समाचार

कलाकारको हकहित र लोकसंगीत प्रवर्द्धनको एजेन्डासहित सह–कोषाध्यक्ष पदमा सम्झना भण्डारीको उम्मेदवारी

काठमाडौं, असोज २१ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको २५औँ महाधिवेशन नजिकिँदै जाँदा खुला तर्फको सह–कोषाध्यक्ष पदकी उम्मेदवार सम्झना भण्डारीको उम्मेदवारी चर्चामा आएको छ। लोक तथा दोहोरी गायन क्षेत्रमा सक्रिय भण्डारीले प्रतिष्ठानको संस्थागत सुदृढीकरण, कलाकारको हकहित संरक्षण तथा लोकसंगीतको प्रवर्द्धनमा योगदान पुर्‍याउने लक्ष्यसहित सह–कोषाध्यक्ष पदमा उम्मेदवारी दिएको बताएकी छन्। प्रतिष्ठानको २५औँ महाधिवेशन आगामी असोज २२ देखि २४ गतेसम्म महोत्तरीको बर्दिबासमा हुँदैछ। महाधिवेशनअन्तर्गत खुला तर्फको सह–कोषाध्यक्ष पदका लागि भण्डारीले उम्मेदवारी दर्ता गराएकी हुन्।भण्डारीले कलाकारका आवाजलाई संस्थागत रूपमा थप प्रभावकारी बनाउने,… पुरा पढौ

क्षयरोगका लुकेका बिरामी खोज्न स्वास्थ्यकर्मीलाई पुनर्ताजगी तालिम

बागलुङ, असोज २१ । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङको आयोजनामा जिल्लाका स्वास्थ्यकर्मीहरूका लागि सञ्चालन गरिएको दुईदिने ‘क्षयरोगसम्बन्धी पुनर्ताजगी तालिम’ सम्पन्न भएको छ। असोज १९ र २० गते आयोजित तालिममा जिल्लाका १० वटै स्थानीय तहबाट २० जना स्वास्थ्यकर्मीको सहभागिता रहेको थियो। समुदायमा लुकेर रहेका क्षयरोगका बिरामीलाई समयमै पहिचान गरी उपचारको दायरामा ल्याउने तथा क्षयरोगबाट हुने मृत्युदर न्यूनीकरण गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ। जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख तथा जनस्वास्थ्य प्रशासक प्रविण शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनस्वास्थ्य अधिकृत टीकाराम… पुरा पढौ

विश्व मानसिक स्वास्थ्य दिवसका अवसरमा खुसी मन बागलुङको तीनदिने विशेष कार्यक्रम

बागलुङ, असोज २० । विश्व मानसिक स्वास्थ्य दिवस २०२६ को अवसरमा ‘वास्तविक अनुभवको आवाज सुनौँ, वास्तविक परिवर्तन ल्याऔँ’ भन्ने मूल नारासहित खुसी मन बागलुङले तीनदिने विशेष कार्यक्रम आयोजना गर्ने भएको छ। खुसी मन बागलुङको आयोजनामा तथा नेपाल प्रेस युनियन बागलुङको संयोजनमा असोज २१ देखि २३ गते (अक्टोबर ७ देखि ९) सम्म सञ्चालन हुने कार्यक्रम बाढी तथा विपद् प्रभावित क्षेत्र, शैक्षिक संस्था र सञ्चार क्षेत्रलाई लक्षित गरी आयोजना गर्न लागिएको हो। संस्थाका अध्यक्ष नारायणप्रसाद आचार्यका अनुसार विपद्पछिको मनोसामाजिक सहयोग, युवामा बढ्दो… पुरा पढौ

बाढी प्रभावित विद्यार्थीलाई शैक्षिक सामग्री तथा मनोसामाजिक सहयोग प्रदान

पर्वत, असोज २० । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गत धौलागिरि एरियाका लायन्स क्लबहरूले बाढी प्रभावित विद्यार्थी तथा शिक्षकलाई लक्षित गरी शैक्षिक सामग्री वितरण र मनोसामाजिक परामर्श कार्यक्रम सञ्चालन गरेका छन्। पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा मंगलबार आयोजित कार्यक्रममा बाढीबाट प्रभावित विद्यार्थी र शिक्षकहरूलाई आवश्यक स्टेशनरी सामग्री वितरण गर्नुका साथै मनोसामाजिक परामर्श (साइको–एजुकेशन) प्रदान गरिएको हो। ‘Leading with Purpose’ नारासहित सञ्चालन गरिएको कार्यक्रममा धौलागिरि एरियाका लायन्स क्लबहरूको संयुक्त पहलमा रु. १ लाख ५३ हजार १११ बराबरको सहयोग हस्तान्तरण गरिएको आयोजकले… पुरा पढौ

सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ, कारागार चलान

बागलुङ, असोज २० । सवारी ज्यान मुद्दामा अदालतबाट कैद सजाय सुनाइएपछि फरार रहेका एक प्रतिवादीलाई बागलुङ प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार सम्मानित बागलुङ जिल्ला अदालतको २०७९ असोज ३ गतेको फैसलाले ४ महिना कैद सजाय तोकेका सवारी ज्यान मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिका–१० निवासी २१ वर्षीय रवि साउद रहेका छन्। उनलाई जिल्ला प्रहरी कार्यालय बागलुङबाट खटिएको प्रहरी टोलीले असोज २० गते पक्राउ गरेको जनाएको छ। प्रहरीले पक्राउ परेका… पुरा पढौ

