बागलुङको १४ नम्बर वडा पूर्ण खाेप सुनिश्चित वडा घाेषणा

-


     हिडन खबर    
     वैशाख २२ गते २०८१ मा प्रकाशित


बागलुङ /स्वास्थ्य चौकी बाट अनलाइन डिजिटल खोप कार्ड शुभारम्भ गरि १४ वटा वडा रहेको बागलुङ नगरपालिकाकाे १४ नम्बर वडा नारायणस्थान पूर्ण खोप सुनिश्चित भएको वडा घोषणा गरिएको छ।

स्वास्थ्य चौकी बाट अनलाइन डिजिटल खोप कार्ड शुभारम्भ गरिएको छ।वडाध्यक्ष चक्रबहादुर खत्री अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि बाग्लुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले वडा स्तरीय प्रोफाइल अन्तर्गत स्वास्थ्य प्रोफाइल बाट अनलाइन डिजिटल खोप कार्ड प्रिन्ट गरेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो।

१६ महिनादेखि ५९ महिनासम्मका ३२ जना बच्चाहरूले
समयमै लगाउनुपर्ने सबै खालको खाेप लगाएको तथ्यांक पछि वडा नम्बर १४ लाई पूर्ण खाेप सुनिश्चित भएको वडा घाेषणा गरिएको बागलुङ नगरपालिका नगर स्वास्थ्य प्रमुख रामप्रसाद खनालले बताउनुभयाे ।

विशिष्ट अतिथि स्वास्थ्य कार्यालय बाग्लुङका प्रमुख बाबुराम आचार्य, स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका तथ्याङ्क अधिकृत दिवाकर शर्मा, अतिथि स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनाल, अतिथि स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर राजु खत्री र भर्चुअल टेक्नोलोजी प्रालीका निर्देशक सविन शर्माको उपस्थिति रहेको थियो।

बागलुङ नगरपालिकाका केही वडा यसअघि पूर्ण खाेप सुनिश्चित वडा घाेषणा गरिसकेको छ ।यसै बर्ष बागलुङ नगरपालिकालाई नै पूर्ण खाेप सुनिश्चित नगर घाेषणा गर्ने तयारी गरिरहेकाे छ ।