समाचार

तीजभित्र लुकेको परदेशीको आँसु, ‘परदेशीको पीडा’ सार्वजनिक हुँदै

काठमाडौं । तीज नजिकिँदै जाँदा नेपाली सांगीतिक बजारमा नयाँ–नयाँ गीत सार्वजनिक हुने क्रम तीव्र बनेको छ। यही क्रममा तीजको मौलिक भावना र परदेशी जीवनको यथार्थ पीडा समेटिएको नयाँ गीत ‘परदेशीको पीडा’ सार्वजनिक हुने तयारीमा रहेको छ। तीज भन्नासाथ माइतीघर, चेलीबेटी, भेटघाट र उल्लासपूर्ण क्षणहरूको सम्झना आउने गर्छ। तर रोजगारी, अध्ययन तथा अन्य कारणले विदेशिएका नेपालीका लागि तीज परिवार, गाउँघर र मातृभूमिको सम्झनासँगै भावनात्मक पीडा बोकेर आउने पर्व पनि बन्ने गरेको छ। यही यथार्थलाई गीतमार्फत प्रस्तुत गर्ने प्रयास गरिएको छ। गीतले… पुरा पढौ

विशाल क्षेत्रीको ‘आमा तिम्रो दुःख’ सार्वजनिक

जापानमा रहेर नेपाली लोकसंगीतको सिर्जना तथा प्रवर्द्धनमा सक्रिय गायक तथा सर्जक विशाल क्षेत्रीको नयाँ तीज गीत ‘आमा तिम्रो दुःख’ दर्शक–श्रोतामाझ चर्चामा आएको छ। करिब दुई दशकअघिका नेपाली आमाहरूले भोगेका दुःख, संघर्ष, अभाव र त्यागलाई केन्द्रमा राखेर तयार गरिएको गीतले तीजको मौलिक भावनालाई उजागर गरेको छ। गीतले आमाको ममता, समर्पण र जीवनभरको संघर्षलाई भावनात्मक ढंगले प्रस्तुत गरेको छ। सार्वजनिक भएयता गीतका अंश सामाजिक सञ्जालमा व्यापक रूपमा साझा भइरहेका छन्। गीतमा विशाल क्षेत्रीको शब्द तथा संगीत रहेको छ भने अञ्जिता विश्वकर्माले स्वर… पुरा पढौ

बागलुङमा ३०५.३८ क्युफिट अवैध काठसहित ट्र्याक्टर नियन्त्रणमा

बागलुङ, साउन २४ बागलुङको काठेखोला गाउँपालिकामा अवैध रूपमा काठ ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले ट्र्याक्टरसहित काठ नियन्त्रणमा लिएको छ। काठेखोला गाउँपालिका–५, लेखेगौरियास्थित सामुदायिक वनबाट अवैध रूपमा कटान गरी काठ ओसारपसार भइरहेको सूचनाका आधारमा प्रहरीले ट्र्याक्टर नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार साउन २२ गते दिउँसो करिब ३ बजे प्रहरी टोलीले गस्ती गर्ने क्रममा ग १ त ७४६३ नम्बरको ट्र्याक्टरमा लोड गरी ओसारपसार भइरहेको गोल्सल्लाको काठ फेला पारेको थियो। प्रहरीले ट्र्याक्टरमा लोड गरिएको काठसहित अवैध रूपमा कटान गरी राखिएको गोल्सल्लाका… पुरा पढौ

लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपालको प्रथम क्याबिनेट बैठक सम्पन्न

