छ ।
राष्ट्रिय काेदाे दिवसकाे अवसर पारेर नयाँ संस्करण गर्न लागेको नेपाली खाना प्रवर्द्धन अभियानले जनाएको छ ।
भाेजन लिपिकाे पाचौं संस्करणमा काेदाे बाट बनेको विभिन्न १० परिकारका स्वाद प्रवर्द्धन गरिएकाे अभियान कर्ताहरूकाे भनाइ छ ।
नेपाली खाना प्रवर्द्धन अभियानकाे आयोजना र सिंहदरबार भित्र रहेको खाना खाजा खुवाउने क्यान्टिनकाे सहकार्यमा विशेष कार्यक्रम गरि पाककलात्मक प्रस्तुति गर्ने परम्परागत नेपाली स्वादलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्य रहेको छ ।
इतिहासमा पहिलोपटक काेदाेकाे बारेमा हेडलाईन देखि पछि सम्म खबर बनाएको नेपाल र नेपालीको पहिचान कृषकको सम्मान हुने गरि आफ्नो फाेरम बाट काम गरिरहेकाे भाेजन लिपि अभियानका अभियन्ता देवी सापकोटाले बताए ।
भोजनलिपि स्वाद’ कार्यक्रम नेपाली परिकारको विविधता र स्वास्थ्यवर्धक पक्षलाई प्रवर्द्धन गर्दै नेपाली कृषि, पर्यटन र सांस्कृतिक सम्पदासँग जोडिएको पहिचानलाई उजागर गर्न आयोजित गरिएको हो। नेपाली खाना मात्र खानाको रूपमा नभई, हाम्रो संस्कार, परम्परा र सम्पदाको अंश हो भन्ने सन्देश दिन यो अभियानले सक्रियता देखाउँदै आएको छ।
















