एक वर्ष पछि शंकर विसि म्युजिक भिडियो निर्देशनमा कमब्याक

-


     हिडन खबर    
     पौष ४ गते २०८१ मा प्रकाशित


काठमाडौ ।नेपाली लोक दोहोरीको बजारमा लामो समय एक क्षत्र राज गरेका सुप्रशिद्ध म्युजिक भिडियो निर्देशक कोरीयोग्राफर नायक तथा डान्सर मोडल शंकर विसि एक वर्ष पछि फेरी लोक दोहोरी म्युजिक भिडियोमा फर्किएकाछन् ।

केहि समय यता अमेरीकामा समेत भिडियो निर्देशन तथा कोरियोग्राफी र डान्स स्कुल चलाईरहेका शंकर एक वर्ष पछि नेपाल बाट काम गरेका हुन ।

यति बेला पानी आउन्न सुन्धारामा बोलको गीत मा उनले निर्देशन तथा कोरियोग्राफी गरेका छन जसमा नायिका प्रीयका कार्की र उदित थापाको नृत्य तथा अभिनय रहेको छ भने शान्तिश्री परियार र उदित थापाको रहेको छ भने शब्द सगीत रमेश परियारको रहेको छ।

निर्देशक विसि पछिल्लो समय सन्चालनमा आएको टेलिभिजन रियालिटि सो मेरो डान्स युनिभर्सका जज समेत हुन ।