
इटहरी : शाशन ब्यक्तिकाे हैन बिधिकाे हुनुपर्छ भन्ने नारासाथ स्थापना भएको नेपाल जेसीजको ५१औँ राष्ट्रिय महाधिवेशन पुस ६, ७ र ८ गते इटहरीमा हुँदैछ । इटहरीमा हुने महाधिवेशनमा पर्यवेक्षक र प्रतिनिधि सहित ५ हजार युवाहरूको जमघट हुने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने नेपाल जेसिज महाधिवेशनमा नेपाल भरिका ७८ वटै शाखाबाट जेसीज प्रतिनिधिहरू सहभागी हुँदैछन् ।
महाधिवेशन निर्देशक दीपक ढकालका अनुसार पूर्वको पर्यटन प्रवर्द्धन गर्नको लागि युवाहरूको एकमुष्ट सहभागिता महत्त्वपूर्ण अवसर बन्ने भएको छ । नजिकका पर्यटकीय क्षेत्रमा ल्याउन र पुर्याउन बसको व्यवस्था मिलाइएको छ ।
महाधिवेशन मार्फत सन् २०२५ का लागि राष्ट्रिय अध्यक्ष सहितका पदाधिकारीहरू चयन हुँदैछन् । इटहरी जेसीजको आतिथ्यमा हुन लागेको महाधिवेशनमा प्रकरण गोष्ठी, शान्ति पदयात्रा, वक्तृत्वकला, पूर्व अध्यक्षहरूको ब्याडमिन्टन प्रतियोगिता र नेपाल जेसीजको वार्षिक साधारणसभा सम्पन्न हुनेछ ।
नेपाल जेसीज २०२५ का लागि राष्ट्रिय कार्यकारी उपाध्यक्ष पदमा बागलुङ जेसीजका जेसी सौरव श्रेष्ठले आफ्नो उमेदवारी घाेषना गरेका छन् ।श्रेष्ठलाई निर्वाचनमा सहयोग र सदभाव सहित मतदानको लागि जेसिस बागलुङ शाखाले आग्रह गरेको छ ।
कोशी प्रदेश सरकारले अभिभावकत्व र इटहरी उपमहानगरपालिकाको संरक्षणमा हुने महाधिवेशनको लागि दुई सय वटा होटेलको व्यवस्थापन गरिएको छ ।