काठमाडौं, साउन २४ विश्वकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय सामाजिक तथा मानवीय सेवा संस्था लायन्स क्लब इन्टरनेशनल अन्तर्गतको डिस्ट्रिक ३२५ के नेपालले लायन वर्ष २०२६–२०२७ को डिस्ट्रिक्ट क्याबिनेट अफिसर्स इन्स्टलेसन तथा प्रथम नियमित डिस्ट्रिक्ट क्याबिनेट बैठक सम्पन्न गरेको छ। काठमाडौंस्थित महेन्द्र पुलिस क्लबमा आयोजित कार्यक्रममा करिब १ हजार २५० जना लायन्स सदस्यको सहभागिता रहेको थियो। कार्यक्रमलाई व्यवस्थित, मर्यादित र प्रभावकारी बनाउन हलको क्षमता तथा व्यवस्थापन पक्षलाई ध्यानमा राखेर पूर्वदर्ता प्रक्रिया समयमै बन्द गरिएको आयोजकले जनाएको छ। बैठकमा डिस्ट्रिक्टको वार्षिक कार्ययोजना, सदस्यता विस्तार,… पुरा पढौ

प्रकाश पराजुलीको ‘म्वाई खाँदै’मा आफ्नै श्रीमती प्रिया अधिकारी, जोडीको अभिनयले थप्यो रोचकता

काठमाडौं । तीज नजिकिँदै जाँदा नेपाली सांगीतिक बजारमा नयाँ–नयाँ तीज गीत सार्वजनिक हुने क्रम बढेको छ। यही क्रममा गायक तथा सर्जक प्रकाश पराजुलीको नयाँ तीज गीत ‘म्वाई खाँदै’ फरक कथावस्तु र प्रस्तुतिका कारण दर्शक–श्रोतामाझ चर्चामा आउन थालेको छ। परम्परागत तीजको रमाइलो र सांगीतिक भावसँगै गीतले समाजमा देखिने एउटा गम्भीर यथार्थलाई समेत उठान गरेको छ। बाहिरबाट सम्पन्न, सुखी र सुविधासम्पन्न देखिने परिवारभित्र एउटी चेलीले भोग्नुपरेको भावनात्मक तथा मनोवैज्ञानिक पीडालाई गीतको कथावस्तुसँग जोडिएको छ। यसले तीज गीतलाई केवल मनोरञ्जन र नाचगानमा सीमित… पुरा पढौ

शहरीकरणबीच पोखरामा निर्माण भयो ‘शीतल चौतारी’, विश्राम र आत्मीय संवादको नयाँ थलो

कास्की, साउन २५ । तीव्र शहरीकरणसँगै गाउँघरका चौतारी, पाटी–पौवा र यात्रुहरूलाई विश्राम दिने सार्वजनिक स्थलहरू हराउँदै गइरहेका बेला गण्डकी प्रदेशको राजधानी पोखरामा परम्परागत संस्कृतिको झल्को दिने ‘शीतल चौतारी’ निर्माण गरिएको छ। पोखरा उद्योग वाणिज्य संघको भवन परिसरमा निर्माण गरिएको ‘शीतल चौतारी’को एक समारोहबीच विधिवत् समुद्घाटन गरिएको हो। व्यवसायी, सेवाग्राही तथा आगन्तुकहरूलाई केही समय विश्राम गर्न, आपसी भेटघाट तथा आत्मीय संवाद गर्न सहज वातावरण उपलब्ध गराउने उद्देश्यले चौतारी निर्माण गरिएको संघले जनाएको छ। आधुनिक शहरमा सार्वजनिक विश्रामस्थलको अभाव बढिरहेका बेला निर्माण… पुरा पढौ

तीजको मौलिक स्वाद बोकेर रिना केसीको नयाँ गीत ‘बारीको अरीमैले’ सार्वजनिक

काठमाडौं । नेपाली लोक तथा तीज गीतको क्षेत्रमा सक्रिय गायिका रिना केसीले यस वर्षको हरितालिका तीजलाई लक्षित गर्दै नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक गरेकी छन्। आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त गीतमा नेपाली मौलिकता, तीजको सांस्कृतिक भावना तथा मायाप्रेमका भावलाई समेटिएको छ। गीतमा युस्कल छिनालको लय, निसा सुनारको शब्द तथा रिना केसीकै स्वर रहेको छ। गीतको भिडियोमा रीना गुरुङको अभिनय देख्न सकिन्छ भने कथा तथा निर्देशन समीर रम्दामले गरेका छन्। तीजको सांस्कृतिक पक्षलाई जीवन्त ढंगले प्रस्तुत गरिएको यस गीतमा… पुरा पढौ

