सुशिला गाैतमकाे पञ्चेबाजा गुल्मि चन्द्रकाेट सार्वजानिक

-


     हिडन खबर    
     पौष १ गते २०८१ मा प्रकाशित


गुल्मी ।पन्चे बाजा, नेपाली धार्मिक एबम् साँस्कृतिक बाजाको रूपमा प्रयोग हुदै आएको मौलिक संस्कृतिको धरोहर हो । यो बाजा विभिन्न धार्मिक तथा सामाजिक उत्सवको बेलामा बजाउने गरिन्छ विवाह व्रतवन्ध चाडबाड, जात्रा, रोपाईं, पूजा आजामा विशेष गरि लगनकाे महिना पञ्चेबाजाका धुनहरू सुनिने गर्छ ।

यसै क्रममा गुल्मिकी सुशिला गाैतमले आफ्नै गृहजिल्लाकाे चन्द्रकाेटलाई लक्षित गर्दे गुल्मीको चन्द्रकोट सेरोफेरोमा छायाङ्कन गरिएको गुल्मी चन्द्रकोट बोलको गीतको भिडियो सार्वजनिक गरेकि छिन ।

गुल्मीको चन्द्रकोट, शान्तिपुर, टिमुरे डाँडा, डिब्रुङ देवी मन्दिर लगायतका पर्यटकीय सम्भावना बोकेका ठाउँहरूलाई गीतको शब्दले उजागर गरेको छ ।गायक रबिन लामिछाने काे शब्द ईश्वर सिंहकाे संगितमा गायिका सुशीला गौतम र गायक रेशम निर्दोषको आवाज रहेकाे छ भने गीतको भिडियोमा विनोद भण्डारी र सञ्जना गुरुङको अभिनय देख्न सकिन्छ ।

भिडियोलाई भण्डारीले नै निर्देशन गरेका हुन् । दिनेश पराजुलीले छायाङ्कन गरेका छन भने मनोज कार्कीले सम्पादन गरेका छन । म्युजिक भिडियाे सुशिला गाैतम अफिसियल युटुब च्यानलबाट सार्वजानिक भएकाे छ।