
बागलुङ पुस ४
बागलुङ / नेपाल कै प्रसिद्व धार्मिक शक्तिपिठ कालीका भगवती मन्दिर अन्तर्गत कालीका भगवती गुुठी ब्यवस्थापन समिति बागलुङले आफ्नो नियमित कार्यक्रम अन्तर्गत मंसिर महिनाको हिसाबकिताब सार्वजनिक गरेको छ ।
कालीका गुठी ब्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काको अध्यक्षतामा भएको नियमित बैठकले कालीका भगवती मन्दिरमा मंसिर महिनामा कुल आम्दानी २९ लाख १२ हजार ६ सय ९० रूपैयाँ भएकोमा खर्च १४ लाख ३७ हजार ३९ रूपैयाँ भइ १४ लाख ७४ हजार ६ सय ५१ रूपैयाँ बचत भएको आम्दानी खर्चको हिसाबकिताब सार्वजनिक गरेको हाे ।
कालीका गुठीको मंसिर महिनामा कुल आम्दानी २९ लाख
११ हजार ६ सय ९० रूपैयाँ गरेको छ । कालीका भगवती मन्दिरमा भक्तजनहरूले समर्पण गरेको भेटी बाट १७ लाख ८ हजार ६ सय ४० चामल बिक्री बाट ३५ हजार १ सय बाेका बाट १ लाख २ सय ५० रूपैयाँ ,कुखुरा बाट ७ हजार ६ सय रूपैयाँ राँगो बाट २ हजार ,सटर भाडा ३ लाख ९ हजार ५ सय ४० विवाह बाट १० हजार ५ सय पिकनिक बाट १ हजार ,आर्थिक सहयोग ४३ हजार २ सय १० रूपैयाँ ,परेवा बिक्री बाट ६ लाख ५४ हजार ७ सय ५० रूपैयाँ ब्रतबन्ध बाट ९ सय रूपैयाँ ,पण्डित बाट १८ हजार ४ सय आम्दानी भएको कालीका गुठी ब्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए ।
कालीका भगवती मन्दिर ब्यवस्थापन समिति अन्तर्गत
मंसिर महिनामा १४ लाख ३७ हजार ३९ रूपैयाँ खर्च भएको जनाएको छ । कर्मचारीहरूकाे तलवमा ४ लाख ५ सय बिजुलीमा ३५ हजार ९ सय ३०,पूर्वाधार विकासमा ५ लाख २८ हजार ६ सय ९८ रूपैया पुजा खर्च ५५ हजार पाेशाकमा ५३ हजार बिज्ञापन खर्च ६ हजार ,मेसिन तथा उपकरण २८ हजार ,खाध्यान्न र आवासमा ७८ मर्मत संभार
१७ हजार यातायात तथा भ्रमण १ लाख ३ हजार ८ सय
रूपैयाँ खर्च भएको कालीका गुठीका कुमार खड्काले बताए ।
मंसिर महिनामा कुल आम्दानी २९ लाख ११ हजार ६ सय ९० रूपैयाँ भएकोमा खर्च १४ लाख ३७ हजार ३९ रूपैयाँ भइ १४ लाख ७४ हजार ६ सय ५१ रूपैयाँ बचत भएको गुठीले जनाएको छ ।
धार्मिक पर्यटकीय गन्तव्य बागलुङ कालीका भगवती मन्दिरमा आउने धार्मिक पर्यटक भक्तजन बढ्दै गएसंगै मन्दिरको आम्दानी समेत बढ्दै गइरहेको कालीका भगवती गुठी ब्यवस्थापन समितिका काेषाध्यक्ष रमेश खड्काले बताए ।













