
काठमाडौ पुस ५
काठमाडौं ।प्रत्यक्ष दृष्टि बचत तथा ऋण सहकारी संस्था लिमिटेड बालाजु काे १४ आैं बार्षिक साधारणसभा
काठमाडौंमा सम्पन्न भएको छ ।
कार्यक्रममा सहकारीका अध्यक्ष हरिकृष्ण उपाध्यायले
अहिले देशमा केही सहकारीकाे कारणले गर्दा हजारौं सहकारीले अहिले दुख पाइरहेको हुदा यसलाई सबैले चिरेर जानुपर्ने धारणा राखेका थिए ।सहकारीमा करोडौं रकम बचत गर्ने ठाउँ नभएर सानोतिनो छरिएका रकम बचत गर्ने भएको हुदा यसलाई सहकारीले यहीँ भावना अनुसार चल्नु पर्ने अध्यक्ष उपाध्यायले बताए ।
२०६७ साल पाैष २ गते डिभिजन सहकारी कार्यालय काठमाडौंमा दर्ता भै ४८८ जना शेयर सदस्यकाे सहभागीतामा संचालनमा आएको सहकारीले अहिलेसम्म शेयर पुजी २ करोड ५४ लाख ९६ हजार ५ सय
निक्षेप २४ करोड ४७ लाख ८८ हजार ७ सय ४३ रूपैयाँ ४९ पैसा सहकारीले आर्थिक बर्ष २०८०/८१ मा कर्जा २० करोड ४३ लाख ६६ हजार ३ सय ९७ रूपैयाँ ८२ पैसा प्रवाह गरेको सहकारीका अध्यक्ष हरिकृष्ण उपाध्यायले बताए ।सहकारीले एक बर्षकाे अबधिमा ३ करोड १० लाख ५४ हजार ९ सय १९ रूपैयाँ ६७ पैसा गरेको सहकारीले ब्याज खर्च २ करोड ९५ लाख ३९ हजार १ सय ३४ रूपैयाँ २६ पैसा गरेको सहकारीकाे स्थिर सम्पत्ति १५ लाख ३९ हजार २ सय ५५ रूपैयाँ ३ पैसा रहेको सहकारीमा तरलता २३.३० प्रतिशत रहेको साधारणसभामा अध्यक्ष उपाध्यायले बताए ।
साधारणसभामा नागरिक लगानीका पुर्व अध्यक्ष एवम् प्रभु बैंकका आर्थिक सल्लाहकार ऋषिराम गाैतम ,प्रत्यक्ष दृष्टिनेपालका अध्यक्ष श्याम श्रेष्ठ ,कानुनी सल्लाहकार अधिबक्ता गाेपाल सापकोटा ,लेखा सुपरिवेक्षण
समितिका संयाेजक यज्ञमान प्रधान नारी हित बचत संयाेजक शैब्या प्रधान ,शेयर सदस्य डाक्टर स्वयं प्रकाश श्रेष्ठ मनमाेहन श्रेष्ठ ,लगायतका बक्ताहरूले धारणा राखेका थिए ।
सहकारीका अध्यक्ष हरिकृष्ण उपाध्यायको अध्यक्षतामा भएको साधारणसभामा सहकारीका काेषाध्यक्ष कृष्ण कुमार राजभण्डारीकाे स्वागत र सहकारीका सचिव किस्मत जंङ्ग राजभण्डारीकाे संचालनमा सम्पन्न भएको थियो ।
सहकारीले यश बर्ष दुई जना जेष्ठ शेयर सदस्य हरिलाल सिम्खडा र महालक्ष्मी शाक्यलाई साधारणसभामा खाडा प्रमाणपत्र बाट सम्मान गरिएको थियो ।




















