समाचार

काठमाडौ न्युरोडमा फुटपाथ बिस्तार पुन: शुरू

काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रको फुटपाथ विस्तारको काम पुनः अगाडि बढाएको छ । उच्च अदालतले फुटपाथ बिस्तारको बाटो खोलिदिएपछि महानगरपालिकाले बुधबारदेखि पुनः काम सुरु गरेको हो । यसअघि काठमाडौं महानगरपालिकाले न्यूरोडमा फुटपाथ विस्तारका लागि सडकको कालोपत्रे समेत भत्काइसकेको अवस्थामा सडक डिभिजन कार्यालयले हस्तक्षेप गरेर सामान जफत गरिदिएपछि महानगरपालिकाले काटेको कालोपत्रे पनि टालेको थियो । सडक डिभिजन कार्यालयको हस्तक्षेपको विरोधमा महानगरपालिकाले उच्च अदालत पाटनमा रिट निवेदनदिएको थियो । सो रिटमा सुनुवाइ गर्दै उच्च अदालतले शहरी सडक स्थानीय तह मातहतमा रहने… पुरा पढौ

जीवन दाहालको नयाँ भजन ‘सयथरी व्यथा’ सार्वजनिक

लोक गायक तथा सर्जक प्रेमराज अधिकारीको नयाँ भजन ‘सयथरी व्यथा’ सार्वजनिक भएको छ । शिक्षाकर्मीसमेत रहेका अधिकारीले अहिले नेपालीले भोगेका पीडालाई भजन मार्फ़त् उजागर गरेका छन् । नेपालीको पीडालाई आधार बनाएर रचेको यो भजन युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । निकै मीठो स्वर रहेका गायक जीवन दाहाल र कर्णप्रिय स्वरका धनी पूर्णकला बिसीको आवाजमा रहेको यो भजन दर्शक श्रोताले मन पराउनेमा प्रेमराज ढुक्क छन् । प्रेमराज अधिकारी र कमला केसीले भजनमा कोरसमा आवाज दिएका छन् । प्रेमराज अधिकारीको शब्द र… पुरा पढौ

युकेमा रहेका गायक राजन कार्कीकाे तिजगित हर हर महादेव

चर्चित गायक राजन कार्कि यतिबेला सांगितिक कार्यक्रमकाे लागि युकेमा छन ।उनकाे भर्खर मात्रमा बजारमा सार्वजानिक भयकाे तिजगित हर हर महादेबले टिकटिकमै राम्रै स्थान आ‌ेगटन सफल भयकाे छ । महिलाहरुको महानपर्व हरितालिका तीज नजिकिएसँगै तिजका गीत सार्वजनिक हुने क्रम बढेर गएको छ । यसैबीच गायक राजन कार्कि, जीवन दाहाल, कमला सुनार र शान्त बर्देबाकाे स्वर रहेको नयाँ गीत ‘हर हर महादेब’को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । राजन कार्किकाे शब्द संगितमा रहेकाे गितमा तेजस रेग्मी असमिता रनपालकाे दमदार नृत्य रहेकाे छ… पुरा पढौ

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमूना पत्रकार सम्मेलन

कास्की / पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम) मा बिबिए आठौं सेमेस्टरका विद्यार्थीहरुले आइतबार नमूना पत्रकार सम्मेलन अभ्यास कार्यक्रम सम्पन्न गरेका छन् । पोखरा उद्योग वाणिज्य संघको सभाकक्षमा दुईवटा सेक्सनका ७२ जना विद्यार्थीहरुले ६ वटा समूहमा बाँडिएर अभ्यासको प्रस्तुतिकरण गरेका थिए । बिबिए अन्तिम सेमेस्टरमा ‘मिडिया र जनसम्पर्क’ विषय अध्ययनरत विद्यार्थीहरुलाई कार्यक्षेत्रको प्रत्यक्ष अनुभव गराउने सन्दर्भमा यो कार्यक्रम आयोजना गरिएको कलेजका बीबीए कार्यक्रम संयोजक ह१ञरी अधिकारीले बताए । कार्यक्रममा क्याम्पस प्रमुख लिना श्रेष्ठ नेगीले विद्यार्थीहरुले यस्ता कार्यक्रमबाट आफ्नो व्यवसायीक जीवनमा अत्यन्त… पुरा पढौ

समाजवादी माेर्चाकाे बैठक राजधानीमा

काठमाडौ / समाजवादी मोर्चाको बैठक नेकपा एकीकृत समाजवादीको कार्यालयमा शुरु भएको छ । समाजवादीको केन्द्रीय कार्यालयमा आयोजित बैठकमा निवर्तमान प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव विप्लव र नेपाल समाजवादी पार्टीका महेन्द्रराय यादवलगायतको सहभागिता छ । यसअघि उक्त मोर्चाको बैठक गत शनिबार बालुवाटारमा बसेको थियो । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपासहित विप्लव नेतृत्वको नेकपा मिलेर समाजवादी मोर्चा गठन गरिएको थियो । तर उपेन्द्र यादव नेतृत्वको जसपा मोर्चाबाट यसअघि… पुरा पढौ

