
पाेखरा / कुन छोरी होलि पराई घर गएर बरिलै माइतीघर बिर्सनि,सबैलाई भेट्दा हासेर बोल्छु बरिलै मन भरि पिर्छ नि बास्तविक आम दर्शकले छाएकाे गित भने यस्तै हाे ।
तर तिज गितका नाममा छाडा भड्किला गितहरू सार्बजानिक भएका छन ।पछिल्लाे समय पाेखरालाई कर्मथलाे बनाउदै आएकी गायिका सीता परियारकाे “माइतीघर ” तिजगित बजारमा आएको छ ।
जुन गितले याे बर्ष आम दर्शककाे मन भने पक्कै जित्ने देखिन्छ । गायिका सिता परीयारकाे एकल आवाजमा रहेको तीज गितले दाजुभाई,दिदिबहिनी र माईती घरकाे सम्वन्धलाई मार्मिक शैलिमा चित्रण गरिएकाे छ ।
सर्जक पुर्ण परियारकाे शब्द संगितमा रहेकाे
भिडियाेमा माेडल स्मारीका ढकाल, र पुर्ण परियारले डब्यु गरेका छन , विशाल घिमिरेकाे निर्देशन,अजय रेग्मीकाे छाँयाङकन र अमृत चापागाईकाे सम्पादनमा रहेकाे म्युजिक भिडियाे सीता परियार अफिसियल युट्यु च्यानलमार्फत सार्वजनिक भएको छ ।