
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ भने हवाई इन्धन र एलपी ग्यासको मूल्य यथावत् राखेको छ ।
आज एक प्रेस विज्ञप्ति जारी गर्दै निगमले साउन १७ गतेको बिहान ००:०१ बजेदेखि लागु हुने गरी पेट्रोलमा प्रतिलेटर एक रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रति लिटर दुई रुपैयाँ घटाएको हो ।
निगमका अनुसार काठमाडौंमा अब पेट्रोलको खुद्रा बिक्री मूल्य १७० रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५८ पर्नेछ । इन्डियन आयल कर्पोरेसनबाट आज खरिद मूल्य घटेर आएपछि आजै रातिदेखि लागु हुने गरी सोही अनुसार नयाँ मूल्य तोकेको हो ।