प्रधानमन्त्री केपी आ‌ेलीकाे फाेटाे बाेकेर राहत माग

काठमाडौ श्रावण १ / राजधानीकाे मुटु काठमाडौं माइतीघर मण्डलामा १८३ दिनदेखि आन्दोलनरत एकजना पीडित महिलाले सरकार बाट राहत पाउन नयाँ तरिका अपनाएका छन् । आफ्नो पुर्व पति जिल्ला न्यायाधीश भुवन गिरीबाट आफू बलात्कृत भएको भन्दै  लामो समयदेखि सडक संघर्ष र आमरण अनशन समेत बस्दै आएकी आरती रावल गिरीलेअदालत बाट न्याय पाएर पनि क्षतिपूर्ति नपाएको भन्दैप्रधानमन्त्री केपी शर्मा आ‌ेली संग राहतको लागि आग्रह गरेकि छिन् ।                               गाउँ गाउँमा आ‌ेली घर घरमा आ‌ेली भन्ने नारा गुन्जिरहेकाे कारणले पनि केही रकम राहत… पुरा पढौ

पेट्रोलमा प्रतिलिटर ४ र डिजेलमा ३ रुपैयाँ मृल्यवृद्धि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य साेमबार राति देखि लागू हुन गरि बढाएको छ । सोमबार बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ बढाउने निर्णय गरेको हो । निगमका अनुसार बढेको मूल्य सोमबार राति १२ बजेदेखि लागू हुने जनाएको छ । मूल्यवृद्धिपछि पेट्रोलको मूल्य चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज वरपर प्रतिलिटर १६८ पुगेको छ । सुर्खेत र दाङ वरपर १७० र काठमाडौं,… पुरा पढौ

प्रधानमन्त्री केपी ओलीद्वारा पदभार ग्रहण

काठमाडौं /नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गर्नुभएको छ । अपराह्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पुगेर उहाँले कार्यभार सम्हाल्नुभएको हो ।  प्रधानमन्त्री ओलीलाई मन्त्रिपरिषद कार्यालयको गेटमा त्यहाँका कर्मचारीहरुले टिका र फूलामाला लगाएर स्वागत गरेका थिए ।  संविधानको धारा ७६ (२) अनुसार हिजो प्रधानमन्त्री नियुक्त हुनुभएका ओलीले आज बिहान राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको थियो । त्यसपछि लगत्तै उहाँ लैनचौरस्थित शहीद स्मारक पुगेर सहिद प्रति श्रद्धा सुमन ब्यक्त गर्नुभएको थियोे । लैनचौरबाट च्यासलस्थित पार्टी… पुरा पढौ

पूर्ण बहादुरकाे सारङ्गीकाे पहिलो चरणको छायांकन 

काठमाडौ / फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को पहिलो चरणको छायांकन सकिएको छ । सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भएको फिल्मको पहिलो चरणको छायांकन ओखलढुङ्गा जिल्लाको रुम्जाटार क्षेत्र आसपासमा ३६ दिन लगाएर पुरा गरिएको हो । गत जेठ २४ गतेबाट छायाकंन सुरु गरेर ३६ दिनमा पहिलो चरणको सेड्युल पुरा गरिएको र फिल्मको बाँकी छायांकन काठमाडौँमा गरिने निर्माण पक्षले जानकारी दिएको छ । दोस्रो सेड्यूलको छायांकन दशपछि सुरु गरिने निर्माता विनोद पौडेलले जानकारी दिए। फिल्मको पहिलो चरणको छायांकन सकिएसँगै उत्साहित रहेको बताउँदै निर्माता… पुरा पढौ

तीन राष्ट्रिय खेलकुदका खेलाडीलाई पुरस्कार प्रदान

कास्की / गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री एवं प्रदेश खेलकुद परिषदका संरक्षक सुरेन्द्रराज पाण्डे ले तीन राष्ट्रिय खेलकुद प्रतियोगिताका बिजेता खेलाडीहरुलाई पुरस्कृत गरेका छन् । प्रदेश खेलकुद परिषद गण्डकीले पोखरामा शनिबार एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई नगदसहित पुरस्कृत एवं सम्मान गरिएको हाे। बागमती प्रदेशस्तरीय राष्ट्रिय प्रतियोगिता, १४औं केन्द्रियस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड र यू–१५ विद्यालयस्तरीय खेलकुद प्रतियोगिताका बिजेता १ सय ७८ जना खेलाडीहरुलाई पुरस्कृत गरिएको थियो । खेलाडीहरुलाई गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री एवं प्रदेश खेलकुद परिषदका संरक्षक सुरेन्द्रराज पाण्डे, गण्डकी प्रदेश सरकारका… पुरा पढौ