राेटरी क्लब बाट आगलागी पीडितलाई सहयोग प्रदान

-


     हिडन खबर    
     वैशाख २२ गते २०८१ मा प्रकाशित


बागलुङ / सामाजिक सेवाको क्षेत्रमा काम गर्दै आएको अन्तर्राष्ट्रिय संस्था राेटरि क्लबले बागलुङ नगरपालिका वडा नम्बर १२ अमलाचौरमा आगलागीबाट पीडित परिवारलाई सहयोग गरेको छ ।

आगलागी बाट घर जलेका यदुनाथ पाध्या र ददिराम पाध्याको परिवारलाई रोटरि क्लब अफ बागलुङले ४० हजार आर्थिक सहयोग गरेको हाे ।

रोटरि क्लब अफ पोखरा फिस्टेल बाट ग्लोबल ग्राण्ड अन्तर्गत बिधुतिय चुल्हो , प्रदुषण मुक्त भान्छा भन्ने प्रोजेक्ट अन्तर्गत दुई परिवार लाइ इलोक्टोनिक चुल्हो सहित त्यस लाग्ने कुकर सहित किचन सामाग्रीहरु २० हजार बराबर को आर्थिक सहयोग गरिएकाे राेटरि क्लव अफ बागलुङका अध्यक्ष दिपेन्द्र घिमिरेले बताउनुभयो । पाध्याको घरमै पुगेर क्लब अध्यक्ष लगाएतको टोलिले सहयोग हस्तान्त्रण गरेकाे थियोे ।

बागलुङ नगरपालिका १४ अमलाचाैरमा केही दिनअघि आगलागी हुदा स्थानीय पाध्यायकाे घर जलेर नष्ट भएको थियो ।