बागलुङ, असोज १७ । कालिगण्डकी आवासीय माध्यमिक विद्यालयमा विद्यार्थीहरूलाई तनाव व्यवस्थापन तथा सकारात्मक सोचसम्बन्धी ज्ञान प्रदान गर्ने उद्देश्यले अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा ‘खुसी मन’ बागलुङका अध्यक्ष नारायणप्रसाद आचार्यले तनाव व्यवस्थापनसम्बन्धी प्रशिक्षण दिनुभएको थियो। उहाँले विद्यार्थीमा तनाव उत्पन्न हुने कारण, त्यसका प्रभाव तथा तनावलाई सकारात्मक रूपमा व्यवस्थापन गर्ने उपायबारे जानकारी गराउनुभयो। नियमित दिनचर्या, पर्याप्त आराम, सकारात्मक सोच, आफ्ना भावना व्यक्त गर्ने बानी तथा समस्या समाधानमा केन्द्रित अभ्यासले तनाव व्यवस्थापनमा सहयोग पुग्ने उहाँको भनाइ थियो। विद्यार्थीहरूले आफ्ना समस्या र…
पुरा पढौ