समाचार

जैमिनीमा आमा समूहका पदाधिकारीलाई नेतृत्व विकास तथा भाषणकला तालिम

बागलुङ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीसेरामा आमा समूहका पदाधिकारीलाई भाषणकला, नेतृत्व विकास तथा प्रभावकारी सञ्चार सीपसम्बन्धी तालिम प्रदान गरिएको छ । महिलाको नेतृत्व क्षमता अभिवृद्धि गर्नुका साथै सार्वजनिक रूपमा आफ्ना विचार व्यक्त गर्ने र प्रभावकारी सञ्चार गर्ने सीप विकास गर्ने उद्देश्यले जैमिनी नगरपालिकाले तालिम आयोजना गरेको हो । तालिमको पहिलो दिन बुधबार जैमिनी नगरपालिका–१, २, ४ र ५ का आमा समूहका पदाधिकारी सहभागी भएका थिए । तालिममा नगरपालिकाका उपप्रमुख हरिहर शर्माले भाषणकला, प्रमुख प्रशासकीय अधिकृत… पुरा पढौ

पत्रकारमाथिको धरपकडविरुद्ध पर्वतमा पत्रकार महासंघको धर्ना

पर्वत । पत्रकारमाथि भइरहेको धरपकड, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र सञ्चारगृहलाई त्रसित बनाउने गतिविधिविरुद्ध नेपाल पत्रकार महासंघ पर्वत शाखाले जिल्ला प्रशासन कार्यालयअगाडि धर्ना दिएको छ। महासंघले अघि सारेका माग सम्बोधन तथा प्रेस र अभिव्यक्ति स्वतन्त्रताको संरक्षणका लागि सुरु गरेको आन्दोलनअन्तर्गत शाखाले विरोध प्रदर्शनसहित धर्ना दिएको हो। धर्नामा सहभागी पत्रकारहरूले समाचार लेखेकै आधारमा पत्रकारलाई धरपकड गर्ने, धम्की दिने र सञ्चारमाध्यममाथि दबाब सिर्जना गर्ने कार्य तत्काल रोक्न माग गरेका छन्। उनीहरूले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संविधानप्रदत्त मौलिक अधिकार भएको उल्लेख गर्दै पत्रकारको सुरक्षा,… पुरा पढौ

बागलुङका पत्रकार सडकमा, ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ भन्दै प्रशासनअघि धर्ना

बागलुङ । नेपाल पत्रकार महासंघले अघि सारेका माग सम्बोधन तथा प्रेस र अभिव्यक्ति स्वतन्त्रताको संरक्षणका लागि दबाब दिन बागलुङका पत्रकारले बुधबार जिल्ला प्रशासन कार्यालयअगाडि धर्ना दिएका छन्। नेपाल पत्रकार महासंघ बागलुङ शाखाको आयोजनामा भएको धर्नामा सहभागी पत्रकारहरूले ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ लेखिएको ब्यानर प्रदर्शन गर्दै सरकारको ध्यानाकर्षण गराएका थिए। महासंघले उठाएका मागप्रति सरकारले बेवास्ता गरेको भन्दै पत्रकारहरूले विरोध प्रदर्शन गरेका हुन्। उनीहरूले प्रेस स्वतन्त्रतामाथि हुने कुनै पनि प्रकारको हस्तक्षेप, दबाब र अंकुश स्वीकार्य नहुने बताएका छन्। धर्नामा सहभागी पत्रकारहरूले पत्रकारलाई… पुरा पढौ

पूर्णिमामा सत्यवती मन्दिरमा विशेष पूजा, सत्यवती मेला सम्पन्न

गुल्मी । गुल्मीको कालीगण्डकी गाउँपालिका–७, हिलेस्थित प्रसिद्ध धार्मिक तथा ऐतिहासिक स्थल सत्यवती मन्दिरमा पूर्णिमाको अवसरमा विशेष पूजा–आराधना गरिएको छ। यससँगै सत्यवती मेलाका अवसरमा संघर्ष युवा क्लबले आयोजना गरेका सम्पूर्ण कार्यक्रम पनि औपचारिक रूपमा सम्पन्न भएका छन्। मंगलबार पूर्णिमाको अवसर पारेर मन्दिरमा परम्परागत धार्मिक विधिअनुसार विशेष पूजा गरिएको हो। पूजामा सहभागी भक्तजनहरूले देवी सत्यवतीप्रति श्रद्धा व्यक्त गर्दै विधिपूर्वक पूजाआराधना गरेका थिए। विशेष पूजाका कारण मन्दिर परिसर भक्तिमय बनेको थियो। यसैबीच, सत्यवती मेलाको अवसरमा संघर्ष युवा क्लब, हिलेले विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक… पुरा पढौ

अवैध स्लेट ढुंगा ओसारपसारमा संलग्न दुई ट्रक नियन्त्रणमा

बागलुङ । बागलुङमा अवैध रूपमा स्लेट ढुंगा ओसारपसारमा संलग्न दुईवटा ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार मंगलबार बागलुङ नगरपालिका–१ मालढुंगा सडकखण्डमा नियमित सवारीसाधन जाँच गर्ने क्रममा अवैध रूपमा ठूलो परिमाणमा स्लेट ढुंगा ओसारपसारमा संलग्न दुईवटा ट्रक फेला परेका हुन्। प्रहरीले लु १ ख ८३३८ र रा १ ख ३०४५ नम्बरका ट्रक नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि बागलुङ नगरपालिकाको कार्यालयमा पठाएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक चिरञ्जीवी अधिकारीद्वारा जारी प्रेस विज्ञप्तिमा सवारीसाधन… पुरा पढौ

