चर्चित गायिका एलिना चाैहान अस्ट्रेलिया प्रस्थान

-


     हिडन खबर    
     वैशाख २२ गते २०८१ मा प्रकाशित


काठमाडौँ । गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकाे तिन सातापछि श्रीमान विष्णु सापकोटासँग आज अस्ट्रेलिया प्रस्थान गर्नु भएको छ ।

बागलुङ नगरपालिका हाल अस्ट्रेलिया बस्दै आएका युवा ब्यवसायी बिष्णु सापकोटा संग विवाह बन्धनमा बाधिनु भएका चर्चित गायीका एलिना आज विहान त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल बाट अस्ट्रेलिया तर्फ जानु भएको
पारिवारिक स्राेतले जनाएको छ ।

धाेकेबाज हाै भन्ने गित गाएर चर्चामा आएका गायिका चाैहान सापकोटा संग प्रेम भएपछि बैशाखकाे पहिलो साता
धुमधामका साथ विवाह भएको थियोे ।

बिवाहा लगत्तै गायिका चाैहान नेपाल कै प्रसिद्धि धार्मिक एवं पर्यटकीय केन्द्र मुस्ताङ मुक्तिनाथ घुमघाम गर्नु भएको थियो ।

अस्ट्रेलिया मै ब्यवसाय गरेर बस्नु भएका श्रीमान सापकोटा संगै अस्ट्रेलिया जानु भएपनि छिट्टै नेपाल फर्किएर आफ्नो कलाकारिताकाे यात्रामा लाग्ने योजना बनाउनु भएको छ ।