प्रशान्त कौशलको ‘रानीबन’ चाँडै सार्वजनिक हुँदै, पोस्टरले बढायो उत्सुकता

बागलुङ । गायक तथा सर्जक प्रशान्त कौशलको नयाँ गीत ‘रानीबन’को भिडियो चाँडै सार्वजनिक हुने भएको छ। गीतको पोस्टर सार्वजनिक भएसँगै दर्शक तथा संगीतप्रेमीमाझ यसको चर्चा र उत्सुकता बढ्न थालेको छ। प्रशान्त कौशलको शब्द तथा संगीत रहेको गीतमा प्रशान्त कौशल र सिम्रन परियारको स्वर रहेको छ। गीतको भिडियोमा प्रशान्त कौशल, रमेश विश्वकर्मा र सन्ध्या परियारले अभिनय गरेका छन्। गीतको भिडियो बागलुङ जिल्लाको सिगान लामिचौरमा छायांकन गरिएको निर्माण पक्षले जनाएको छ। प्रशान्त कौशलको जन्मथलोसमेत रहेको उक्त स्थानका प्राकृतिक दृश्य, स्थानीय संस्कृति र… पुरा पढौ

तीजको छेकोमा रिना केसीको चाेकचाेकमा केटी’ सार्वजनिक, सांगीतिक रौनक थप्ने अपेक्षा

काठमाडौं । हरितालिका तीज नजिकिँदै जाँदा नेपाली सांगीतिक बजारमा नयाँ–नयाँ तीज गीत सार्वजनिक हुने क्रम तीव्र बनेको छ। यही क्रममा गायिका रिना केसीलाई केन्द्रमा राखेर तयार गरिएको नयाँ तीज गीत ‘चाेकचाेकमा ’ सार्वजनिक गरिएको छ। NBK Creation को प्रस्तुतिमा सार्वजनिक गरिएको गीतले तीजको उल्लास, प्रेम र सम्बन्धका भावनालाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गर्ने प्रयास गरेको छ। सार्वजनिक पोस्टर तथा भिडियो सामग्रीले गीतमा आकर्षक दृश्य संयोजन र कलाकारहरूको जीवन्त प्रस्तुति समेटिएको संकेत गर्छ। कुमार गौतमको निर्देशनमा तयार भएको गीत तीज विशेष कार्यक्रमलाई… पुरा पढौ

हरि गिरी विमर्शी र अञ्जिता विश्वकर्माको स्वरमा नयाँ तीज गीत बजारमा

काठमाडौं । तीज पर्वको माहोलसँगै नयाँ–नयाँ तीज गीत सार्वजनिक हुने क्रम बढिरहेका बेला गायक हरि गिरी विमर्शी र गायिका अञ्जिता विश्वकर्माको स्वरमा रहेको नयाँ गीत ‘लभ गरेर नजाऊ’ सार्वजनिक गरिएको छ। परम्परागत तीज गीतभन्दा फरक शैलीमा तयार पारिएको यस गीतले प्रेम, आकर्षण र सम्बन्धका भावनालाई समेटेको छ। तीजको सांगीतिक वातावरणमा नयाँ स्वाद थप्ने उद्देश्यसहित ल्याइएको गीतका शब्द तथा संगीत हरि गिरी विमर्शीकै रहेका छन्। गीतको भिडियोमा रमेश विश्वकर्मा र अञ्जली अधिकारीको अभिनय रहेको छ। रामजी लामिछानेको निर्देशन तथा कोरियोग्राफीमा तयार… पुरा पढौ