समाचार

​बागलुङको निसीखोलामा सात थान अवैध भरुवा बन्दुक बरामद

​बागलुङ, असोज २१बागलुङको निसीखोला गाउँपालिका-१ स्थित सामुदायिक वनमा लुकाइछिपाइ राखिएको अवस्थामा सात थान अवैध भरुवा बन्दुक बरामद भएको छ। ​इलाका प्रहरी कार्यालय बुर्तिबाङ बागलुङबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा असोज २१ गते बिहान करिब ९:०० बजे सल्लेरी सामुदायिक वनस्थित वनमाराको झाडीभित्र बेवारिसे अवस्थामा राखिएका १ नाले भरुवा बन्दुक ७ थान फेला पारेको हो। ​प्रहरीका अनुसार झाडीभित्र लुकाइछिपाइ राखिएको अवस्थामा फेला परेका ती भरुवा बन्दुकहरू नियन्त्रणमा लिई बरामदको आवश्यक कानुनी प्रक्रिया पुरा गरिएको छ। ​उक्त बन्दुकहरू कसले र कुन प्रयोजनका… पुरा पढौ

कांग्रेस केन्द्रीय कार्यसमितिमा बागलुङका २० नेताको उम्मेदवारी

सह–महामन्त्रीदेखि केन्द्रीय सदस्यसम्म विभिन्न क्लस्टरमा प्रतिस्पर्धा, जिल्लामा चुनावी चासो बढ्यो बागलुङ, असोज २१ नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतबागलुङका २० जना नेताले विभिन्न पद तथा क्लस्टरबाट केन्द्रीय कार्यसमितिका लागि उम्मेदवारी दर्ता गराएका छन्। बागलुङबाट एकैपटक यति ठूलो संख्यामा नेताहरूले केन्द्रीय नेतृत्वका लागि उम्मेदवारी दिएको यो पहिलो पटक भएको बताइएको छ। मंगलबार सम्पन्न उम्मेदवारी दर्ता कार्यक्रममा डिल्लीराम सुवेदीले खुलातर्फ सह–महामन्त्री पदमा उम्मेदवारी दिएका छन्। केन्द्रीय सदस्य पदका लागि खस–आर्य खुलातर्फ जगदीशचन्द्र उपाध्याय, खस–आर्य महिलातर्फ चम्पादेवी खड्का तथा खुलातर्फ टेकराज पौडेल चुनावी मैदानमा उत्रिएका… पुरा पढौ

दशैँ २०८३ : टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०:२६ बजे

बागलुङ, असोज २१ । नेपालीहरूको महान् चाड बडादशैँ २०८३ का लागि विभिन्न धार्मिक तथा सांस्कृतिक विधिका साइत सार्वजनिक गरिएको छ। यस वर्ष विजयादशमीका दिन मान्यजनबाट टीका, जमरा तथा आशीर्वाद ग्रहण गर्ने उत्तम साइत कात्तिक ४ गते बिहान १० बजेर २६ मिनेट मा रहेको जनाइएको छ। दशैँ नेपाली समाजको धार्मिक आस्था, संस्कृति, परम्परा र पारिवारिक सम्बन्धसँग गहिरोसँग जोडिएको पर्व हो। घटस्थापनाबाट सुरु हुने दशैँमा नवरात्रभर दुर्गा भवानीका विभिन्न स्वरूपको पूजा–आराधना गरिन्छ भने फूलपाती, महाअष्टमी, महानवमी र विजयादशमीका विशेष धार्मिक विधि सम्पन्न… पुरा पढौ

कलाकारको हकहित र लोकसंगीत प्रवर्द्धनको एजेन्डासहित सह–कोषाध्यक्ष पदमा सम्झना भण्डारीको उम्मेदवारी

काठमाडौं, असोज २१ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको २५औँ महाधिवेशन नजिकिँदै जाँदा खुला तर्फको सह–कोषाध्यक्ष पदकी उम्मेदवार सम्झना भण्डारीको उम्मेदवारी चर्चामा आएको छ। लोक तथा दोहोरी गायन क्षेत्रमा सक्रिय भण्डारीले प्रतिष्ठानको संस्थागत सुदृढीकरण, कलाकारको हकहित संरक्षण तथा लोकसंगीतको प्रवर्द्धनमा योगदान पुर्‍याउने लक्ष्यसहित सह–कोषाध्यक्ष पदमा उम्मेदवारी दिएको बताएकी छन्। प्रतिष्ठानको २५औँ महाधिवेशन आगामी असोज २२ देखि २४ गतेसम्म महोत्तरीको बर्दिबासमा हुँदैछ। महाधिवेशनअन्तर्गत खुला तर्फको सह–कोषाध्यक्ष पदका लागि भण्डारीले उम्मेदवारी दर्ता गराएकी हुन्।भण्डारीले कलाकारका आवाजलाई संस्थागत रूपमा थप प्रभावकारी बनाउने,… पुरा पढौ

क्षयरोगका लुकेका बिरामी खोज्न स्वास्थ्यकर्मीलाई पुनर्ताजगी तालिम

बागलुङ, असोज २१ । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङको आयोजनामा जिल्लाका स्वास्थ्यकर्मीहरूका लागि सञ्चालन गरिएको दुईदिने ‘क्षयरोगसम्बन्धी पुनर्ताजगी तालिम’ सम्पन्न भएको छ। असोज १९ र २० गते आयोजित तालिममा जिल्लाका १० वटै स्थानीय तहबाट २० जना स्वास्थ्यकर्मीको सहभागिता रहेको थियो। समुदायमा लुकेर रहेका क्षयरोगका बिरामीलाई समयमै पहिचान गरी उपचारको दायरामा ल्याउने तथा क्षयरोगबाट हुने मृत्युदर न्यूनीकरण गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ। जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख तथा जनस्वास्थ्य प्रशासक प्रविण शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनस्वास्थ्य अधिकृत टीकाराम… पुरा पढौ

