
बागलुङ/सामाजिक सेवाको क्षेत्रमा क्रियाशिल युवा राजु केसीको उपचारका लागी सहयोग अभियान शुरु भएको छ ।
ब्रेन क्यान्सरको समस्याले अस्पतालमा उपचाररत केसीकाे सहयोगकाे लागि बागलुङमा आयोजित भेलामा राजु केसी सहयोग मुल समिति पनि गठन भएको गरेको हाे ।
परिवारका सदस्यले यसअघि नै धेरै रकम खर्चेर उपचार गराएका थिए । दुइवर्ष अघिदेखिनै उनलाई उक्त रोगको संक्रमण शुरु भएको थियो । परिवारका सदस्यले झण्डै डेढ करोड खर्चे पनि निको नभएकोले सहयोगको याचना गरेका थिए । सामाजिक संजालमा राजुकी पत्नि उषा र अभियानको भेलामा बाबु रामबहादुर केसीले सहयोगको याचना गरेका हुन् ।
भेलाले जगदिशचन्द्र उपाध्याय, केवी रानामगर, क्याम्पस प्रमुख रामप्रसाद उपाध्याय, लक्ष्मी बास्कोटा र रुद्रबहादुर केसी रहेको ५ सदसयीय समिति गठन भएको छ । समितिले सबै क्षेत्रमा सहयोगको हात बढाउनेछ । केसी धौलागिरि बहुमुखी क्याम्पसमा अध्ययन गर्दा क्याम्पसको समग्र हितमा सक्रिय भएका थिए ।
खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा रहेर काम गरेका केसीले सहकारी अभियान, जेसीज, लायन्ससहित सामाजिक संघ संस्थामा पनि काम गरेका थिए । उनले अहिलेसम्म आफ्नो र परिवारको लागि केही नमागी समाजका लागि काम गरेकोले उसलाई अप्ठ्यारो पर्दा सहयोगको काममा अगाडि बढेको समितिका संयोजक जगदिशचन्द्र उपाध्यायले बताए ।
समितिले खाता खोलेर क्युआर कोडमार्फत सहयोग जुटाउने तयारी गरेको छ । समिति गठनकै भेलामा उपाध्यायले ५० हजार नगद सहयोगको घोषणा गरे । त्यसपछि धेरैले सहयोगको नाम टिपाइसकेका छन् ।
यो सहयोगलाई केसीका बाबु रामबहादुर केसी सहितिको हस्ताक्षरमा खाता खोल्ने र सहयोग दिने तयारी छ ।
यो अभियानमा सहकारी, उद्योग वाणिज्य संघ, विभिन्न लायन्स क्लब, शिक्षक, विद्यार्थी, संघसंस्थाले सहयोगको लागि पहल गरेका छन् ।
धौलागिरि बहुमुखी क्याम्पसमा पनि विद्यार्थीसहित सरोकारवालाको भेलाले राजु केसी उपचारको लागि पहल गर्नेगरी काम थालिसकेको स्ववियु सभापति सुदिप सागर कँडेलले बताए ।









