समाचार

ट्याक्सी दुर्घटनाका मृतकको सनाखत

काठमाडौंबाट गोरखातर्फ गइरहेको ट्याक्सी त्रिशूलीमा नदीमा खस्दा मृत्यु भएका ५ जनाको परिचय खुलेको छ । दुर्घटनापछि एक जना अझैसम्म बेपत्ता छन् । प्रहरीका अनुसार ट्याक्सी चालक गोर्खा नगरपालिका–७ का ३५ वर्षीय अर्जुन सिर्मल, सोही ठाउँका ४१ वर्षीया हरिमाया रोकाय, ७० वर्षीया जुनकिरी रोकाय, २८ वर्षीया अञ्जना रोकाय, नौ वर्षीय बालक आगमन नगरकोटीको मृत्यु भएको छ । अठार वर्षीय दिवस रोकाय बेपत्ता छन् ।  चितवन जिल्ला प्रहरी कार्यालयका प्रमुख भावेश रिमालका अनुसार पारिवारिक कार्यक्रम सकेर काठमाडौंबाट तीन वटा गाडीमा फर्किदै गर्दा दुर्घटना भएको… पुरा पढौ

त्रिशूली नदिमा ट्याक्सी दुर्घटना, ५ जनाको मृत्यु

काठमाडौं । काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी त्रिशूली नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ । चितवनको इच्छाकामना-५ पृथ्वी राजमार्गस्थित सिमलधाराबाट बा२ज ४१९६ नम्बरको ट्याक्सी त्रिशूली नदीमा खसेको हो । आज बिहान इच्छाकामना गाउँपालिकाको मुग्लिन बजारबाट एक किलोमिटर कुरिनटारतर्फको सडकबाट ट्याक्सी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी श्रीराम भण्डारीले जानकारी दिनुभयो ।ट्याक्सीमा रहेका पाँचै जनालाई नदीबाट  मृत अवस्थामा निकालिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । मृत्यु हुनेमा एक बालिका, २ जना महिला र २ पुरुष रहेका छन्… पुरा पढौ

नेकपा एमाले बागलुङकाे १० औं जिल्ला अधिवेशन चैत २९ र ३०

बागलुङ ।नेकपा एमाले बागलुङले १० औं जिल्ला अधिवेशन चैत २९ र ३० गते सदरमुकाम बागलुङ बजारमामा गर्ने भएको छ । अधिवेशनको नेकपा एमालेका अध्यक्ष केपी शर्मा आ‌ेलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ।अधिवेशनबारे जानाकारी दिन शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि जिल्ला अधिबेशनको तयारीलाई तिब्रता दिएको जनाएको छ । अधिवेशनमा ६३७ प्रतिनिधि सहभागी हुने भएका छन् । नेकपा एमाले बागलुङको सचिवालय बैठकले पार्टी अधिवेशनका लागि जिम्मेवार फाडफाँड समेत गरेको पत्रकार सम्मेलनमा जनाइएको छ।अधिवेशनपूर्व एमाले कार्यकर्ता र शुभेच्छुकहरुलाई तयार गर्न पार्टी नेताहरु वडादेखि… पुरा पढौ

प्रभु बैंक बडिगाड शाखाद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

बागलुङ /प्रभु बैंकद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरिएको छ । बैंकले शुक्रबार बडिगाड गाउँपालिकाको समन्वयमा बैंकको बडिगाड शाखाको आयोजना उक्त कार्यक्रम सम्पन्न गरिएको हो । बडिगाड गाउँपालिका भित्रका सामुदायिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक र उपभोक्ता समितिका पदाधिकारीहरुमा वित्तीय साक्षरताको ज्ञान सञ्चार गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको बैंकले जनाएको छ । कार्यक्रममा लक्षित समुहका करिब १२० जनाको सहभागी रहेको थियो । बडिगाड गाउँपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा प्रभु बैंक बडिगाड शाखाका शाखा प्रमुख शिव केसीद्वारा डिजिटल बैंकिङका फाइदा एवं जोखिम,… पुरा पढौ

प्रदेश र स्थानीय तहमा कर्मचारी व्यवस्थापन हुन्छ : प्रधानमन्त्री

काठमाडौँ, १६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव हुने समस्यालाई समाधान गरिने बताउनुभएको छ । राष्ट्रिय सरोकार तथा समन्वय समितिको प्रतिवेदनमाथि राष्ट्रियसभाका सदस्यहरूले उठाउनुभएका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले प्रदेश तथा स्थानीय तहलाई आवश्यक पर्ने कर्मचारी सधैँ अभाव हुने र कर्मचारीको सरुवा प्रणाली व्यवस्थित नहुँदा काम कारवाहीमा बाधा परिरहेको विषय समाधान गरिने बताउनुभयो । “कार्यविस्तृतिकरणको प्रतिवेदन तयार भएपछि तहगत अन्तरसम्बन्ध, अधिकार क्षेत्रको बाँडफाँट तथा अन्तर तह समन्वयका बारेमा यहाँ छलफलमा उठेका विषयहरू, कार्यसम्पादनमा देखिएका… पुरा पढौ

प्रेस सेन्टर नेपाल बागलुङद्वारा स्वर्गिय पत्रकार बिक्रमकाे परिवारलाई आर्थिक सहयोग