विश्व मानसिक स्वास्थ्य दिवसका अवसरमा खुसी मन बागलुङको तीनदिने विशेष कार्यक्रम

बागलुङ, असोज २० । विश्व मानसिक स्वास्थ्य दिवस २०२६ को अवसरमा ‘वास्तविक अनुभवको आवाज सुनौँ, वास्तविक परिवर्तन ल्याऔँ’ भन्ने मूल नारासहित खुसी मन बागलुङले तीनदिने विशेष कार्यक्रम आयोजना गर्ने भएको छ। खुसी मन बागलुङको आयोजनामा तथा नेपाल प्रेस युनियन बागलुङको संयोजनमा असोज २१ देखि २३ गते (अक्टोबर ७ देखि ९) सम्म सञ्चालन हुने कार्यक्रम बाढी तथा विपद् प्रभावित क्षेत्र, शैक्षिक संस्था र सञ्चार क्षेत्रलाई लक्षित गरी आयोजना गर्न लागिएको हो। संस्थाका अध्यक्ष नारायणप्रसाद आचार्यका अनुसार विपद्पछिको मनोसामाजिक सहयोग, युवामा बढ्दो… पुरा पढौ

बाढी प्रभावित विद्यार्थीलाई शैक्षिक सामग्री तथा मनोसामाजिक सहयोग प्रदान

पर्वत, असोज २० । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गत धौलागिरि एरियाका लायन्स क्लबहरूले बाढी प्रभावित विद्यार्थी तथा शिक्षकलाई लक्षित गरी शैक्षिक सामग्री वितरण र मनोसामाजिक परामर्श कार्यक्रम सञ्चालन गरेका छन्। पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा मंगलबार आयोजित कार्यक्रममा बाढीबाट प्रभावित विद्यार्थी र शिक्षकहरूलाई आवश्यक स्टेशनरी सामग्री वितरण गर्नुका साथै मनोसामाजिक परामर्श (साइको–एजुकेशन) प्रदान गरिएको हो। ‘Leading with Purpose’ नारासहित सञ्चालन गरिएको कार्यक्रममा धौलागिरि एरियाका लायन्स क्लबहरूको संयुक्त पहलमा रु. १ लाख ५३ हजार १११ बराबरको सहयोग हस्तान्तरण गरिएको आयोजकले… पुरा पढौ

सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ, कारागार चलान

बागलुङ, असोज २० । सवारी ज्यान मुद्दामा अदालतबाट कैद सजाय सुनाइएपछि फरार रहेका एक प्रतिवादीलाई बागलुङ प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार सम्मानित बागलुङ जिल्ला अदालतको २०७९ असोज ३ गतेको फैसलाले ४ महिना कैद सजाय तोकेका सवारी ज्यान मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिका–१० निवासी २१ वर्षीय रवि साउद रहेका छन्। उनलाई जिल्ला प्रहरी कार्यालय बागलुङबाट खटिएको प्रहरी टोलीले असोज २० गते पक्राउ गरेको जनाएको छ। प्रहरीले पक्राउ परेका… पुरा पढौ

हावाहुरी र वर्षाले धान–कोदोबाली ढल्यो, जैमिनीका किसान चिन्तित

बागलुङ, असोज २० । पछिल्लो समय परेको वर्षा र हावाहुरीका कारण बागलुङको जैमिनी नगरपालिकाका विभिन्न क्षेत्रमा लगाइएको धान तथा कोदोबालीमा क्षति पुगेको छ। पाक्ने अवस्थामा पुगेका बाली ढलेपछि किसानहरू चिन्तित बनेका छन्। स्थानीय किसानका अनुसार हिजो आएको हावाहुरीसहितको वर्षाले खेतबारीमा लगाइएको धान, कोदो लगायतका बाली ढलाएको हो। वर्षभरि मेहनत गरेर हुर्काएको बाली भित्र्याउने समय नजिकिँदै गर्दा मौसममा आएको प्रतिकूल परिवर्तनले किसानको चिन्ता बढाएको छ। विशेषगरी धानमा बाला लागिसकेको अवस्थामा बोट ढलेपछि उत्पादनमा असर पर्ने सम्भावना बढेको किसानहरू बताउँछन्। कतिपय स्थानमा… पुरा पढौ

बाढीपीडितलाई लायन्सको न्यानो साथ, ५० परिवारलाई ब्ल्याङ्केट वितरण

नुवाकोट, असोज २० । प्राकृतिक विपत्तिका बेला पीडितको साथमा उभिने सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिँदै लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गतका लायन्सकर्मीहरूले बाढी प्रभावित क्षेत्रमा राहत वितरण गरेका छन्। जहाँ समस्या, त्यहाँ लायन्स, जहाँ पीडा, त्यहाँ सेवा’ भन्ने भावनाका साथ नुवाकोटको बेत्रावती, सोले र भैसे क्षेत्रको स्थलगत अवलोकन गर्दै बाढीपीडित परिवारलाई ब्ल्याङ्केट वितरण गरिएको हो। सेवामूलक अभियानअन्तर्गत लायन्स क्लब अफ काठमाडौं टेम्पल सिद्धिविनायकका सन्तोष सराफले ब्ल्याङ्केट सहयोग उपलब्ध गराउनुभएको थियो। लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपालकी लिडर रोजिता वस्तिका अनुसार… पुरा पढौ