समाचार

दसैँअघि नै सञ्चालनमा आउँदै मालढुङ्गा पुल

बागलुङ । कालीगण्डकी नदीमा आएको बाढीका कारण क्षतिग्रस्त बागलुङ–पर्वत जोड्ने मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याउने लक्ष्यसहित मर्मत कार्य तीव्र पारिएको छ। सडक डिभिजन कार्यालय पोखराका अनुसार पुलको क्षतिग्रस्त पहुँचमार्गमा जियोब्याग र जियोग्रिड प्रविधि प्रयोग गरी चौबीसै घण्टा मर्मतको काम भइरहेको छ।असोज ११ गते आएको बाढीले करिब १ सय १४ मिटर लामो पुलको पहुँचमार्गतर्फ करिब ३० मिटर सडक क्षति पुर्‍याएपछि मुख्य सडकबाट सवारी आवागमन रोकिएको थियो। पुल बन्द हुँदा बागलुङसँगै पर्वत तथा मध्यपहाडी लोकमार्ग हुँदै पश्चिमतर्फ जाने यात्रु र मालवाहक… पुरा पढौ

विपद् प्रभावित क्षेत्रमा मनोसामाजिक सचेतना अभियान

पर्वत, २२ असोज । विश्व मानसिक स्वास्थ्य दिवस २०२६ को अवसरमा पर्वतको जलजला गाउँपालिका–८, फर्सेस्थित श्री शिव माध्यमिक विद्यालयमा विद्यार्थी तथा शिक्षकलाई लक्षित गरी मनोसामाजिक सुस्वास्थ्य तथा प्राथमिक मनोवैज्ञानिक सहयोगसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। ‘वास्तविक अनुभवको आवाज सुनौँ, वास्तविक परिवर्तन ल्याऔँ’ भन्ने मूल नाराका साथ खुसी मन बागलुङको आयोजना तथा नेपाल प्रेस युनियन बागलुङको संयोजनमा सुरु भएको तीनदिने अभियानअन्तर्गत पहिलो दिन बाढी तथा विपद् प्रभावित क्षेत्रका शिक्षक र विद्यार्थीलाई छुट्टाछुट्टै सत्रमा प्रशिक्षण दिइएको हो। बाढी तथा प्राकृतिक विपत्तिका कारण… पुरा पढौ

प्रवासमा रहेर नेपाली लोकसंगीतमा सक्रिय रामकृष्ण बम मल्ल उपाध्यक्षका उम्मेदवार

बागलुङ । नेपाली लोक तथा दोहोरीगीतको संरक्षण, प्रवर्द्धन र विकासमा सक्रिय गायक तथा संगीतकार रामकृष्ण बम मल्लले राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको आगामी केन्द्रीय महाधिवेशनमा उपाध्यक्ष (खुलातर्फ) पदमा उम्मेदवारी घोषणा गरेका छन्। बागलुङलाई स्थायी घरका रूपमा चिनाउँदै हाल जापानमा रहेका मल्लले प्रवासमा रहेर पनि नेपाली मौलिक कला, संस्कृति र लोकसंगीतको क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्। प्रतिष्ठानको नेतृत्वमा रहेर कलाकारको हकहित, सम्मान तथा नेपाली लोकसंगीतको संरक्षण र प्रवर्द्धनमा थप योगदान गर्ने उद्देश्यले उम्मेदवारी दिएको मल्लले बताएका छन्। नयाँ… पुरा पढौ

संगठन सुदृढ बनाउने संकल्पसहित शंकर बिरही गुरुङको उम्मेदवारी

बर्दिबास । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको ९औँ केन्द्रीय महाधिवेशन–२०८३ नजिकिँदै गर्दा लोक तथा दोहोरी क्षेत्रका सक्रिय व्यक्तित्व शंकर बिरही गुरुङले संगठनिक उपमहासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन्। लोकसंस्कृति र मौलिक गीतसंगीतको संरक्षण तथा प्रवर्द्धनसँगै प्रतिष्ठानलाई थप व्यवस्थित, सक्रिय र प्रभावकारी बनाउने उद्देश्यले उम्मेदवारी दिएको गुरुङले बताएका छन्। उनको अभियानको नारा ‘कला, प्रविधि र संगठनको ज्ञान–शंकर बिरही गुरुङको पहिचान’ रहेको छ। उनले प्रतिष्ठानलाई बलियो र गतिशील बनाउँदै कलाकारको सम्मान तथा नवप्रतिभाको प्रोत्साहनलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन्। आगामी… पुरा पढौ

लोकसंगीतको पहिचान र कलाकारको अधिकारका लागि प्रकाश पराजुली मैदानमा

बर्दिबास । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको ९औँ राष्ट्रिय महाधिवेशन तथा रजत जयन्ती–२०८३ अन्तर्गत केन्द्रीय सदस्य (खुला) पदमा प्रकाश पराजुलीले उम्मेदवारी घोषणा गरेका छन्। लोक तथा दोहोरीगीत क्षेत्रमा सक्रिय पराजुलीले कलाकारको हकहित संरक्षण, लोकसंगीतको संवर्द्धन र नयाँ पुस्ताका कलाकारलाई प्रोत्साहन गर्ने उद्देश्यसहित उम्मेदवारी दिएका हुन्। उनका मुख्य एजेन्डामा कलाकारको हकहित तथा कल्याण, नयाँ पुस्ताका कलाकारलाई प्रशिक्षण र अवसर, लोकसंस्कृति तथा क्षेत्रीय पहिचानको संरक्षण र विकास रहेका छन्। ‘हाम्रो लोकसंगीत, हाम्रो पहिचान, हाम्रो अभियान’ भन्ने भावनासहित उम्मेदवारी दिएका पराजुलीले कलाकार… पुरा पढौ

