
कास्की / गायक सर्जक यमन खनालकाे पल्टन घरमा आवद्व महिला कर्मचारी लक्षित तिजगित पल्टन घरमा तिज बजारमा भर्खरै मात्रमा सार्वजानीक भएकाे छ ।
देश र जनता काे सेवामा २४ सै घण्टा तमतयार राष्ट्रसेवक सशस्त्र प्रहरी महिला कर्मचारीहरूलाई तिजकाे भन्दा राष्ट्रप्रतिकाे सेवाभाव लाई पहिलाे प्राथमिकता दिएका छन ।
एकातिर नजिकिदै गरेकाे तिज अर्काे तर्फ देशै भरी बाढि पहिराे डुवान जस्ता घट्नाले देश नै कठिन माेडमा रहेकाे बेला आफ्नाे जिम्मेवारी र कर्तव्य लाई भने महिला सशस्त्र प्रहरी कर्मचारीले पहिलाे कर्तव्य ठानेका छन ।
उनिहरू छुट्टी नमिले पनि पल्टन घरमै नाचेर भएपनि तिज मनाउने संकल्प गरेका छन भने घरमा रहेकी आमालाई छाेरी घरमा नआयपनि निरास नबन्न अनुराेध गरेका छन । सर्जक गायक यमन खनालकाे शब्द संगितमा रहेकाे यस गितमा भने रन्जिता विककाे एकल आवाज रहेकाे छ ।
भिडियाेमा एपि एल्बममा आबद्व कलाकारकाे नृत्यलाई कैद गरिएकाे छ ।
भिडियाेकाे निर्देशन निर्मला नेपालकाे रहेकाे छ भने सुनिल भण्डारीकाे छायांकन र राेशन धितालकाे सम्पादनमा निर्माण भएकाे भिडियाे यमन खनाल अफिसियल युटुब च्यानलबाट सार्वजानिक गरिकाे छ ।









