
काठमाडौंको चन्द्रागिरि नगरपालिका–५ मा निर्माण गरिएको श्रीविश्वविश्रामेश्वर भगवान् शिवको मूर्तिमा प्राणप्रतिष्ठा गरिएको छ। भुजिन्डोलबाट कलशयात्रा निकालेर विश्वकै एकमात्र तीर्थस्थल मातातीर्थको पवित्र जल ल्याई भगवान् शिवको मूर्तिमा अभिषेक गरी प्राणप्रतिष्ठाको विधिवत् शुभारम्भ गरिएको हो।
श्यामलाल श्रेष्ठले व्यक्तिगत झण्डै ४९ लाख लगानीमा एउटै ढुंगाबाट निर्माण गरिएको शिवमूर्तिमा प्राणप्रतिष्ठा सम्पन्न गरी ११ दिनसम्म शिवपुराण कथा वाचन गरिएकाे थियो ।

चन्द्रागिरि नगरपालिकामा यस किसिमको शिवमूर्ति पहिलो पटक स्थापना भएको हो। चन्द्रागिरि आफैँमा ऐतिहासिक तथा धार्मिक क्षेत्र हो, जहाँ मातातीर्थ, चन्दनभर्राटेश्वर महादेव, मच्छेनारायण, इन्द्रदहलगायत प्रसिद्ध स्थलहरू छन्। अब श्रीविश्वविश्रामेश्वर मन्दिर थपिएपछि नगरको धार्मिक र सांस्कृतिक गरिमा अझ उचो हुने विश्वास लिइएको छ।

जुङ्गे खाेलाबाट सिला ल्याएर ललितपुरका मुर्तिकार लाई १०८ शिव लिङ्ग सहितको मुर्ति आफ्नो जग्गामा मन्दिर निर्माण गरेको मन्दिर निर्माण कर्ता श्यामलाल श्रेष्ठले बताए ।
मन्दिर बनाउने रहर श्रीमान् काे भएको कारणले भगवान् शिवकाे मुर्ति स्थापना गरेको अब मन्दिर पनि चाडै पूरा गर्ने
न्हुच्छे माया श्रेष्ठले बताए ।

चन्दन भराटेश्वर महादेव नुहाएर विश्राम गर्ने ठाउँ भएको हुनाले अहिले यहाँ विश्रामेश्वर महादेवकाे मुर्ति स्थापना भएको यसले धार्मिक पर्यटक यश क्षेत्रमा बढ्ने स्थानीय
समाजसेवी पुरूषाेत्तम उदासले बताए ।
नगरपालिकाले मन्दिर संरक्षणमा संलग्न हुने जनाएको छ। तर, यसअघि नगरमा रहेका पुराना मठ–मन्दिरहरूको पर्याप्त प्रचारप्रसार हुन नसक्दा आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न कठिन भइरहेको गुनासो पनि आएको छ।

श्रेष्ठ परिवारले मन्दिर समुदायलाई हस्तान्तरण गर्दै, सामूहिक रूपमा संरक्षण र प्रवर्द्धनमा लाग्ने प्रतिबद्धता पनि जनाएका छन्। चन्द्रागिरि क्षेत्रको ऐतिहासिक, धार्मिक र सांस्कृतिक पहिचानलाई यो मन्दिरले थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।














