समाचार

बागलुङ नगर खानेपानीकाे अध्यक्षमा केवी राना बिजय

बागलुङ नगर खानेपानी तथा सरसफाइ समितिकाे नयाँ नेतृत्वको लागि शनिबार भएको मतदानमा ४३४ मत प्राप्त गरि केवी राना मगर बिजय भएका छन् ।निकटतम प्रतिद्वन्द्वी जयराम भारीले ४०८ मत प्राप्त गरेका छन् भने अर्को उमेदवार भुपेन्द्र खड्काले ८५ र सुवास आचार्यले १ मत प्राप्त गरेका छन् । यस्तै उपाध्यक्षमा हरिबहादुर जिसीले ४४७ मत प्राप्त गरि बिजय बनेका छन् भने निकटतम प्रतिद्वन्दी रतन प्रसाद मलेपततीले ४४३ मत प्राप्त गरेका छन् । यस्तै सचिवमा जीवन आचार्यले ४७४ मत प्राप्त गरेर बिजय बनेका छन्… पुरा पढौ

बागलुङ नगर खानेपानीकाे मतगणना शुरू

बागलुङ नगर खानेपानी तथा सरसफाइ समितिकाे नयाँ नेतृत्वको लागि शनिबार भएको मतदानको सबै प्रक्रिया पुरा गरि मतगणनाकाे काम शुरू भएको छ । बागलुङ उद्योग बाणिज्य संघको सभाहलमा मतगणना कार्य अगाडि बढेको निर्वाचन अधिकारी चित्रांङ्गत बरालले बताए ।१५२८ जना मतदाता रहेको खानेपानी समितिमा ९८५ जनाले मतदान गरेका थिए ।नयाँ नेतृत्वको लागि केवी राना मगर ,जयराम भारी र भुपेन्द्र खड्का चुनावी प्रतिस्पर्धामा रहेका छन् । पुरा पढौ

बागलुङ नगर खानेपानीमा ६५ प्रतिशत मतदान ९८५ मतदान

बागलुङ / बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता समिति बागलुङको नयाँ नेतृत्वको लागि शनिबारबिद्यामन्दिर माध्यमिक बिद्यालय बागलुङको प्राङ्गण भित्र भएको मतदानमा ६५ प्रतिशत मतदाताले मतदान गरेका छन । शनिबार बिहान ८ बजेदेखि ४ बजेसम्म भएको मतदानमा १५२८ मतदाता रहेकोमा जम्मा ९८५ जना मतदाताले आफ्नो मत जाहेर गरेकाे निर्वाचन अधिकारी चित्रांङ्गत बरालले बताए । ४ हजार भन्दा बढी खानेपानी उपभोक्ता भएको समितिमाआजीवन र साधारण गरि जम्मा १५२८ जना मतदान गर्न पाउने सदस्य रहेका थिए ।४ हजार उपभोक्ता रहेको समितिमा ९८५ मत… पुरा पढौ

काठमाडौं। काठमाडौंको चन्द्रागिरिमा कार दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। चित्लाङ–चन्द्रागिरि सडकखण्ड अन्तर्गत चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ सेते पहरेमा कार दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ ।

चित्लाङ प्रहरी चौकीका सई विकास कार्कीका अनुसार प्रदेश नम्बर ३–०१–०२३ च ६९८५ नम्बरको कार दुर्घटना हुँदा चार जनाको घटनास्थलमा नै मृत्यु भएको हो । घटनामा मृत्यु हुनेहरूको सनाखत भैसकेको छैन। थानकोट प्रहरी र चित्लाङ प्रहरीले घटनास्थल पुगेर अनुसन्धान गर्दै छ । अबको केहीबेरमै पुरा विवरण आउने कार्कीले जानकारी दिनुभयो । पुरा पढौ

जीप दुर्घटनामा २ जनाको मृत्यु ९ जना घाइते

बागलुङको ढाेरपाटन नगरपालिका–५ प्याङ्खोलामा शनिबार दिउँसो जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ९ जना घाईते भएका छन् । बागलुङको बुर्तिबाङ बजारदेखि ढोरपाटन जाँदै गरेको ध १ ज १९ नम्बरको जीप दुर्घटना हुँदा चन्द्रगिरी नगरपालिकादेखि घुम्न आएकी एक यात्रु र सवारी चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक दिपक बाबु केसीले बताए । मृत्तक चन्द्रगिरी नगरपालिका–५ की २८ वर्षीया संगिता अधिकारी गैरे र सवारी चालक ढोरपाटन नगरपालिका–४ खुङ्गाका २७ वर्षीय तिलक घर्ती रहेको प्रहरीले जनाएको… पुरा पढौ

