काठमाडौं । मुलुकमा बढ्दो बेरोजगारी, राजनीतिक अस्थिरता, अवसरको अभाव र भविष्यप्रतिको अनिश्चितताका कारण हरेक दिन सयौँ नेपाली युवाहरू आफ्नो घर, परिवार र जन्मभूमि छोडेर विदेशिन बाध्य भइरहेका छन्। कसैले ऋण तिर्न, कसैले परिवारको गुजारा चलाउन, कसैले आफ्ना सपना पूरा गर्न त कसैले सन्तानको उज्ज्वल भविष्यका लागि आफ्नो वर्तमान त्यागिरहेका छन्। यही यथार्थ, पीडा र संघर्षलाई केन्द्रमा राखेर गायक तथा पत्रकार बिक्रम सुनारको नयाँ गीत सार्वजनिक भएको छ। बाध्यतावश देश छोड्नुपरेका लाखौँ नेपालीहरूको मनको आवाज बनेको यस गीतले एयरपोर्टमा परिवारसँग छुट्टिँदाको…
पुरा पढौ