लेखनाथ, मंसिर ७लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा २२औँ लेखनाथ महोत्सव आगामी पुस २ देखि १३ गतेसम्म सञ्चालन हुने भएको छ। ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने नारासहित आयोजना हुने महोत्सवमा २ लाख ७० हजार दर्शक भित्र्याउने र १२ करोड रुपैयाँ बराबरको कारोबार गर्ने लक्ष्य राखिएको छ। सोमबार आयोजित पत्रकार सम्मेलनमा संघकी अध्यक्ष जानुका पराजुली अधिकारीले आर्थिक मन्दीका कारण निजी क्षेत्र निरुत्साहित भइरहेको अवस्थामा स्थानीय उत्पादनको बजारीकरण, व्यापार प्रवर्द्धन र अर्थतन्त्र चलायमान बनाउन महोत्सवलाई निरन्तरता दिइएको बताइन्। महोत्सवमा…
पुरा पढौ