बागलुङ, असोज २१ जिल्ला प्रशासन कार्यालय बागलुङले बागलुङ नगरपालिका–१४ नारायणस्थानमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ। नागरिकका गुनासा, सुझाव तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी विषयमा जानकारी लिन आयोजित कार्यक्रममा स्थानीयवासीले राष्ट्रिय परिचयपत्र वितरण, बजार व्यवस्थापन, सडक, विद्युत्, शिक्षा, स्वास्थ्य तथा यातायातलगायतका विषयमा ध्यानाकर्षण गराएका छन्। सार्वजनिक सुनुवाइमा सहभागी नागरिकहरूले राष्ट्रिय परिचयपत्र वितरणमा भइरहेको ढिलाइका कारण विशेषगरी ज्येष्ठ नागरिकहरू समस्यामा परेको गुनासो गरेका थिए। साथै, बजार व्यवस्थापन प्रभावकारी बनाउन, ग्यासको मूल्यवृद्धि नियन्त्रण गर्न तथा नियमित बजार अनुगमन गर्नुपर्ने मागसमेत राखिएको थियो। स्थानीयवासीहरूले…
पुरा पढौ