पाँच वर्ष बित्दा पनि बनेन जैमिनीको प्रशासकीय भवन, पाँचौँ पटक म्याद थप

आठ करोडभन्दा बढीको आयोजना अझै अधुरो, वार्षिक २० लाख रुपैयाँ घरभाडामै खर्च बागलुङ । बागलुङको जैमिनी नगरपालिकाको प्रशासकीय भवन निर्माण सुरु भएको पाँच वर्ष बित्न लाग्दासमेत सम्पन्न हुन सकेको छैन। पटक–पटक म्याद थपिँदै जाँदा पनि भवन निर्माणले पूर्णता नपाएपछि नगरपालिकाको विकास निर्माण व्यवस्थापन, निर्माण व्यवसायीको कार्यक्षमता र अनुगमनको प्रभावकारितामाथि प्रश्न उठ्न थालेको छ। आफ्नै प्रशासकीय भवन नहुँदा नगरपालिकाले वार्षिक करिब २० लाख रुपैयाँ घरभाडामा खर्च गर्दै आएको छ। एकातिर करोडौँ रुपैयाँको भवन निर्माण आयोजना अलपत्रजस्तै अवस्थामा रहनु र अर्कोतिर सेवाप्रवाहका… पुरा पढौ

२२औँ लेखनाथ महोत्सव पुस २ देखि, २ लाख ७० हजार दर्शक भित्र्याउने लक्ष्य

लेखनाथ, मंसिर ७लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा २२औँ लेखनाथ महोत्सव आगामी पुस २ देखि १३ गतेसम्म सञ्चालन हुने भएको छ। ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने नारासहित आयोजना हुने महोत्सवमा २ लाख ७० हजार दर्शक भित्र्याउने र १२ करोड रुपैयाँ बराबरको कारोबार गर्ने लक्ष्य राखिएको छ। सोमबार आयोजित पत्रकार सम्मेलनमा संघकी अध्यक्ष जानुका पराजुली अधिकारीले आर्थिक मन्दीका कारण निजी क्षेत्र निरुत्साहित भइरहेको अवस्थामा स्थानीय उत्पादनको बजारीकरण, व्यापार प्रवर्द्धन र अर्थतन्त्र चलायमान बनाउन महोत्सवलाई निरन्तरता दिइएको बताइन्। महोत्सवमा… पुरा पढौ

बागलुङमा सबैभन्दा बढी आयकर तिर्ने ग्रिन डेभलपमेन्ट बैंक सम्मानित

घलेम्दी हाइड्रो दोस्रो र दि क्लिफ तेस्रो स्थानमा बागलुङ, मंसिर ७बागलुङमा आर्थिक वर्ष २०८१/०८२ मा सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाताका रूपमा ग्रिन डेभलपमेन्ट बैंक लिमिटेड सम्मानित भएको छ। सबैभन्दा बढी आयकर दाखिला गर्ने संस्थाको सूचीमा घलेम्दी हाइड्रो लिमिटेड दोस्रो र पर्वतको दि क्लिफ प्रालि तेस्रो भएका छन्। राष्ट्रिय कर दिवस–२०८३ तथा कर सप्ताहको अवसरमा आन्तरिक राजस्व कार्यालय बागलुङले आयोजना गरेको कर सप्ताह समापन तथा करदाता सम्मान समारोहमा तीनै संस्थालाई सम्मान गरिएको हो। बागलुङमा केन्द्रीय कार्यालय स्थापना गरी वित्तीय कारोबार… पुरा पढौ

पुसदेखि कुश्मा नगरपालिकाको सेवा नयाँ भवनबाट सञ्चालन हुने

पर्वत । पर्वतको कुश्मा नगरपालिकाले आगामी पुस महिनादेखि नवनिर्मित भवनबाट नागरिकलाई सेवा प्रवाह गर्ने तयारी गरेको छ। नगरपालिकाको नयाँ भवन निर्माण कार्य सम्पन्न भएसँगै कार्यालयका सम्पूर्ण प्रशासनिक तथा सेवा प्रवाहसम्बन्धी काम नयाँ भवनबाट सञ्चालन गर्ने तयारी गरिएको हो। नवनिर्मित भवनको उद्घाटन नगरप्रमुख रामचन्द्र जोशीले गर्ने कार्यक्रम तय भएको छ। उद्घाटनसँगै नगरपालिकाका विभिन्न शाखा तथा सेवा नयाँ भवनबाट सञ्चालनमा ल्याइने नगरपालिकाले जनाएको छ। नयाँ भवनबाट सेवा प्रवाह सुरु भएपछि नागरिकलाई प्रशासनिक कामकाजमा सहज हुने अपेक्षा गरिएको छ। व्यवस्थित भौतिक संरचनासहित कार्यालय… पुरा पढौ

हरिबोधनी एकादशी मेला भलिबलको उपाधि गलकोटलाई

जैमिनीलाई ३–१ को सेटमा पराजित गर्दै गलकोट च्याम्पियन बागलुङ, मंसिर ६ । हरिबोधनी एकादशी मेला २०८३ को अवसरमा आयोजित खुला पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि गलकोटले जितेको छ । आइतबार भएको फाइनल खेलमा गलकोट नगरपालिकाको नरेठाँटी भलिबल टोलीले जैमिनी नगरपालिकालाई ३–१ को सेटमा पराजित गर्दै उपाधि हात पारेको हो । पहिलो सेट गुमाएको गलकोटले उत्कृष्ट पुनरागमन गर्दै लगातार तीन सेट जितेर च्याम्पियन बन्न सफल भयो । पहिलो सेट जैमिनीले २६–२४ ले आफ्नो पक्षमा पारेको थियो । तर दोस्रो सेटमा गलकोटले… पुरा पढौ