बर्दिबास, असोज २३ – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष तथा लोकदोहोरी क्षेत्रका अग्रज व्यक्तित्व चन्द्र शर्मा ‘संस्थागत सम्मान–२०८३’ बाट सम्मानित भएका छन्। महोत्तरीको बर्दिबासमा जारी प्रतिष्ठानको नवौँ राष्ट्रिय महाधिवेशन तथा रजत जयन्ती–२०८३ को उद्घाटन समारोहमा शर्मालाई सम्मान गरिएको हो। प्रतिष्ठानको संस्थागत विकास, लोकदोहोरी गीत–संगीतको संरक्षण, प्रवर्द्धन तथा कलाकारको हकहितका क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उनलाई सम्मान प्रदान गरिएको जनाइएको छ। सम्मानस्वरूप शर्मालाई एक लाख रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरिएको थियो। कार्यक्रममा विभिन्न कलाकार, संगीतकर्मी तथा शुभेच्छुकहरूको उपस्थिति…
पुरा पढौ