
बागलुङ / स्वास्थ्य कार्यालय बागलुङको आयोजनामा स्वास्थ्यकर्मीहरुका लागि हात्तीपाइले राेग निवारण अन्तरगत स्वयं हेरचाह (Self Care) सम्वन्धि १ दिने अभिमुखिकरण कार्यक्रम दुई वटा समुहमा सम्पन्न भएकाे छ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अमर बहादुर थापा, स्वास्थ्य कार्यालय प्रमुख वावुराम आचार्य लगायतको आथित्यतामा सम्पन्न भएको थियो। कार्यक्रम सन्चालन स्वास्थ्य कार्यालय बागलुङका तथ्याङ्क अधिकृत घनश्याम सापकाेटाले गर्नु भएको थियो भने धाैलागिरी अस्पतालका कन्सल्टेन्ट डा.हरु शंकर राज लामिछाने, समीर लामिछाने, स्वास्थ्य कार्यालय बागलुङकी जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्मा, फेयरमेड बागलुङका राजेन्द्र रुचाल, गणेश बरुवाल र नारायणस्थान स्वास्थ्य चाैकिका ऋषिराम शर्माद्वारा कार्यक्रमको सहजिकरण गर्नुभएको थियो ।
कार्यक्रममा बागलुङ जिल्ला भित्रका २६ वटा स्वास्थ्य संस्थाका ४५ जना स्वास्थ्यकर्मीहरुकाे सहभागिता रहेकाे छ ।बागलुङ जिल्लामा हात्तीपाइले राेग निवारण गर्न १४ आैं पटक आैषधी खुवाउने कार्यक्रम सम्पन्न भएपछि बागलुङ जिल्ला पहिलो ट्रास्कमा सफल भएको अब दाेस्राे र तेस्रो ट्रास्क बाकी रहेको स्वास्थ कार्यालय बागलुङले जनाएको छ ।
अहिले स्वास्थ्यकर्मी लाई हात्तीपाइले राेगका लक्षण भएका बिरामीलाइ के कसरी उपचार गर्ने भन्ने बारे तालिम दिने काम सम्पन्न भएको छ ।