हावाहुरी र वर्षाले धान–कोदोबाली ढल्यो, जैमिनीका किसान चिन्तित

बागलुङ, असोज २० । पछिल्लो समय परेको वर्षा र हावाहुरीका कारण बागलुङको जैमिनी नगरपालिकाका विभिन्न क्षेत्रमा लगाइएको धान तथा कोदोबालीमा क्षति पुगेको छ। पाक्ने अवस्थामा पुगेका बाली ढलेपछि किसानहरू चिन्तित बनेका छन्। स्थानीय किसानका अनुसार हिजो आएको हावाहुरीसहितको वर्षाले खेतबारीमा लगाइएको धान, कोदो लगायतका बाली ढलाएको हो। वर्षभरि मेहनत गरेर हुर्काएको बाली भित्र्याउने समय नजिकिँदै गर्दा मौसममा आएको प्रतिकूल परिवर्तनले किसानको चिन्ता बढाएको छ। विशेषगरी धानमा बाला लागिसकेको अवस्थामा बोट ढलेपछि उत्पादनमा असर पर्ने सम्भावना बढेको किसानहरू बताउँछन्। कतिपय स्थानमा… पुरा पढौ

बाढीपीडितलाई लायन्सको न्यानो साथ, ५० परिवारलाई ब्ल्याङ्केट वितरण

नुवाकोट, असोज २० । प्राकृतिक विपत्तिका बेला पीडितको साथमा उभिने सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिँदै लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गतका लायन्सकर्मीहरूले बाढी प्रभावित क्षेत्रमा राहत वितरण गरेका छन्। जहाँ समस्या, त्यहाँ लायन्स, जहाँ पीडा, त्यहाँ सेवा’ भन्ने भावनाका साथ नुवाकोटको बेत्रावती, सोले र भैसे क्षेत्रको स्थलगत अवलोकन गर्दै बाढीपीडित परिवारलाई ब्ल्याङ्केट वितरण गरिएको हो। सेवामूलक अभियानअन्तर्गत लायन्स क्लब अफ काठमाडौं टेम्पल सिद्धिविनायकका सन्तोष सराफले ब्ल्याङ्केट सहयोग उपलब्ध गराउनुभएको थियो। लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपालकी लिडर रोजिता वस्तिका अनुसार… पुरा पढौ

रास्वपा जैमिनी नगर सभापतिमा राजेन्द्र शर्मा सर्वसम्मत

बागलुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जैमिनी नगरपालिकाको नगर अधिवेशनबाट राजेन्द्र शर्मा सर्वसम्मत रूपमा नगर सभापतिमा चयन भएका छन्। जैमिनी नगरपालिकामा सम्पन्न अधिवेशनले शर्माको नेतृत्वमा नयाँ नगर समिति चयन गरेको हो। नेतृत्व चयन सर्वसम्मत रूपमा टुंगिएको पार्टीले जनाएको छ। अधिवेशनमा सहभागी नेता, कार्यकर्ता तथा प्रतिनिधिहरूले संगठनलाई वडा र टोल तहसम्म विस्तार गर्दै थप सुदृढ बनाउने, स्थानीय नागरिकका समस्या तथा सरोकारका विषयलाई प्रभावकारी रूपमा उठाउनेलगायत विषयमा छलफल गरेका थिए। नगर सभापतिमा चयन भएपछि शर्माले आफूलाई दिइएको जिम्मेवारी इमानदारी, सक्रियता र जवाफदेहितासहित… पुरा पढौ

टिका सानुको उम्मेदवारी : लोकदोहोरी कलाकारको हकहित र संस्थागत विकासमा जोड

काठमाडौं असाेज २०राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको नवौँ राष्ट्रिय महाधिवेशनमा लोक तथा दोहोरी गायिका टिका सानुले केन्द्रीय महिला सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेकी छन्। करिब १५ वर्षदेखि नेपाली लोक तथा दोहोरी गीत–संगीत क्षेत्रमा सक्रिय सानुले आफ्नो उम्मेदवारी व्यक्तिगत आकांक्षाभन्दा कलाकारको हकहित संरक्षण, लोक तथा दोहोरी संगीतको प्रवर्द्धन तथा प्रतिष्ठानलाई थप सशक्त र प्रभावकारी बनाउने उद्देश्यले दिएको बताएकी छन्। सानुले प्रतिष्ठानका संस्थापक, पूर्व तथा वर्तमान पदाधिकारी, केन्द्रीय तथा प्रदेश समितिका सदस्य, जिल्ला समितिका पदाधिकारी, आजीवन सदस्य तथा महाधिवेशन… पुरा पढौ

बागमती एरियाका लायन्स क्लबहरूको संयुक्त पदस्थापन सम्पन्न

काठमाडौं, असोज १९ । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गत बागमती एरियाका विभिन्न लायन्स क्लबहरूको संयुक्त पदस्थापन तथा शपथग्रहण कार्यक्रम सोमबार काठमाडौंको गोंगबुस्थित बीजी बैंक्वेट्समा सम्पन्न भएको छ। डिस्ट्रिक्टको वार्षिक कार्ययोजना अन्तर्गत आयोजित कार्यक्रममा लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपालका फस्ट भाइस गभर्नर बिष्णुहरि फुयालले बागमती एरियाअन्तर्गतका क्लबका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको थियो। कार्यक्रमले नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गर्दै सेवा, नेतृत्व विकास र सदस्यता विस्तारमा सक्रिय भूमिका निर्वाह गर्न प्रेरित गरेको आयोजकले जनाएको… पुरा पढौ