बागलुङ नगर खानेपानीमा नयाँ नेतृत्वको लागि मतदान

बागलुङ / बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता समिति बागलुङको नयाँ नेतृत्वको लागि शनिबारबिद्यामन्दिर माध्यमिक बिद्यालय बागलुङको प्राङ्गण भित्र धमाधम मतदान भइरहेको छ । खानेपानी समितिमा नेतृत्व हात पार्न खानेपानी समितिका पुर्व अध्यक्ष केवी राना मगर र वर्तमान संयाेजक जयराम भारी चुनावी मैदान प्रतिस्पर्धा गरिरहेका छन् ।यस्तै वर्तमान नेतृत्वको लागि भुपेन्द्र खड्का एक्लै चुनावी मैदान उत्रिएका छन् । बिहान ८ बजेदेखि खानेपानीका सदस्यहरू लाइनमा बसेरमतदान गरिरहेकाे निर्वाचन अधिकारी चित्रांङ्गत बरालले बताए । ४ हजार भन्दा बढी खानेपानी उपभोक्ता रहेको समितिमा१५२८… पुरा पढौ

राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण

सुजन आचार्य काठमाण्डाै - राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्नुभएको छ । उहाँले सिंहदरबार मूल गेट अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पणसहित पुष्पगुच्छा अर्पण गर्नुभएको हो ।नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता शाहको ३०२ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राष्ट्रपति पौडेल बिहान सिंहदरबार पश्चिम गेट पुगेर माल्यार्पण एवं पुष्पगुच्छा अर्पण गर्नुभएको थियोे । आज पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सरकारले सार्वजनिक बिदा दिएको छ । यसैगरी राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०२ आ‌ैं… पुरा पढौ

बागलुङ नगरपालिका भित्र भुसीया कुकुरको आतंक६ महिनाकाे बिचमा  ३ सय जना भन्दा बढि कुकुर टाेकाइमा परे

बागलुङ जिल्ला सदरमुकाममा छाडा कुकुरको समस्याका विषयमा नागरिकबाट निरन्तर आउन थालेपछि बागलुङ  नगरपालिकाले कुकुर होस्टेलको अवधारण ल्याएकाे ६ महिना बितिसक्दा समेत काम प्रक्रिया अगाडि बढ्न नसक्दा ६ महिनाको बिचमा छाडा कुकुरको टाेकाइ बाट३ सय भन्दा बढी नागरिक घाइते भइसकेका छन् ।नगरपालिकाले कुकुर राख्ने ठाउँ खाेज्नमै ब्यस्त हुदा आम नागरिक छाडा भतुवा कुकुरको शिकार बनिरहेका छन् । बागलुङका स्थानीय तहले पृथक नीति तथा कार्यक्रम ल्याएकाे प्रचारप्रसार गरेपनि त्यो कुरा कागजमा सिमितहुन पुगेका छन् ।बागलुङ नगरपालिकाले छाडा कुकुर नियन्त्रण गर्न कुकुर होस्टेल… पुरा पढौ

प्रचुर सम्भावनाको क्षेत्रमध्ये खेलकुद पनि एक होः प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा सम्भावनाका धेरै क्षेत्रहरू भएको र त्यसमा पनि खेलकुद प्रचर सम्भावना बोकेको क्षेत्र भएको बताउनुभएको छ। शुक्रबार काठमाडौंमा आयोजित नेपाल वादोरियो कराते डो संघद्वारा आयोजित ‘‘चौंथो राष्ट्रिय वादोरियो खुला कराते प्रतियोगिता २०८०’’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताउनुभएको हो। सम्बोधनका क्रममा प्रधानमन्त्रीले भर्खरै सम्पन्न दक्षिण एसियाली कराते च्याम्पियनसिप, बंगलादेशमा सम्पन्न पाँचौं दक्षिण एसियाली कराते च्याम्पियनसिप, १९औँ संस्करणको एसियन खेलकुद प्रतियोगिता (एसियाड) लगायत विभिन्न राष्ट्रिय एवं अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपाली खेलाडीहरूले राम्रो नतिजा… पुरा पढौ

नायिका आना शर्माले नायक प्रदीप खड्काको मुख्य भूमिका रहेको फिल्म ‘एक्टर’मा फाइनल भएकी छन् । निर्माणपक्ष र आनाबीच फिल्मका लागि कागजी संझौता भएको हो ।

आनाले ‘एक्टर’साइन गरेसँगै प्रदीप र आना को जोडी पहिलो पटक दर्शक माझ आउने पक्का भएको हो । यी दुइको जोडीलाई लिएर दर्शकमा पनि उत्साह थपिने निश्चित छ । राजन भुसालको निर्देशनमा तयार हुन लागेको यो फिल्ममा थमन कुमार भण्डारीको लगानी छ । अदृत फिल्मसको प्रस्तुतिमा निर्माण हुन लागेको यो फिल्मको सह–निर्मातामा एनिस भुसाल छन् । यो फिल्मको छायांकन केही महिनामा नै सुरु हुनेछ । फिल्मलाई सन् २०२५ मा रिलिज गर्ने तयारीमा निर्माणपक्ष छ । यो फिल्ममा नरेन्द्र मैनालीको छायांकन रहनेछ… पुरा पढौ