
काठमाडौ ,बैशाख २२ /रगतको अभाव हुन नदिने उदेश्यले नेपाल रेडक्रस साेसाइटी केन्द्रीय रक्तसञ्चार सेवा काठमाडौकाे अभियान लाई सामाजिक संघसंस्थाले साथ दिएपछि रक्तदान गर्नेहरूकाे संख्या बढेर गएको छ ।
सामाजिक संघसंस्थाले रक्तदान कार्यक्रम आयोजना गरि रगत संकलन गर्ने अभियान चलिरहेको छ । कुनै बिरामीको रगत अभावका कारण मृत्यु हुन नपराेस भन्ने उदेश्यले सामाजिक संघसंस्थाले आयोजना गर्ने रक्तदान कार्यक्रमले धेरैलाई राहत मिल्दै आएको छ ।
पछिल्लो समय स्थापना भएका सामाजिक संघसंस्थाहरू नेपाल रेडक्रस साेसाइटी रक्तसञ्चार केन्द्रलाइ सहयोग गरि
रक्तदान गर्ने गराउने अभियानमा सक्रियता बढाउन थालेपछि तत्काल रगत चाहिने बिरामीलाई उपचारमा सहज भएको छ ।
डेढ बर्ष अघि काठमाडौ चन्द्रागिरि नगरपालिका काम गर्ने उदेश्यसाथ गठन भएको ईटाखेल सराेकार समाजले रगत अभावकाे कारण बिरामीको मृत्यु हुन नपराेस भनि रक्तदान कार्यक्रम गत बर्ष देखि शुरू गरेको ईटाखेल सराेकार समाजका अध्यक्ष कपिन्द्र महतले बताए ।
नेपाल रेडक्रस साेसाइटीले रगतको अभाव हुन नदिन रक्तसञ्चार केन्द्रले बिभिन्न ठाउँमा विभिन्न सामाजिक संघसंस्था संग समन्वय गरेर मानवीय सेवाको क्षेत्रमा काम गर्दै आएको एकजना ब्यक्तिले गरेको रक्तदानले अर्को ब्यक्तिकाे ज्यान बच्ने हुदा जनचेतना जगाउन जरुरी भएको नेपाल रेडक्रस साेसाइटी रक्तसञ्चार केन्द्रका रचना पाैडेलले बताए ।
हामीले गरेको रगत दान बाट असाहय अशक्त बिरामीले नयाँ जीवन पाउने भएको कारणले रक्तदान गर्न जरुरी भएको आफुले अहिलेसम्म ५१ पटक रक्तदान गरिसकेको यस्तो कार्यक्रम धेरै ठाउँमा गर्न जरुरी भएको प्रभात माध्यमिक बिद्यालयका प्रधानाध्यापक फणीन्द्र रूपाखेतीले बताए ।
जिल्लामा लायन्स क्लब जेसिज राेटरी लगायतका सामाजिक संघसंस्थाहरूले बेलाबेलामा रक्तदान कार्यक्रम गरेर रगत अभाव हुन नदिने काम भइरहेको रक्तसञ्चार केन्द्रले जनाएको छ ।
राजधानीमा हुने रक्तदान कार्यक्रमले अस्पतालमा उपचार गर्न आउने बिरामी लाई आवश्यक पर्ने रगत अस्पतालमा डाइलासेस गर्नुपर्ने बिरामी लाई चाहिने रगत यस्तै सामाजिक संघसंस्थाले गरेको रक्तदान बाट सहज हुदै आएको देखिन्छ ।
ईटाखेल सराेकार समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा सामाजिक संस्थाका ब्यक्ति बिद्यार्थी स्थानीय बासि लगायत ५१ जनाले रक्तदान गरेका थिए ।स्वतस्फूर्त रूपमा रक्तदान गर्ने रक्तदाता लाई प्रसंसा पत्र समेत प्रदान गर्न थालेपछि जिल्ला रक्तदान गर्नेहरू बढ्दै जान थालेका छन् ।
राजधानी लगायतका शहरी क्षेत्रमा अस्पतालमा उपचारको लागि आउने बिरामीलाई रगतको अभाव हुदै आएकोमा अहिले हरेक दिन जस्तो हुने रक्तदान कार्यक्रम बाट बिरामी लाइ रगतकाे समस्या धेरै हदसम्म हटेर गएको छ ।