९ वर्षीया तेरिया परियारको उपचारका लागि सहयोगको अपिल

कलेजोमा समस्या र फोक्सोमा पानी जम्ने रोगबाट पीडित बालिकाको उपचारका लागि परिवार आर्थिक संकटमा हिड्न खबर डटकम बागलुङ, असोज २२ । पर्वतको जलजला गाउँपालिका–२ पाखाथर, मल्लाजकी ९ वर्षीया तेरिया परियार गम्भीर स्वास्थ्य समस्यासँग संघर्ष गरिरहेकी छन्। कलेजोमा समस्या देखिनुका साथै फोक्सोमा पानी जम्ने रोगबाट पीडित तेरियाको विगत एक वर्षदेखि काठमाडौंस्थित बालकान्ति अस्पतालमा नियमित उपचार भइरहेको छ। कक्षा ४ मा अध्ययनरत तेरिया लामो समयदेखि अस्पतालमा उपचाररत रहेकी छन्। परिवारका अनुसार उपचारका क्रममा भएको सम्पत्ति समेत खर्च भइसकेको छ भने थप उपचार… पुरा पढौ

केन्द्रीय सदस्यमा तुलसी क्षेत्रीको उम्मेदवारी गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्दै लोकदोहोरी क्षेत्रको संरक्षणमा जोड

बर्दिया असोज २२ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको ८औँ केन्द्रीय महाधिवेशन–२०८३ अन्तर्गत गायिका तथा प्रतिष्ठान कास्कीकी अध्यक्ष तुलसी क्षेत्रीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेकी छन्। असोज २२ देखि २४ गतेसम्म बर्दिबासमा हुने महाधिवेशनमा क्षेत्रीले गण्डकी प्रदेशबाट भूगोलतर्फ केन्द्रीय सदस्य पदमा प्रतिस्पर्धा गर्ने बताएकी छन्।लोकदोहोरी क्षेत्रको संरक्षण, प्रवर्द्धन तथा कलाकारको हकहितका लागि केन्द्रीय तहबाट अझ प्रभावकारी भूमिका निर्वाह गर्ने उद्देश्यले उम्मेदवारी दिएको क्षेत्रीले बताइन्। उनले प्रतिष्ठानको गरिमा र कलाकारको सम्मानका लागि जिम्मेवार ढंगले काम गर्ने प्रतिबद्धता समेत… पुरा पढौ

बर्थिङ सेन्टरका नर्सिङ कर्मचारीलाई मातृ तथा नवशिशु स्वास्थ्यसम्बन्धी क्षमता अभिवृद्धि तालिम

मातृ तथा नवशिशु स्वास्थ्य सेवाको गुणस्तर सुधारका लागि कार्ययोजना समेत तयार बागलुङ, असोज २२ । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङको आयोजनामा बर्थिङ सेन्टरमा कार्यरत नर्सिङ कर्मचारीहरूको क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ। असोज २१ र २२ गते सञ्चालन गरिएको कार्यक्रममा बागलुङ जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत २५ जना नर्सिङ कर्मचारीको सहभागिता रहेको थियो। कार्यक्रममा मातृ तथा नवशिशु स्वास्थ्यको वर्तमान अवस्था, चुनौती तथा सेवा सुधारका उपायबारे अभिमुखीकरण गरिएको प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ। तालिममा एकद्वार संकट व्यवस्थापन केन्द्र (OCMC), Indirect Maternal Health… पुरा पढौ

नारायणस्थानमा खानेपानीको गुणस्तर परीक्षण, सुरक्षित पानीबारे समुदायलाई अभिमुखीकरण

बागलुङ, असोज २२ । बागलुङ नगरपालिका–१४, नारायणस्थानमा खानेपानीको गुणस्तर परीक्षण तथा समुदायस्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। खानेपानी आयोजनाको नमुना २०८३ असोज १९ गते संकलन गरिएको थियो भने असोज २० गते खानेपानीको गुणस्तर परीक्षण गरिएको थियो। असोज २१ गते समुदायस्तरीय अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको हो। अभिमुखीकरण कार्यक्रममा पानीजन्य रोग, सुरक्षित पानीको प्रयोग तथा पानी शुद्धीकरणका लागि क्लोरिनेसन विधिका विषयमा जानकारी गराइएको थियो। कार्यक्रमको अध्यक्षता बागलुङ नगरपालिका–१४ का वडा अध्यक्ष चक्रबहादुर खड्काले गर्नुभएको थियो भने सञ्चालन नारायणस्थान स्वास्थ्य चौकीका वरिष्ठ जनस्वास्थ्य… पुरा पढौ

केन्द्रीय सदस्यमा पूर्ण परियारको उम्मेदवारी, अनुभव र सक्रियताको आधारमा मत माग्दै

हिड्न खबर डटकम काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको ८औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (भूगोल गण्डकी) पदका लागि गायक, सर्जक, उद्घोषक तथा निर्माता पूर्ण परियारले उम्मेदवारी घोषणा गरेका छन्। लोक तथा दोहोरी गीत–संगीतको क्षेत्रमा लामो समयदेखि सक्रिय परियार कलाकारितासँगै संस्थागत नेतृत्वमा समेत निरन्तर क्रियाशील रहँदै आएका छन्। उनले प्रतिष्ठान बागलुङमा एक कार्यकाल सचिव र एक कार्यकाल जिल्ला अध्यक्षको जिम्मेवारी निर्वाह गरेका छन्। साथै, प्रतिष्ठान धौलागिरीको महासचिव तथा प्रतिष्ठान गण्डकीको संस्थापक सचिव र वरिष्ठ उपाध्यक्षको भूमिका पनि सम्हालिसकेका छन्। गायन,… पुरा पढौ