काठमाडौं – राजधानी प्रवेश गर्ने मुख्य द्वारको रूपमा परिचित चन्द्रागिरि नगरपालिका क्षेत्रमा लामो समयदेखि सर्वसाधारणका लागि सार्वजनिक शौचालयको अभाव रहेको अवस्थामा अब आधुनिक सुविधा सम्पन्न सार्वजनिक शौचालय बन्ने भएको छ। चन्द्रागिरि नगरपालिका–१५, ढुङ्गाअड्डामा निर्माण भइरहेको अत्याधुनिक सार्वजनिक शौचालयको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। सो शौचालयमा स्नानकक्ष, स्तनपान कक्ष, महिलाका लागि विशेष चेन्जिङ रुम, अपांगमैत्री पहुँचसहित अत्याधुनिक सरसफाइ सुविधा उपलब्ध गराइनेछ। नगर प्रमुख घनश्याम गिरीले, “राजधानी प्रवेश गर्ने मुख्य प्रवेशद्वारमै सर्वसाधारणका लागि आवश्यक आधारभूत सुविधा दिन हामी कटिबद्ध छौँ। यो…
पुरा पढौ