रूकुम / प्रेस सेन्टर नेपाल बागलुङ शाखाले स्वर्गीय पत्रकार बिक्रम परियारकाे घर परिवारलाई आर्थिक सहयोग गरेको छ । बस दुर्घटनामा परी ज्यान गुमाएका रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ५ का पत्रकार बिक्रम परियारको घर परिवारलाई प्रेस स्न्टर बागलुङ जिल्ला शाखाले बिहीबार घरमै पुगी ३० हजार नगद रकम सहयोग गरेको हाे । प्रेस सेन्टर नेपाल बाग्लुङका अध्यक्ष थमन थापाकाे नेतृत्वमा पार्टी तथा जनवर्गीय संगठनहरुकाे सकृय सहयोगमा संकलन गरिएको रकम स्वर्गीय पत्रकार परियारको घरमै पुगेर नगद ३० हजार रुपैयाँ हस्तानत्रण गरिएको… पुरा पढौ

श्रीकृष्ण आधारभूत बिद्यालयमा अंग्रेजी माध्यमबाट अध्यापन गराइने

बागलुङ ।श्री कृष्ण आधारभुत बिधालयमा बृहत शैक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।नयाँ शैक्षिक सत्रमा नयाँ बिद्यार्थी भर्ना अभियान,पाठ्यपुस्तक बितरण र शिक्षाको गुणस्तर कसरी अभिवृद्धि गर्न सकिन्छ भन्ने विषयमा नब निर्बाचित बिधालय ब्यबस्थापन समिति, शिक्षक अभिभावक संघ र शिक्षक कर्मचारीहरुको बिचमाअन्तरक्रिया कार्यक्रम गरिएको हाे । शैक्षिक गुणस्तर वृद्धि गर्न महत्त्वपूर्ण निर्णयहरु गर्दैकक्षा १ देखि ५ कक्षा सम्मलाई अङ्ग्रेजी माध्यममा संचालन गर्ने बालकक्षा देखि कक्षा ८ सम्मका सम्पुर्ण बिद्यार्थीहरुलाइ साप्ताहिक समयतालिका अनुसार नेपाल सरकार बाट प्राप्त हुने रकममा नपुग रकम बिधालयबाट… पुरा पढौ

निर्माण उद्योगमैत्री कानुन निर्माण सरकारको प्राथमिकता : प्रधानमन्त्री

हेटौंडा (मकवानपुर) १६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण उद्योगमैत्री कानुन निर्माण गरेर कार्यान्वयनमा लैजाने विषय सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । नेपाल निर्माण व्यवसायी महासङ्घको २५ औँ साधारणसभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले खरिद प्रक्रियामा रहेका प्रक्रियागत ढाँचालाई सरलीकृत गरिने स्पष्ट पार्नुभयो । “सार्वजनिक खरिद नियमावली पटकपटक संशोधन हुँदै आए पनि त्यसले हाम्रो राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्न सकेको छैन,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “खरिद प्रक्रियाका प्रक्रियागत ढाँचालाई सरलीकृत गर्दै निर्माण उद्योगमैत्री कानुन निर्माण सरकारको प्राथमिकतामा छ ।” निर्माण व्यवसायीहरूको… पुरा पढौ

महिला सशक्तिकरणको मुख्य आधार आर्थिक सवलीकरण होः प्रधानमन्त्री

काठमाडौँ, १६ चैत्र। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तिकरणको सबैभन्दा प्रमुख आधार आर्थिक सवलीकरण भएको बताउनुभएको छ। महिला उद्यमी महासङ्घद्वारा आयोजित सातौँ अन्तर्राष्ट्रिय महिला व्यापार मेलाको शुक्रबार बिहान ललितपुरमा उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताउनुभएको हो। प्रधानमन्त्रीले भन्नुभयो, ‘‘विगतको तुलनामा नेपाली महिलाको अवस्था क्रमशः सुदृढ हुँदै गएको छ। तर आधा धर्तीका मालिक महिलाको यही प्रगतिमा सन्तुष्ट हुन भने सकिन्नँ। त्यसैले महिला सशक्तिकरणका लागि सबैको हातेमालो आवश्यक छ। त्यसैले आजको दुनियामा महिला सशक्तीकरणका लागि सबैभन्दा पहिले आर्थिक पहुँच दरिलो हुनैपर्छ।’’… पुरा पढौ

बागलुङ भगवती यातायात सेवा प्रालिको आठौं वार्षिक साधारण सभा सम्पन्न

बागलुङ /बागलुङ भगवती यातायात सेवा प्रालिको आठौं वार्षिक साधारण सभा तथा तेश्रो अधिवेशन सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य कृष्ण पाठकले सार्वजनिक यातायातलाई व्यवस्थीत एवं मर्यादित बनाउन आवश्यक रहेको बताउनु भएको छ । सरकार व्यवसायीको हक हितमा रहेको बताउदै व्यवसायीका समस्या व्यवसायीक संघ संगठलने एकमुष्ट रुपमा सरकारमा लैजानुपर्ने धारणा राख्नु भयो । यातायात व्यवसायी महासंघलाई जिल्ला जिल्लामा भन्दा पनि समग्र समस्याहरु सरकार समक्ष जोडदार रुपमा टेवुल गर्न आग्रह गर्नु भयो । कार्यक्रममा नेपाल यातायात… पुरा पढौ